विद्युत् चोरी गर्ने २६ जना पक्राउ



 

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले विद्युत् चोरी गर्ने २६ जनालाई आज बिहान पक्राउ गरेको छ ।

वितरण केन्द्रबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो । विद्युत् चोरी गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा टोलीले उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाही गरिएको केन्द्रका प्रमुख विष्णुप्रसाद यादवले जानकारी दिनुभयो ।

पक्राउ गरिएका सबैमाथि विद्युत् चुहाबट ऐन अन्तर्गत कारवाही गरी जरिवानाबापत रु दुई लाख २६ हजार राजश्व सङ्कलन भएको प्रमुख यादवले बताउनुभयो । उहाँका अनुसार सो क्रममा चार थान विद्युत् मिटर, दुई थान पङ्खा, एक थान टेलिभिजन र एक थान रन्दा मेसिन(काठको काम गर्ने) लगायतका समान समेत बरामद गरिएको छ ।

लागुऔषधसहित युवक पक्राउ

प्रतिबन्धित लागुऔषधसहित आज बिहान सिरहा बरियारपट्टी– १ बाट एक युवकलाई पक्राउ गरेको छ । प्रहरीचौकी कचनारीबाट गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा स४प ६७९२ नं को मोटरसाइकलबाट प्रतिबन्धित लागुऔषधसहित लहान नगरपालिका–२ का २१ वर्षीय मोहम्मद मुर्तुजालाई पक्राउ गरेको हो ।

पक्राउ परेका मुर्तुजाको साथबाट प्रतिबन्धित लागुऔषध डिलक्स सिसी १०० एमएलको २४ बोतल बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।
पक्राउ परेका युवकलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेशपुर पतारीमा पठाइएको छ

प्रतिक्रिया दिनुहोस
राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक

    निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले माघ

गणतन्त्रविरोधी हर्कतलाई हामीले सामूहिकरूपमा जवाफ दिन जरुरी : कावा प्रधानमन्त्री खड्का

    कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली तुलनात्मक

कांग्रेस प्रचण्डपथको भरिया बनेको छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल

यो सरकार आफैँ ढल्न सक्छ : अध्यक्ष ओली

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कुनै पनि