मेक्सिकोका राष्ट्रपति ओब्राडोरको शनिबार सपथ, बजार संशकित



हाम्रो इकोनोमि

मेक्सिको सिटी । मेक्सिकोको राष्ट्रपतिमा आन्द्रेस मानुएल लोपेज ओब्राडोरले शनिबार सपथ ग्रहण गर्ने भएका छन् । भ्रष्टाचार, अपराध र गरिबीबाट आक्रान्त मेक्सिकोलाई समुन्नत राष्ट्रका रुपमा अघि बढाउने ओब्राडोरको योजना छ ।

“आम्लो” उपनामबाट चिनिने ओब्राडोरले गत जुलाईमा छ वर्षे कार्यकालका लागि भएको राष्ट्रपतीय निर्वाचनमा अत्यधिक मत ल्याएर विजयी भएका थिए । साथै, उनको गठबन्धनले कङ्ग्रेसका दुबै सदनमा बलियो बहुमत हासिल गरेको छ ।

कुनै पनि राष्ट्रपतिले ल्याएको मतभन्दा बढी मत ल्याएर ओब्राडोर निर्वाचित भएका थिए । मेक्सिकोका लोकप्रिय यी नेता बामपन्थी हुन् । मेक्सिकोमा सन् २००० देखि बहुदलीय प्रजातान्त्रिक प्रणाली लागू छ ।

छ वर्षे कार्यकालमा ओब्राडोरको कार्यसूची के होला रु सर्वत्र चासोका साथ हेरिएको छ । राष्ट्रपति एन्रीक पेना निटोको कार्यकालका खराबीहरु हटाउने र मुलुकलाई सुशासन दिने नै उहाँको मुख्य लक्ष्य हुनेछ ।

ओब्राडोरको अघिल्तिर भ्रष्टाचार, लागूऔषधका तस्करविरुद्ध मेक्सिकोको युद्धले निम्त्याएको हिंसा तथा अमेरिका–मेक्सिको सीमामा शिविर खडा गरेर बसेका करिब ६ हजार मध्यअमेरिकी आप्रवासीको समस्या छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेतृत्व गरिरहेको विशाल उत्तरी छिमेकी संयुक्तराज्य अमेरिकासँगको सम्बन्ध मेक्सिकोका नयाँ राष्ट्रपति ओब्राडोरका लागि फलामको च्यूरा सरह छ ।

ओब्राडोरले पहिलो कदमस्वरुप राष्ट्रपतीय निवास, राष्ट्रपतीय बिमान, राष्ट्रपतिको आधाभन्दा बढी तलब नलिने तथा राष्ट्रपतिको ठूलो सुरक्षा व्यवस्था त्याग्ने घोषणा गरेका छन् । उनले भ्रष्टाचारविरोधी अभियान चलाउने तथा समाजकल्याणमुखी कार्यक्रम ल्याउने बताए ।

तर आलोचकहरुले ओब्राडोरको सरकार अतिवादी सोचबाट ग्रस्त हुने अनुमान गरेका छन् । खासगरी, व्यापारीहरु उहाँका भनाइबाट त्रासमा छन् । ओब्राडोर निर्वाचित भएसँगै मेक्सिकोको मुद्रा पेसो र सेयरबजार दुवै ओरालो लागेका छन् ।

तर, मेक्सिको सिटीका पूर्व प्रमुख समेत रहेका ओब्राडोरको लोकप्रियता घटेको छैन । एल फाइनान्सीरोले सोमबार प्रकाशन गरेको सर्वेक्षणमा ओब्राडोरको स्वीकारोक्ती दर ६६ प्रतिशत छ ।

सबैभन्दा ठूलो भय बजारको छः दक्षिण अमेरिकाको दोस्रो ठूलो अर्थतन्त्रको भविष्य के होला भन्ने सर्वत्र चासोका साथ हेरिएको छ । लोपेज ओब्राडोरले बजारलाई यथार्थपरक हुन आग्रह गरेका छन् ।

तर पाँच महिनासम्मको अवधिमा निकै उतारचढाव देख्न पाइने विश्लेषकहरुको भनाइ छ । ओब्राडोरले १३ अर्ब डलरको मेक्सिको सिटी विमानस्थल निर्माण परियोजना रद्द गर्ने बताए ।

अनियमितताको घेरामा परेको यो परियोजनाका बारेमा जनमतसंग्रह नै गर्नुपर्ने उनको भनाइ छ । उनको गठबन्धनमा रहेका सांसदहरुको बैंकिङ शुल्कमा कमी ल्याउन र निवृत्तिभरण कोषलाई राज्यको नियन्त्रणमा ल्याउने प्रस्तावका कारण पनि बजारमा त्रासको वातावरण देखिएको हो ।

मेक्सिकोको सेयरबजारमा पनि ओब्राडोर निर्वाचित भएपछि १२ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ । सोमबार मात्र, मार्च २०१४ यताकै सबैभन्दा न्यून विन्दुमा सेयरबजार पुगेको छ ।

बुधबार, केन्द्रीय बैंकले लोपेज ओब्राडोरका नीतिहरुको अनिश्चितताका कारण सन् २०१९ को आर्थिक वृद्धिको प्रक्षेपणलाई कटौती गरेको छ । साथै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरुका कारण परिस्थितिलाई अझ उल्झनमा पार्ने निश्चित छ ।

अमेरिकासँगको सीमामा अमेरिकाले लगाउने पर्खालको खर्च मेक्सिकोले व्यहोर्नुपर्ने तथा अमेरिका, मेक्सिको र क्यानाडाबीचको संशोधित व्यापार सम्झौतालाई ओब्राडोरले सत्ताको बागडोर सम्हाल्नु ठीक एकदिनअघि हस्ताक्षर गर्ने कार्यले पनि ओब्राडोरमाथि चुनौती छ ।

जहाँसम्म, लोपेज ओब्राडोर र ट्रम्पबीच पटकपटक वार्ता र संवाद भएका छन् । ट्रम्पले चुनावपछि ओब्राडोरसँग निकै रचनात्मक कुराकानी भएको बताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...