निर्मला हत्याकाण्डकोे अनुसन्धानमा संग्लन सबै प्रहरीमाथि कारवाहीको तयारी , सुरक्षाकर्मी नै शंकाकोे घेरामा !



 

निर्मला पन्त हत्याकाण्ड अनुसन्धानको विषयलाई लिएर प्रश्न उठिरहेका बेला प्रहरी प्रधान कार्यालयले अनुसन्धानका क्रममा सहभागी सबै प्रहरीमाथि कारवाहीको तयारी सुरु गरेको छ । घटनास्थलदेखि विभिन्न निकायमा रहेर अनु सन्धान प्रत्यक्ष–अप्रत्यक्ष रुपमा संलग्न सबै प्रहरीमाथि विभागीय कारवाहीको तयारी भएको हो ।

 

यसअघि नै निर्मला हत्याकाण्डको अनुसन्धानमा लापरवाही गरेको भन्दै कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट र वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्सपेक्टर जग दीश भट्ट निलम्बनमा परिसकेका छन् ।

यस्तै तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, केन्द्रीय अनुसन्धान व्युरोका डिएसपी अंगुर जिसी, असई हरसिंह धामी, प्रहरी जवान चाँदनी साउद, इन्सपेक्टर एकेन्द्र खड्का निलम्बनमा छन् । साउन १० गते साथीको घरमा गएकी निर्मला साउन ११ गते उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् ।

 

 

प्रहरीलाई साउन १० गते नै निर्मला हराएको खबर दिँदा पनि प्रहरीले खोजीमा चासो देखाएको आरोप लागेको थियो । अनुसन्धानमा लापरवाही, घटनास्थलको संरक्षणलगायत विषयमा प्रहरीको कमजोरी रहेको सरकारकै समितिले केलाएपछि प्रहरी प्रधान कार्यालय आफैंले प्रहरीमाथि अनुसन्धान सुरु गरेको थियो । आईजीपी सर्वेन्द्र खनालले एआईजी धिरु बस्न्यातको नेतृत्वमा प्रहरीमाथि छानबिन गर्न आन्तरिक समिति गठन गरेका थिए ।

 

बस्न्यातको समितिले तत्कालीन समयमा निर्मला हत्याको अनुसन्धानमा जोडिएका सबै प्रहरीलाई काठमाडौं झिकाएको थियो । स्रोतका अनुसार बर्खासीमा परेका र निलम्बनमा परेका प्रहरीबाहेक अनुसन्धानमा संलग्न सबै प्रहरीमाथि विभागीय कारवाहीको प्रक्रिया सुरु भएको छ । ‘‘थप १७–१८ जना छन् । उनीहरूको बयान सकिएको छ । कसुरको मात्रा हेरेर कस्तो प्रकारको कारवाही गर्ने भन्ने विषयमा गहन छलफल भइरहेको छ ।

 

कसैको घटुवा, कसैको ग्रेड रोक्का लगायतका कारबाही सबैलाई हुने सम्भावना छ,’’ स्रोतले भन्यो । समितिले केही दिनमै आईजीपी खनाललाई आन्तरिक प्रतिवेदन बुझाउने तयारी गरेको छ । निर्मला हत्याको अनुसन्धानमा प्रहरीको नयाँ टोली सक्रिय छ ।

 

तर, निष्कर्षमा पुगिहाल्ने र अपराधी किटान गर्ने अवस्थामा भने प्रहरी पुगिनसकेको बताइन्छ । तर, शंकाको घेरामा राज्यको सुरक्षा निकायमै कार्यरत दुई जना शंकाको घेरामा छन् ।

 

‘‘किटान गर्न त मिलेन तर उनीहरूका गतिविधि शंकास्पद छन् । कुन सुरक्षा नि कायका हुन्, खोल्न मिल्दैन । तर गोप्य अनुसन्धान उनीहरूमाथि सुरु गरिएको छ,’’ स्रोतले भन्यो । तर गाउँले–छिमेकीको गतिविधिमा पनि प्रहरीले नजर राखेको छ । हालसम्म ८ जनाको डिएनए परीक्षण भइसकेको छ भने सयौंसँग बयान तथा सोधपुछ पनि भएको छ ।

 

प्रहरीले चिनजानकै व्यक्तिबाट बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गर्दै आएको छ । ‘‘स्थानीयले प्रहरीमा विश्वास गर्ने हो र सहयोग गर्ने हो भने अपराधी पहिचान हुन समय लाग्दैन । तर गाउँलेहरू प्रहरीसँगै बोल्न मान्दैनन् । यस्तोमा हामी जनतालाई विश्वासमा लिने काम गरिरहेका छौं,’’ स्रोतले भन्यो । निर्मला हत्यामा संलग्न भएको आरोपमा तत्कालीन प्रहरीले स्थानीय दिलिप विष्टलाई मुख्य अभियुक्तको रुपमा सार्वजनिक गरेको थियो ।

 

दिलिपलाई सार्वजनिक गरेसँगै चर्किएको स्थानीयको आन्दोलनमा प्रहरीको गोली लागेर स्थानीय शनी खुनाको ज्यान गएको थियो । गोली लागेर घाइते भएका अर्जुन भण्डाराको त्रिवि शिक्षण अस्पतालमा उपचार जारी छ । उनी बोल्न सक्दैनन् भने उनको खुट्टा अपसेनका क्रममा काटिएको छ ।

प्रतिक्रिया दिनुहोस
सामान्य सुधारले अर्थतन्त्रका समस्या समाधान हुने देखिएन : प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका समस्या समाधान सामान्य सुधारका उपायबाट हुने

गण्डकी पुग्यो एमालेको समृद्धिका लागि संकल्प यात्रा

    झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म मृद्धिका लागि संकल्प यात्रा अघि बढाएको नेकपा एमाले अध्यक्ष

नेपाललाई असफल देश बनाउन खोजिएको छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्थामाथि औंला ठड्याउनेविरुद्ध सबै

न्यूरोडबाट तस्करीको ८ किलो सुन बरामद

    काठमाडौंको न्यूरोडमा तस्करीको सुन गाल्ने एक कारखानामा प्रहरीले छापा मारेको छ