खम्बा गाडेको २१ वर्षसम्म पनि बलेन बिजुली



हाम्रो इकोनोमि

बाँके । बाँकेको राप्तीपारि नरैनापुरमा बिजुलीका खम्बा गाडेको २१ वर्ष भयो । एक्काइस वर्ष बितिसक्दा पनि खम्बामा तार झुण्ड्याइएको छैन ।
विसं २०५६ को निर्वाचनअघि प्रेम भण्डारीले आफ्नो उम्मेदवारीसँगै बिजुलीका पोल गाड्नुभएको थियो ।

पोल गाडेपछि चार वटा निर्वाचन भइसके तर गाडेका पोलमा न तार झुण्ड्याइएको छ, न त बत्ती नै बलेको छ । “पोल गाडेको २१ वर्ष भयो, अहिलेसम्म बत्ती बलेको छैन”, नरैनापुरका मोहम्मद खानले भन्नुभयो, “अहिलेसम्म पोल हेरेरै बत्ती बल्ने सपना देखिरहेका छौँ ।”

“निर्वाचनको माहोल आफ्नो पक्षमा पार्नका लागि भण्डारीले ‘सोर्सफोर्स’ लगाएर नरैनापुरमा रातारात पोल गाड्नुभयो”, नरैनापुरका मुस्ताक अलि भन्छन्, “विद्युत् कार्यालयको कार्ययोजनाअनुरुप यहाँ पोल गाडेको भए सायद अहिलेसम्म बलिसक्थ्यो । निर्वाचन जित्न पोल गाडेको भएर अहिलेसम्म बत्ती बलेन ।”

यो सँगसँगै विद्युतीकरण शुरु भएका देशका अन्य ठाउँमा बिजुली बलिसकेको छ । नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख रामदुलार यादवले विद्युत् कार्यालयले सिधै हेर्नुभन्दा पनि सामुदायिक विद्युतीकरणअन्तर्गत राखिएकाले ढिलाइ भएको बताए ।

उनले भने, “कार्ययोजनाअनुसार पोल गाडिएको भए अहिलेसम्म बत्ती बलिसक्थ्यो । नेताको सोर्सफोर्समा पोल गाडियो, त्यसकारण पनि ढिलाइ भएको हो ।”

गरीब जनताको बसोबास हुनु र सामुदायिक विद्युतीकरणमा जनताको पनि ‘योगदान’ देखिनुपर्ने तथा ठेकेदारको बदमासीले नरैनापुरमा बत्ती बल्न सकेको छैन ।

नरैनापुरको विद्युत् बाल्नका लागि जिल्लाको विद्युत् कार्यालयले यो वर्ष रु ४० लाख विनियोजन गरेको यादवले जानकारी दिए । क्षेत्रीय विद्युत् कार्यालयका प्रमुख मनोजकुमार सिंहले नरैनापुरमा बत्ती बाल्नका लागि रु २२ करोड छुट्याएको र बोलपत्र प्रक्रियामा रहेको जानकारी दिए ।

क्षेत्रीय प्रमुख सिंहले तीन महीनामा सव स्टेशन बन्ने र चैतसम्ममा ३३ केभी लाइन तान्ने काम भइरहेको बताए । उनले डेढ वर्षभित्र नरैनापुरमा बत्ती बल्ने आश्वासन दिए ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...