भ्रष्टलाई सरुवा नगर्दा भ्रष्टाचार बढ्यो



हाम्रो इकोनोमि

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबैभन्दा बढी भ्रष्टाचार मालपोत र नापी कार्यालयमा हुने गरेको तथ्यांक सार्वजनिक गरेको छ । सुशासन कायम गर्नकै लागि निजामती सेवा ऐनमा आवधिक सरुवाको ब्यवस्था गरिएको छ ।

 

आवधिक सरुवाको कानुनी प्रावधान सुशासन कायम गर्नकै लागि राखिएको भए पनि त्यसको पालना हुन नसकेका कारण पनि मालपोत र नापी कार्यालयमा भ्रष्टाचार बढेको कुरामा अख्तियारको ध्यानाकर्षण हुनसकेको छैन ।

 

निजामती सेवा ऐनमा २ बर्ष अवधि पुगेका कर्मचारीको सरुवा गर्ने ब्यवस्था छ । तर नापी विभागले २०७५ असोजमा २ बर्ष पुगेका काठमाडौं उपत्यकाका १ सय भन्दा कर्मचारीको सरुवा गरेन । उनीहरूबाट आर्थिक लाभ लिएर सरुवा नगरेको आरोप विभाग नेतृत्वमाथि लागेको छ । २ बर्ष अवधि पुगेका उपत्यकाका नापी कार्यालयका अमिन, सर्भेक्षक र नापी अधिकृतसमेतलाई सरुवा गरिएको छैन ।

 

विगतमा कृष्णराज बीसी नापी विभागको महानिर्देशक हुँदा पनि २ बर्ष अवधि पुगेका सयौं कर्मचारीको सरुवा नगरी घुसको सेटि¨मा थमौती गरिएको थियो । त्यतिबेला भूमिसुधारमा सचिव भएर आएका कृष्णप्रसाद देवकोटाले ३ बर्ष अवधि उपत्यकामा कार्यरत कर्मचारीहरूलाई सरुवा गरे मापदण्ड बनाएरै ।

 

त्यो सरुवा लागू गराउन तत्कालीन महानिर्देशक बीसी बाध्य भएका थिए । तर २०७५ असोजमा भएको सरुवामा २ बर्ष पुगेका १ सय भन्दा बढी कर्मचारी काठमाडौं उपत्यकाका कार्यालयहरूबाट सरुवा गरिएन । तर वर्तमान भूमिब्यवस्था मन्त्रालयका सचिव गोपी मैनालीले ती कर्मचारीको सरुवा नभएकोबारेमा महानिर्देशक गणेशप्रसाद भट्टसँग एक शब्द सोधेका छैनन् ।

 

उपत्यकाका कार्यालय प्रमुखहरूमार्फत् सेटि¨ मिलाएर, भेटी असुलेर ती कर्मचारीलाई निजामती सेवा ऐन अनुसार सरुवा नगरिएको समाचार स्रोतले बताएको छ । काठमाडौं उपत्यकामा २ बर्ष अवधि पुगेका कर्मचारीहरूको थमौती गर्दा बढी आर्थिक लाभ हुने भएपछि सरुवा गर्नेतिर विभागीय प्रमुखहरूको ध्यान जान छाडेको छ ।  (साँघु साप्ताहिक

 

काठमाडौं उपत्यकाका मालपोत कार्यालयहरूमा पनि २ बर्ष अवधि पुगेका कर्मचारीको सरुवा नगरी थमौती गरेर मनग्य घुस असुरलेर सहसचिव मुक्ति आचार्य भूमिब्यवस्थापन विभागको महानिर्देशकबाट भर्खरै बिदा भएका छन् । उपत्यकाका मालपोत कार्यालयहरूमा पनि थुप्रै कर्मचारी २ बर्ष अवधि पुगे पनि थमौती भएका छन् ।

 

सरुवा भए पनि गएनन् 
नापी विभागले भैरहवामा सरुवा गरेका नापी कार्यालय साँखुका सर्भेक्षक गायत्री अधिकारी खटाएको कार्यालयमा महिनौंसम्म गएका छैनन् । उनी सरुवा भए पनि साँखु नापी कार्यालयमै कार्यरत छन् । साँघु साप्ताहिक

प्रतिक्रिया दिनुहोस
घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास वितरण गर्ने तयारी

     पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका...

रसुवाको बाढीमा हालसम्म १ हजार ११४ मृत्यु, ३ हजार ९१६ जना सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १...

देशका विभिन्न सडकको अवस्था यस्तो छ

    नेपाल प्रहरीले लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग...

भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...