हङकङमा दुर्घटना हुँदा पाँचको मृत्यु



हाम्रो इकोनोमि

 

हङकङमा शुक्रवार बिहानै बस र ट्याक्सी ठोकिँदा पाँचजनाको मृत्यु भएको छ । बत्तीस मानिस घाइते भएका छन् ।

क्याथे प्यासिफिक एयरलाइन्सको विमानका कर्मचारी बोकेको एक बस बिहान ५ बजे विमानस्थल जाने क्रममा ट्याक्सीसँग ठोकिएको थियो ।

ट्याक्सीको पछिल्लो भाग पूरै कुच्चिएको छ अनि बसको दुवैतर्फको भागमा क्षति पुगेको छ ।

त्सिङ यी टापुमा भएको दुर्घटनामा बसमा रगतका टाटा समेत छन् ।

‘ट्याक्सी बिग्रेर सडकछेउमा देब्रेतर्फ रोकिएको थियो । त्यो रोकिएको ४० सेकेन्डपछि बसले पछाडिबाट हिर्कायो,’ प्रहरी सुपरीवेक्षक यिप सिउ–मिङले बताए ।

ठोकिएपछि बसले नियन्त्रण गुमाएको यिपले थपे ।

त्यसपछि त्यो दाहिनेतर्फको अनि हुत्तिएर देब्रेतर्फको रेलिङमा ठोकिएको र तीनजना यात्रु बसबाट फालिएका थिए ।

बस चालक समेत बसबाट हुत्तिएर बाहिर पुगेका थिए ।

प्रहरीका अनुसार, ट्याक्सी चालक र दुई पुरुष अनि बसका दुई यात्रुको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...