विद्यालयलाई रु छ लाखको जग्गा
नलगाड नगरपालिका–३ कैनाबजारका चार अभिभावकले सूर्योदय माध्यमिक विद्यालयका लागि जग्गा खरिद गरेका छन् ।
कैनाबजारका आँैसी घर्ती, मिश्रीबहादुर पुन, मनबहादुर विष्ट र गोरखबहादुर पुनले जनही रु डेढ लाख आर्थिक सहयोग गरी विद्यालयका लागि १० आना जग्गा खरिद गरेका हुन् ।
विद्यालयमा भवन निर्माणका लागि जग्गा नहुँदा व्यक्तिगत रूपमा रकम उठाएर जग्गा किनिदिएको घर्तीले बताउनुभयो । उहाँ विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत हुनुहुन्छ ।
खेलमैदानमा शिक्षा विकास तथा समन्वय एकाइबाट प्राप्त अनुदानले चारकोठे भवन निर्माण गरिँदै छ ।
खेलमैदान फराकिलो बनाउनका लागि समेत जग्गा खरिद गरेको घर्तीको भनाइ छ । विद्यालय चन्दाको भरमा सञ्चालन भइरहेको छ ।
चारै जनाले सुन, भैँसी, खसीलगायत सामग्री बिक्री गरेर जग्गा खरिदका लागि रकम जुटाएका हुन् ।
विद्यालयमा पूर्वाधार अभाव रहेको प्रधानाध्यापक बहादुर पन्तले बताउनुभयो । पुरानो जीर्ण भएकाले नयाँ भवन निर्माण गर्न लागिएको हो ।
विद्यालयमा हाल झण्डै ४०० विद्यार्थी अध्ययनरत छन् ।
भालुको आक्रमणबाट दुई जना घाइते
डोटीको आदर्शगाउँपालिका–७ तलारा गाउँकी ४० वर्षीया भागिरथी जोशी भालुको आक्रमणबाट गम्भीर घाइते हुनुभएको छ ।
घर नजिकै घाँस काटेर फर्किरहेको अवस्थामा भालुले झम्टेको घाइते जोशीले बताउनुभयो । उहाँको शरीरभरि घाउ छ ।
यसैगरी बझाङको गुदुखाती गाउँमा भालुको आक्रमणबाट स्थानीयवासी ६० वर्षीया जरु धामी घाइते हुनुभएको छ । उहाँ घर नजिकै घाँस काट्ने क्रममा भालुको आक्रमणमा पर्नुभएको हो । आक्रमणबाट उहाँले एक आँखा गुमाउनुपरेको छ ।
गुदुखातीमा भालुको आक्रमणबाट थप स्थानीयवासी तीन घाइते भएको पीडित महिलाले बताउनुभयो । घाइतेलाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी ल्ष्याइएको छ ।
दुर्घटनामा एक जनाको मृत्यु
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरमा सवारी दुर्घटना हुँदा गएराति एक जनाको मृत्यु भएको छ ।
ना३२प ८३९० नं को स्कुटर दुर्घटना हँुदा नवलपरासी कावासोती–८ का ३७ वर्षीय नवीनराज गौतमको मृत्यु भएको हो । उहाँको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । स्कुटर अनियन्त्रित भएर सडकमा पल्टिँदा दुर्घटना भएको हुनसक्ने बताइएको छ । गौतम गण्डकी प्रदेशसभा सदस्य ओमकला गौतमका छोरा हुन् ।