जोशी हाइड्रो पावरको साधारण शेयर बिक्री सुरु



हाम्रो इकोनोमि

 

जोशी हाइड्रोपावर कम्पनीले आजदेखि प्राथमिक शेयर निष्काशन (आइपिओ) सुरु गरेको छ ।

कम्पनीले इलामको पूवा खोलामा तीन मेवागाट क्षमताको ‘माथिल्लो पिलुवा १’ जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।

कम्पनीले १५ लाख ५५ हजार २३३ कित्ता साधारण शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।
कम्पनीले आजदेखि छिटोमा आगामी बुधबारसम्म र ढिलोमा आगामी पुस १९ गतेसम्म शेयरमा आवेदन दिन पाइने जानकारी दिएको छ ।

कम्पनीको शेयरमा न्यूनतम ५० कित्तादेखि अधिकतम आठ लाख कित्तासम्म आवेदन दिन पाइनेछ ।
कम्पनीले यस अघि आयोजना प्रभावित इलामका लागि तीन लाख ७१ हजार ४ सय कित्ता शेयर बिक्री गरेको थियो ।

कम्पनीको शेयर बिक्री प्रन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडले रहेको छ ।

कम्पनीको शेयरलाई इक्रा नेपालले गरेको रेटिङमा वित्तीय अवस्था खराब रहेको कम्पनीको रूपमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस
भिसा इन्टरनेशनलको तीन अवार्डद्वारा नबिल बैंक सम्मानित

    नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने तीन वटा महत्वपूर्ण विधामा अवार्ड...

नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथबीच साना तथा मझौला रणनीतिक साझेदारी

  = नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथ अड्भाइजर्स (एनआइबी–जिए) बीच...

१३ शाखामा नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा विस्तार

  नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ सेवा विभिन्न शाखामा विस्तार गरेको छ ।...

आजका विदेशी मुद्राको विनिमयदर

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ...