तीन कम्पनीको शेयर मूल्य समायोजन



 

नेपाल स्टक एक्सचेञ्जमा आज विभिन्न तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । स्टककाअनुसार नागरिक लगानी कोष, नेशनल माइक्रोफाइनान्स कम्पनी र श्री इन्भेष्ट एण्ड फाइनान्स कम्पनीको शेयर मूल्य समायोजन भएको हो ।
ती कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट प्रस्ताव गरिएको नगद लाभांश र शेयर लाभांशसहित नयाँ शेयर मूल्य तोकिएको स्टकले जनाएको छ ।
कोषले आव २०७४/७५ मा गरेको नाफाबाट २२ दशमलव शुन्य छ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा आज प्रतिकित्ता रु एक हजार ७९१ हुने गरी शेयरमूल्य समायोजन गरेको हो । कोषको औसत आधार शेयर मूल्य रु दुई हजार ५५४ कायम भएको छ । आधार मूल्य १८० दिनको कारोवारका आधारमा तय गरिने व्यवस्था छ ।
यस्तै नेशनल माइक्रोफाइनान्स कम्पनीले पनि २५ प्रतिशत शेयर लाभांश दिएसँगै प्रतिकित्ता रु एक हजार ४१३ हुने गरी शेयरमूल्य समायोजन गरेको छ । सो कम्पनीको औसत आधार मूल्य रु एक हजार ३८६ कायम भएको छ । कम्पनीले गत वर्षको नाफाबाट शेयरधनीलाई २५ प्रतिशत शेयर लाभांश र कर प्रयोजनका सहित १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।
यसैगरी श्री इन्भेष्ट एण्ड फाइनान्स कम्पनीले एक दशमलव २३ प्रतिशत शेयर लाभांश कर प्रयोजनका सहित आठ दशमलव ७७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । लाभांश वितरणपछि नयाँ शेयर मूल्य रु १४२ हुने गरी मूल्यमा समायोजन भएको छ । कम्पनीको औसत आधार मूल्य रु १८८ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस
पेट्रोल र डिजेलको भाउ घट्यो, ग्यासको यथावत्

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल

एनसेलले सबै शेयर बेचेर नेपालबाट बाहिरिने

    एनसेलको ८० प्रतिशत शेयर हिस्सा रहेको मलेसियाको आजियाटा कम्पनी नेपालबाट बाहिरिने

तेस्रो लगानी सम्मेलन गर्ने सरकारको घोषणा

    सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्ने भएको छ । आगामी वैशाख

आयल निगमका कार्यकारी निर्देशक थानीको उत्कृष्ट कार्य सम्पादन, ९०.५ अंक प्राप्त गरे

        अधिकांश सरकारी स्वामित्वका संस्थानहरुमा व्यवस्थापकीय नेतृत्वको कमजोरीले घाटामा जाने,