मन्दिरकाे देश अब बन्दै छ चर्चकाे देश : १२ हजार चर्च, ३० लाख क्रिश्चियन धर्मावलम्बी



हाम्रो इकोनोमि

 

गृह मन्त्रालय स्रोतका अनुसार काठमाडौं उपत्यकामा मात्रै करिब साढे चार हजार चर्च छन्। यो संख्या २०७० सालमा मन्त्रालयले अनौपचारिक रूपमा लिएको हो तर, त्यसको आधिकारिक तथ्यांक भने छैन।

 

देशभर करिब १२ हजार चर्च भएको अनुमान गरिएको छ। नेपाल राष्ट्रिय क्रिश्चियन महासंघका अध्यक्ष सीबी गहतराजले नेपालमा करिब १२ हजार पाँच सय चर्च रहेको बताए।

 

आधिकारिक तथ्यांक थोरै भए पनि करिब ३० लाख नेपाली क्रिश्चियन भइसकेको दाबी धर्मआबद्ध संघसंस्थाहरूको छ। नेपालको जनगण्ना ०६८ अनुसार १.४ प्रतिशत अर्थात् करिब तीन लाख ७५ हजार क्रिश्चियन धर्मावलम्बी छन्।

 

सन् २०२० मा ३.८ प्रतिशत नेपालीलाई क्रिश्चियन बनाउने लक्ष्यका साथ प्रचार प्रसार भइरहेको छ। विश्वमा तीव्र गतिमा क्रिश्चियन धर्मावलम्बी वृद्धि हुने देशको सूचीमा नेपाल अग्रपंक्तिमा पर्छ।

 

बेपत्ता सूचीका १९ जना जीवितै 
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले विस्तृत अध्ययनका क्रममा बेपत्ता भनी उजूरी गरिएकामा १९ जना जीवितै भेटेको छ । आयोगले बेपत्ता व्यक्तिको उजुरीका आधारमा अध्ययनका क्रममा जाँदा कञ्चनपुरका कृष्णप्रसाद दुलाल, देवेन्द्रसिंह कुँवर र धनबहादुर दाहाल, नुवाकोटका लक्ष्मण भट्ट र सन्तकुमारी तामाङ, बर्दियाका धनबहादुर खड्का र अशोक शर्मा, महोत्तरीका गङ्गा मण्डल, चिवतनका गङ्गाधर तिम्सिना, ओखलढुङ्गाका गोपी भट्टराई, इलामका कुमार विक, झापाका सोमनाथ खनाल र धनुषाका हरिदेव कुसियतलाई जीवित भेटेको छ ।

 

त्यस्तै डडेल्धुराका कालुसिंह ठगुन्ना, ललितपुरका राजकुमार राना मगर, नवलपरासीका केशव उपाध्याय पौडेल, सल्यानका पहालमान बस्नेत र धनबहादुर दमार्इं तथा कैलालीका हेमराज जोशी जीवित रहनुभएको छ । आयोगले सोमबार पत्रकार सम्मेलन गरी सो व्यक्ति भेटिएको जानकारी दिएको हो ।

 

आयोगको म्याद अब करीब दुई महीना मात्र बाँकी छ ।  आयोगले हालसम्म ५६ जिल्लामा विस्तृत अध्ययन सम्पन्न गरेको आयोगमा प्रवक्ता डा विष्णुप्रसाद पाठकले बताए ।

 

भूमि समस्या समाधानार्थ शक्तिशाली आयोग गठन हुँदै
प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा रहेको भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताउनुभएको छ । मोरङ जिल्लाका जनप्रतिनिधिसँग सोमबार सिंहदरबारमा छलफल गर्दै उहाँले  भूमि व्यवस्था, गरीबी निवारण तथा सहकारीमन्त्री पद्मा अर्याललाई तत्कालै सो क्षेत्रको समस्या समाधान गर्न निर्देशन दिनुभयो ।

 

सो अवसरमा प्रधानमन्त्री ओलीसमक्ष मोरङ जिल्लाका कानेपोखरी, लेटाङ, बेलबारी र पथरीका प्रमुख र उपप्रमुखले विशेष नापी टोली खटाएर त्यस क्षेत्रको जग्गाको समस्या समाधान गर्न  माग गर्नुभएको थियो । मोरङका जनप्रतिनिधिले विशेष नापी गरी धनीपूर्जा वितरण गर्न माग गर्नुभएको थियो

 

चार किलोग्राम चरेससहित एक पक्राउ 
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चार किलोग्राम चरेससहित सोमबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरका श्यामलाल तामाङ रहेका छन् ।
पोखराबाट काठमाडौँ आउँदै गरेको ना७ख २६७ नंको यात्रुवाहक बसलाई चेकजाँचका क्रममा उनलाई चार किलोग्राम चरेससहित पक्राउ गरेको  महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...

आगजनी भएको बसका चालकको मृत्यु

    त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालकको निधन भएको छ...