‘होली वाइन’को नाममा यसरी पिलाइयो ‘मुनको शुक्रकिट’, पिउनेहरु को को



 

युनिभर्सल पिस फेडेरेसन (युपिएस)को आयोजनामा सम्पन्न एसिया प्यासिफिक समिटमा अागन्तुक पाहुनालाई ‘होली वाइन’ अर्थात ‘पवित्र रक्सी’ पिलाइएको छ ।

 

नेकपाका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले उक्त होली वाइन पिएर सच्चा माता मुनबाट आशीर्वाद समेत लिएका छन् ।

 

जनप्रतिनिधि तथा उच्च आेहोदाका मानिस भेला भएको उक्त समिटमा पिलाइएको होली वाइनमा युनिभर्सल पिस फेडेरसनका अध्यक्ष सन म्याङ मुनको शुक्रकिट मिसइएको हुने अन्तराष्ट्रिय मिडियाहरु दावी गर्छन् । प्लास्टिकको गिलासमा पिलाइएको होली वाइन पिउनेहरु महानगरपालिका, नगरपालिका, गाउँपालिकाका मेयर/अध्यक्ष एवं नेता तथा सांसद रहेका थिए ।

 

आफूलाई सच्चा माता भनेर दावी गर्ने मुन पत्नी हाक जानले आफ्ना पतिलाई सम्झदै आशिर्वाद दिएकी थिइन् । उसो त यसरी आशीर्वाद लिनेको सूचिमा प्रधानमन्त्री आेलीको समेत नाम थियो । तर, उनी जनस्तरबाट गरिएको विरोधका बाबजुत निस्किएको जनाइएको छ ।

 

होली वाइन पिउनेहरु नै युनिभर्सल चर्चको सदस्य हुने मान्यता अनुसार थुप्रै जनप्रतिनिधिका जोडिहरु कार्यक्रमस्थल होटेल हायातमा पुगेको आयोजक एकनाथ ढकालले जनाए । उनका अनुसार झण्डै १५ सयले उक्त वाइन पिएर मुन दम्पतीको वंशमा समाहित भएका छन् ।

नेपनलपानाबाट

नेकपाभित्र भाँडभैलो, अल्पमतमा ओली, एसिया सम्मेलन महंगो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र वर्तमान नेकपाकै नेतृत्वको सरकारप्रति चर्को आलोचना भइरहेको छ । विवादास्पद क्रिश्चियन धर्म प्रचारक संस्था (युनिभर्सल पिस फेडेरेशन) ले आयोजना गरेको एसिया प्यासिफिक सम्मेलनमा सरकार र पार्टीका शीर्ष नेताहरुको संलग्नता भएपछि नेकपाभित्र चर्को असन्तुष्टि बढेको हो ।

 

सरकारले विवादित धार्मिक संस्थाको कार्यक्रममा प्रत्यक्ष सहभागिता जनाएको र सहयोगी बनेको भन्दै नेकपाका नेताहरुले सार्वजनिक रुपमै आपत्ति जनाएका हुन्। यसको चर्को आलोचना नेताहरुले सामाजिक संजाल र अन्तर्वार्ता मार्फत गरेका छन्।

 

सम्मेलनमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल आमन्त्रण समितिका संयोजक थिए भने प्रधानमन्त्री केपी शर्मा ओली र सरकार सहयोगी बनेको थियो ।

 

भीम रावल– छानविन हुनुपर्छ 

नेकपाका प्रभावशाली नेता (तत्कालीन नेकपाका उपाध्यक्ष) भीम रावलले ट्वीटरमा ट्वीट गर्दै लेखेका छन् ‘कुनै व्यक्ति र निजी संस्थाको निहित स्वार्थकोमा सरकार र पार्टीको दुरुपयोग गर्न मिल्दैन। शान्तिका नाममा सम्मेलन गर्नेहरुले यत्रो पैसा कति कहाँबाट आयो जनतालाई भन्नुपर्छ। नभने सरकारले खोजेर भन्नुपर्छ।’

 

नेता रावलले जताततैबाट सरकारप्रति प्रहार भइरहेका बेलामा सके राम्रा काम गर्ने नत्र नराम्रा कम नगर्ने हो भन्दै सरकारलाई सचेत गराएका छन्। उनले भने, ‘ जसरी म बोल्न वाध्य भएँ नि त्यसरी नै विद्रोह आउन सक्छ। आफ्नै पार्टीका नेताले गरेको कार्यक्रमबारे बोल्न वाध्य हुनु राम्रो हो ?’

