तीन कम्पनीको शेयर मूल्य समायोजन



हाम्रो इकोनोमि

 

नेपाल स्टक एक्सचेञ्जमा आज विभिन्न तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । स्टककाअनुसार नागरिक लगानी कोष, नेशनल माइक्रोफाइनान्स कम्पनी र श्री इन्भेष्ट एण्ड फाइनान्स कम्पनीको शेयर मूल्य समायोजन भएको हो ।
ती कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट प्रस्ताव गरिएको नगद लाभांश र शेयर लाभांशसहित नयाँ शेयर मूल्य तोकिएको स्टकले जनाएको छ ।
कोषले आव २०७४/७५ मा गरेको नाफाबाट २२ दशमलव शुन्य छ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा आज प्रतिकित्ता रु एक हजार ७९१ हुने गरी शेयरमूल्य समायोजन गरेको हो । कोषको औसत आधार शेयर मूल्य रु दुई हजार ५५४ कायम भएको छ । आधार मूल्य १८० दिनको कारोवारका आधारमा तय गरिने व्यवस्था छ ।
यस्तै नेशनल माइक्रोफाइनान्स कम्पनीले पनि २५ प्रतिशत शेयर लाभांश दिएसँगै प्रतिकित्ता रु एक हजार ४१३ हुने गरी शेयरमूल्य समायोजन गरेको छ । सो कम्पनीको औसत आधार मूल्य रु एक हजार ३८६ कायम भएको छ । कम्पनीले गत वर्षको नाफाबाट शेयरधनीलाई २५ प्रतिशत शेयर लाभांश र कर प्रयोजनका सहित १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।
यसैगरी श्री इन्भेष्ट एण्ड फाइनान्स कम्पनीले एक दशमलव २३ प्रतिशत शेयर लाभांश कर प्रयोजनका सहित आठ दशमलव ७७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । लाभांश वितरणपछि नयाँ शेयर मूल्य रु १४२ हुने गरी मूल्यमा समायोजन भएको छ । कम्पनीको औसत आधार मूल्य रु १८८ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...