पाल्पा–बुटवल सडक छ घण्टा बन्द



हाम्रो इकोनोमि

 

पाल्पा बुटवल सडक आजदेखि तीन दिनसम्मका लागि दैनिक छ घण्टा बन्द हुने भएको छ ।

आजदेखि पर्सिसम्म तिनाउ गाउँपालिका दोभानको चिडियाखोलादेखि भूतखोला सडकखण्डमा मर्मत गर्नुपर्ने भएकाले सडक बन्द गर्नुपरेको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ ।

बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म दैनिक छ घण्टा सडक बन्द हुने कार्यालयका सूचना अधिकारी पवित्रमणि आचार्यले बताउनुभयो ।

त्यस अवधिमा बिहान १० देखि साँझ ४ बजेसम्म केराबारीदेखि चिडियाखोलासम्म अत्यावश्यकबाहेक अन्य सवारी साधनलाई पूर्णरुपमा रोक लगाइएको कार्यालयले जनाएको छ ।

दिउँसोको समयमा सडक बन्द हुँदा बुटवलदेखि पोखरा, स्याङ्जा, गुल्मी, पर्वत, पाल्पालगायतका जिल्लामा आवतजावत गर्ने यात्रुलाई समस्या पर्नेछ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...