मनाङको आइस लेकमा अनमोल र सुहानाको रोमान्स



हाम्रो इकोनोमि

 

अभिनेत्री झरना थापाको दोस्रो निर्देशन रहेको चलचित्र ‘ए मेरो हजुर ३’को यति बेला धमाधम छायाङ्कन भइरहेको छ ।

केही साता अघि मात्र यो निर्माण टिम चलचित्रको केही सिन र गीतको छायाङ्कन गर्ने मनाङ पुगेको थियो ।

मनाङमा छायाङ्कन भएको गीतको केही रोमान्टिक तस्बिरहरू निर्माण पक्षले सार्वजनिक गरेका छन् ।

मनाङको आइस लेकमा अनमोल र सुहानाको रोमान्स (फोटो फिचर)

तस्बिरमा चलचित्रका नायक अनमोल केसी र नव–नायिका सुहाना थापा फिचर छन् ।

बाहिरिएका तस्बिरमा अनमोल र सुहाना रोमान्टिक मुडमा देखिएका छन् ।

तस्बिरमा लोभलाग्दो देखेको यो केमेष्ट्रिलाई दर्शकले कति रुचाउने हुन् त्यो यति बेला प्रतीक्षामा रहेको छ ।

सुहाना अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी हुन् ।

मनाङको आइस लेकमा अनमोल र सुहानाको रोमान्स (फोटो फिचर)

निर्माण पक्षको अनुसार चलचित्रमा समावेश हुने गीतको छायाङ्कन ४ हजार ७६ मिटर उचाइमा गरिएको थियो ।

भिडियोलाई राहुल शाहले कोरियोग्राफी गरेका छन् भने छायाङ्कन सञ्जय लामाको रहेको छ ।

गीतमा प्रतीक  अधिकारी र आशिष् अविरलको सङ्गीत रहेको छ ।

‘जिन्दगी नै भन्दिनँ म’ बोलको गीतमा सुगम पोखरेलको आवाज रहेको छ ।

निर्माण पक्षको अनुसार केही दिन भित्र नै यो गीत सार्वजनिक हुने छ ।

मनाङको आइस लेकमा अनमोल र सुहानाको रोमान्स (फोटो फिचर)

चलचित्र ए मेरो हजुर ३ भने आउँदो चैत्र २९ गते रिलिज गर्ने तयारीमा निर्माण पक्ष जुटिरहेको छ ।

यो चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् ।

चलचित्रमा अनमोल र सुहानाको अलावा सलोन बस्नेत र अर्पण थापाको मुख्य भूमिका रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...