काठमाडौंमा बालकको अपहरणपछि हत्या



हाम्रो इकोनोमि

 

काठमाडौंको गोंगबुमा बालकको अपहरणपछि हत्या भएको छ । दुई दिनअघि बेपत्ता भएका बालक प्रयास कुँवरको अपहरणपछि हत्या भएको खुलेको प्रहरीले जनाएको छ ।बालकको शव म्हेपीमा भेटिएको प्रहरीले जानकारी दिएको छ ।

 

स्वस्तिका त्रिवेणी गेस्ट हाउसका सञ्चालक प्रवीण कुँवरका छोरा प्रयास बेपत्ता भएका हुन् । होटल परिसरमै खेलिरहेका प्रयास मंगलबार साँझ अपहरणमा परेका थिए । प्रहरीले अपहरणपछि हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

बलात्कार गर्नेलाई ८ वर्ष कैद, पीडितलाई ३० हजार क्षतिपूर्ति

गुल्मीमा ११ वर्षीया बालिका बलात्कार गरेको कसुरमा इश्मा गाउँपालिका २ का ४९ बर्षीय प्रेमबहादुर कार्कीलाई जिल्ला अदालतले आठ वर्ष कैद सजाय सुनाएको छ ।

 

न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले पीडकलाई कैद र ३० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको श्रेस्तेदार दुर्गा प्रसाद बस्यालले बताए ।

 

कार्कीलाई मुलुकी ऐन जबरजस्ती करणीको महल १ र ३ (२) विपरीत कसुर गरेको ठहर गर्दै अदालतले सोहि महलको ३ (२) बमोजिम उक्त सजाँय तोकिएको श्रेष्तेदार बस्यालले बताए । पीडित महिलालाई कार्कीले गत असार ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएको थियो ।

 

श्रीमती हत्या गर्ने जेल चलान

गुल्मीको मदाने ६ पुर्कोटदह पनाहका ३२ बर्षीय दुर्गाबहादुर नेपाली पुर्पक्षका लागि जेल चलान भएका छन् । उनले गत कात्तिक १५ गते राति पत्नी ३१ बर्षीया सीता नेपालीको हत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...