रोशनकुमार न्यौपाने एनआइसी एसियाको प्रमुख कार्यकारी अधिकृतमा



हाम्रो इकोनोमि

 

एनआइसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा रोशन कुमार न्यौपाने नियुक्त भएका छन् । आइतबार बसेको बैंकको बोर्ड बैठकले न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।

 

न्यौपाने यस अगाडि बैंकको कार्यबहाक प्रमुख कार्यकारी अधिकृत थिए । सानो उमेरमा कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत बन्न सफल न्यौपानेले बैंकलाई थप शक्तिशाली बनाउने विश्वास गरिएको छ ।

 

लक्ष्मण रिसालले राजिनामा दिएपछि न्यौपाने ९ महिना अगाडि बैंकको कामु प्रमुख कार्यकारी अधिकृत बनेका हुन् । बैंकका अध्यक्ष तुलसीराम अग्रवालले आइतबारै न्यौपानेलाई पद तथा गोपनियताको शपथ ग्रहण गराए ।

 

२ सय ६८ वटा शाखा सञ्चाल रहेको बैंकका २ सय ८० वटा एटिएम छन् । ३८ वटा एक्सटेन्सन काउण्टर, १९ वटा शाखा रहित बैंकिङ इकाइ छन् । बैंकसँग १६९ अर्ब निक्षेप छ भने ऋण लगानी १४४ अर्ब रुपैयाँ छ । बैंकको ग्राहक संख्या १३ लाख ५० हजार भन्दा बढी छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...