श्रृखला आँटेको हरेक काममा सफल भएकी छिन : बुबा विरोध खतिवडा
मिस वल्र्डको बलियो दावेदारी प्रस्तुत गरिरहनु भएको श्रृखला खतिवडाको बुबा यतिखेर छोरीको लागि भोट माग्न निकै ब्यस्त हुनुहुन्छ । मकवानपुर क्षेत्र नं २ का सांसद विरोध खतिवडा अहिले समाजिक सञ्जाल चलाउँदैमा व्यस्त हुनुहुन्छ । प्रतिनिधिसभाका सदस्य खतिवडा आफ्नो काम गर्दै फेसबुक, ट्विटर, इन्स्टाग्राम, टिकटकमा पोस्ट हुर्नुहुन्छ । अनलाइनहरुमा समाचार हेर्ने तर उहाँलाई लत नै लागिसक्यो।
‘पत्तै नपाई छोरी यति अगाडि पुगेको देखेर विरोध दंग पर्नुहुन्छ र भन्नुहुन्छ, ‘ममात्र हैन देश नै खुशी छ ‘देशले गर्व गरेको छ जस्तो लाग्छ।’ श्रृंखला अब देशको सम्पत्ति भइन्।’उनलाई धेरै मायाको खाँचो छ। हरेक मानिसले आफूले आँटेको काम पूरा गर्न खोज्छ, श्रृंखलाले आँटेको हरेक काममा उनी सफल भएकी छन्’विरोधले भन्नुभयो,’उनले आत्मविश्वाससहित कामका हरेक पक्षलाई हेर्ने गरेकी छन्।
चीन जाने बेलामा उनले भनेको सम्झिन्छन् विरोध, ‘म नेपालको गौरव बढाएर फर्कन्छु।’ आजसम्म आत्मविश्वास सहित गरेको मेहनतको परिणाम राम्रै आएको बताउने विरोध धेरै आशावादी छन्। विरोधले आजसम्म भोट गर्ने समय भएकाले भोट गर्न सबैलाई अनुरोधसमेत गर्नुभएको छ ।
शृंखला खतिवडालाई मल्टीमिडिया अवार्ड पक्का
चीनमा आयोजना भइरहेको मिस वर्ल्ड २०१८ अन्तरगत मल्टिमिडिया अवार्डमा नेपालकी सुन्दरी श्रृंखला खतिवडाको दावेदारी बलियो बनिरहेको छ । पछिल्लो स्थितिमा श्रृंखला करिब ३५ प्रति शत भोटका साथ अग्रता कायम गरिरहेकी छन् ।
आज र भोली कुनै ठूलो उलटफेर भएन भने श्रृंखला मल्टिमिडिया अवार्डको जित्नेमा दुईमत छैन । यो अवार्ड जितेमा उनका लागि फाइनल (टप ३०) मा पुग्ने ढोका खुल्नेछ ।यसअघि टप मोडल कम्पिटिसन र मिस ट्या लेन्ट अवार्ड जितेर फ्रान्स र जापानका सुन्दरीहरु टप ३० मा पुगिसकेका छन् ।
श्रृंखला यी दुवै प्रतियोगिताको फाइनल राउन्डमा परेकी थिइनन् । मल्टिमिडिया अवार्डसँगै ‘हेड टु हेड च्यालेन्ज’ र ‘ब्यूटी विथ प्रपोज’ मा श्रृंखलाको बलियो उपस्थिति रहेको छ । यी तीन मध्ये कुनैमा पहिलो भएको खण्डमा उनी छोटो बाटोबाट टप ३० मा पुग्छिन् । अन्यथा निर्णायकहरुको हातमा हुन्छ ।
हेड टु हेड च्यालेन्जमा अघि बढ्न पनि श्रृंखलालाई भोटिङको आवश्यकता छ । यसमा १ सय २१ प्रतिस्पर्धीहरुलाई २० समुहमा विभाजन गरिएको छ । प्रत्येक ग्रुपमा एक जना विजेता भोटिङबाट छानिन्छन् । यसरी छानिएका २० जनाले मिस वल्र्डको टप ३० मा आरक्षित १० सिटको लागि आपसमा प्रतिस्पर्धा गर्छन् ।
श्रृंखलाको समुहमा अर्जेन्टिना, बोज्निया हर्जगोविना, गोआ, माल्दोभ र लक्जेम्बर्गका गरी ६ जना सुन्दरी छन् । हेड टु हेडमा दुई भाग हुन्छन् । पहिलो भागमा भिडियो प्रिजेन्टेसन हुन्छ भने दोस्रो भागमा नि र्णायकले प्रश्न सोध्छन् । प्रश्नोत्तरको भिडियो सामाजिक सञ्जालमा आएपछि भोटिङ सुरु हुन्छ ।
त्यसपछि पब्लिक भोटमार्फत समुह विजेता हुने अर्को राउन्डका लागि छानिन्छन् । श्रृंखलाको हेड टु हेड भिडियो यूट्यूवमा आइसकेको छ । यसले राम्रो प्रतिक्रिया पाइ रहेको छ । श्रृंखलालाई मोबस्टार एप डाउनलोड गरेर भोट गर्न सकिन्छ भने फेसबुकमा उनको आधिकारिक पेजमा लाइक तथा कमेन्ट गर्दा पनि उनको भोट बढ्छ । यस्तै मिस वर्ल्डको आधिकारिक पेज बाट पनि भोट गर्न सकिन्छ ।
अहिलेसम्मको भोटिङमा श्रृंखलाको छेउछाउ कोही देखिएका छैनन् । उनीभन्दा पछाडि मंगोलियाकी एन्खि्रमा (११ प्रतिशत), भियतनामकी भि ट्रान (९ प्रतिशत), भारतकी अनुकृती भास (८ प्रतिशत) छन् । भारतकी अनुकृतीले पछिल्लो समयमा आफ्नो भोट ह्वात्तै बढाएकी छन् ।