 

उनले आक्रोश पोख्दै भने, ‘ देशभरका पार्टीका नेतालाई उर्दी जारी गरि विवादित कार्यक्रममा बोलाउनु राम्रो भएन।’ उनले अगाडि भने, ‘ यो संस्थाको गतिविधि र हाम्रो राजनीतिक कामलाई प्राथमिकतामा राख्दा यो गलत हो। यसले विश्वलाई गलत सन्देश दिन्छ। गलत संस्थालाई नेपालमा ल्याउनुलाई नै विश्वले राम्ररी हेर्दैन।’

 

यो सरकारका कामप्रति सन्तुष्ट हुन नसकिरहेका नेता रावलले एसिया प्यासिफिकको कार्यक्रमलाई प्राथमिकतामा राखेर सफल बनाउन लाग्नुले त अझ बढी उदांगो भएको निष्कर्ष समेत निकालेका छन् ।

 

उनले देशको जनमत एकातिर राख्ने, पार्टीलाई अस्तव्यस्त पार्ने काम गर्नु हुँदैन भनेका छन् । नेता रावलले ‘के वाध्यता आइपर्यो कि यस्तो संस्थालाई नेपाल ल्याउनु पर्यो ?’ भनी छानबिन गर्नसमेत माग गरेका छन् ।

 

उनले देशको अवस्थाबारे औंल्याउँदै भने, ‘हामीजस्तो द्धन्द्ध व्यवस्थापन गरेर यहाँसम्म आइपुगेको देशमा विवाद ल्याउनु हुँदैन । एकनाथ ढकालजस्तै अरुले योजनावद्ध काम बनाएका हुन सक्छन् ।’

 

ढकालबारे रावलले भने, ‘एकनाथजी हाम्रो पार्टीको हुँदा पनि होइन । चुनावका बेलामा कार्यगत एकता भयो भनियो । कहाँ कहाँ हामीलाई फाइदा पुग्छ भनेर भनेकै थिएँ । नक्सालमा कार्यालय खोलेर कतिलाई अलपत्र पार्यो कतिलाई कोरिया पठायो यसको छानबिन हुनुपर्छ ।’

 

उनले अगाडि भने, ‘पार्टीले नसुने जनतालाई भन्छु म । यत्रो पैसा खर्च हुँदा त्यो पैसा कहाँबाट आयो त्यसको अनुसन्धान हुनुपर्छ । हाम्रो पार्टीलाई टुक्राउन यो चाल चलिएको हुन सक्छ ।

 

घनश्याम भुसाल – नेताहरुको सांस्कृतिक अधपतन र नग्नताको जुन राष्ट्रिय परेड प्रदर्शन

नेकपाका अर्का नेता घनश्याम भुसालले पनि सम्मेलनमा नेताहरुको संलग्नताप्रति आपत्ति जनाएका छन् । उनले भने, ‘ ‘विगत केही दिनमा नेताहरुको सांस्कृतिक अधपतन र नग्नताको जुन राष्ट्रिय परेड प्रदर्शन भयो, त्यसको मूल्य यस मुलुकका सन्तान–दरसन्तानले लामो समयसम्म तिर्नुपर्नेछ ।’  उनले आफूलाई ऐठन भएरै यो ट्वीट गरेको भनेका छन् । अर्थात् उकुसमुकुस देखिएको छ ।

 

किन गएनन् प्रचण्ड ?
नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने यो कार्यक्रममा सहभागी भएनन्। उनी आइतबारको समापन समारोहको प्रमुख अतिथिका रुपमा सहभागी हुने कार्यक्रम रहेको थियो।

 

त्यसै अनुसार कार्यक्रमको सेटिङ पनि गरिएको थियो। तर उनले दाँत दुखेर अस्पताल गएको तस्वीर ट्वीटरमा पोष्ट गरेर बिरामी भएको उल्लेख गरेका छन्। केही दिनअघि सम्पूर्ण शरीरको चेकजाँच गराएका प्रचण्ड आइतबार दिउँसो पुनः ललितपुर भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गराउन गएका थिए।

 

सरकारले निकै महत्वका साथ लिएको कार्यक्रममा प्रचण्डले किन इच्छा देखाएनन् ? उनी निकट स्रोत भन्छ ‘विवादमा आउनु भन्दा त कार्यक्रममा सहभागीता नजनाएकै वेश हैन र !’

 

प्रचण्डमात्र हैन प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि गएनन्। ओलीले जे जे गल्ती गर्छन् त्यसको साक्षी नबन्नका लागि नै प्रचण्ड खेमा उक्त कार्यक्रममा सहभागी नभएको बताइएको छ।

 

पार्टी फुट नजिक पुगेको निष्कर्षसमेत निकाल्न थालिएको छ। त्यो भन्दा पनि ओली खेमा कमजोर भएको प्रमाण यसलाई लिइएको छ। एक उच्च स्रोतका अनुसार नेकपाको सचिवालयमा ओली अल्पमतमा छन्। पछिल्लो समय वामदेव गौतममाथि ओलीले ‘कू’ गरेपछि ओलीलाई केवल ईश्वर पोखरेलले मात्र साथ दिइरहेका छन्।

 

गगन थापा – प्रधानमन्त्री फस्नुभयो 

नेपाली काँग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली यो कार्यक्रम मार्फत नराम्ररी फसेको धारणा व्यक्त गरेका छन् । उनले भने, ‘संसारभर विवादित संस्थाको कार्यक्रम नेपाल सरकारले गर्न पाउँछ? यस्तो संस्थाले सबैभन्दा प्रयोग हुने सरकार नेपाल रहेछ भन्ने प्रमाणित गर्यो। यो गलत भयो। प्रधानमन्त्री केपी शर्मा ओली आफै सहभागी हुन उर्दी जारी गर्नुभएको थियो। उहाँ फस्नुभयो।’

 

उनले थप भने, ‘ प्रधानमन्त्रीज्यूलाई सम्भवतः थाहा छैन होला। उहाँ प्रयोग हुनुभयो। उहाँ तीन दिनसम्म सोल्टी होटलमै बसेर कार्यक्रमलाई सफल पार्न लाग्नुले उहाँ फस्नु भएको छ भन्ने मैले ठानेको छु।’

 

नेता थापाले पुरानो दृष्टान्त सम्झदै भने, ‘यसअघिका प्रधानमन्त्रीलाई पनि यो कार्यक्रमको आयोजना गर्नका लागि प्रयत्न गरिएकै थियो। तर सबैले टार्दै आएका थिए। अहिले आएर ओलीज्यू प्रयोग हुनुभयो। यो अन्जानमै हुनुभयो भन्ने लागेको छ। यो विवादित संस्थाले सरकारलाई प्रयोग गरेकै हो।’

 

बालुवाटार छाडेर ३ दिन ओली सोल्टी होटलमा 
प्रधानमन्त्री ओली सम्मेलनमा आएका पाहुनाको स्वागतका लागि भन्दै तीन दिन सोल्टी होटलमा बसे। सम्मेलनमा आएका अतिथिहरु सोल्टीमा बसेका हुन्। विवादित संस्थाको कार्यक्रमलाई यति धेरै प्राथमिकता दिएर सोल्टीमै बस्नुले ओलीको हैसियत देखाइदिएको विश्लेषण गरिएको छ।  यो मर्यादाविपरितको काम ओलीले गरेको भनेर कुटनीतिज्ञहरुले आलोचनासमेत गरेका छन्।

 

हुनत आउने जाने समय बचाउन ओली सोल्टीमै बसेको तर्क उनी निकटकाले बचाउ गर्न खोजेका छन् । तर ओलीले यतिधेरै प्राथमिकता दिएर सोल्टीमै किन बस्नु पर्यो त ?

 

प्राथमिकता दिएर यो कार्यक्रममा प्रधानमन्त्री होमिएकोप्रति नेकपा नेता भीम रावलले भनेका छन्, ‘भारत, चीन, अमेरिका, जर्मनी, जापान कहाँका राष्ट्रका प्रतिनिधि आएका थिए त्यहाँ र सरकारले सहयोगी राष्ट्रहरु भन्दै होमिन गयो ?’

 

ओलीलाई एक लाख डलरको पुरस्कार पनि दिइएको थियो । विवादित संस्थालाई सघाएबापत उनले उपहार पाएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्