जोशी हाइड्रो पावरको साधारण शेयर बिक्री सुरु



हाम्रो इकोनोमि

 

जोशी हाइड्रोपावर कम्पनीले आजदेखि प्राथमिक शेयर निष्काशन (आइपिओ) सुरु गरेको छ ।

कम्पनीले इलामको पूवा खोलामा तीन मेवागाट क्षमताको ‘माथिल्लो पिलुवा १’ जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।

कम्पनीले १५ लाख ५५ हजार २३३ कित्ता साधारण शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।
कम्पनीले आजदेखि छिटोमा आगामी बुधबारसम्म र ढिलोमा आगामी पुस १९ गतेसम्म शेयरमा आवेदन दिन पाइने जानकारी दिएको छ ।

कम्पनीको शेयरमा न्यूनतम ५० कित्तादेखि अधिकतम आठ लाख कित्तासम्म आवेदन दिन पाइनेछ ।
कम्पनीले यस अघि आयोजना प्रभावित इलामका लागि तीन लाख ७१ हजार ४ सय कित्ता शेयर बिक्री गरेको थियो ।

कम्पनीको शेयर बिक्री प्रन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडले रहेको छ ।

कम्पनीको शेयरलाई इक्रा नेपालले गरेको रेटिङमा वित्तीय अवस्था खराब रहेको कम्पनीको रूपमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...