बसाइँसराइले गाउँ नै रित्तिन थालेपछि खानेपानी आयोजना निर्माण



 

तनहुँको ब्यास नगरपालिका–८ कोटथोकमा कुनै समय बसाइँसराइको क्रम तीव्र रुपमा चल्यो। खानेपानीको अभावमा त्यहाँका बासिन्दा पुर्खाको थातथलो छाड्न बाध्य भए।

विशेषगरी हिउँदको समयमा पिउनका लागि पानीको समेत अभाव हुन थालेपछि बसाइँसराइको क्रम शुरु भएको थियो। कुनै समय ६५ घरधुरीको बसोबास रहेको कोटथोकमा अहिले १४ घरधुरी मात्रै बसोबास गरिरहेका छन्।

खानेपानी अभावले अन्यत्र बसाइँ सर्ने क्रम बढ्दै जाँदा गाउँ नै खाली हुने खतरा बढेपछि अहिले कोटथोकमा खानेपानी आयोजना निर्माण गरिएको छ। बसाइँ सरेर बाँकी रहेका गाउँका १४ घरका सबैका आँगनमा खानेपानीको धारा जडान गरिएको छ।

कोटथोक खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष एवं स्थानीय बासिन्दा सुनबहादुर गुरुङले खानेपानीकै अभावका कारण गाउँ नै रित्तो भएको भन्दै गाउँबाट अन्यत्र गएका पुनः पुर्खाको गाउँ फर्कने विश्वास व्यक्त गरे।

व्यास नगरपालिकासहित विभिन्न निकायको आर्थिक सहयोगमा आठ हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण गरी घरघरमा पानीको धारा पुर्याइएको छ। रु १५ लाख २१ हजार ३३७ को लागतमा लिफ्टमार्फत पानी ट्याङ्कीमा जम्मा गरी वितरण गरिने उपभोक्ता समितिका अध्यक्ष गुरुङले जानकारी दिए।

व्यास नगरपालिकाको रु छ लाख, तनहुँ समाज हङकङको रु छ लाख, कोटथोक सम्पर्क समाज युकेको रु पाँच लाख ७० हजार ६ सय ९५, कोटथोक सम्पर्क समाज पोखराको रु दुई लाख २२ हजार चार सय ४६, साविक क्यामिन गाविसको रु एक लाख ३५ हजार ९ सय, कोटथोक सम्पर्क समाज दमौलीको रु ३४ हजार, सङ्गम युवा क्लब दमौलीको रु २५ हजार र अन्य विभिन्न व्यक्ति तथा सङ्घसंस्थाको सहयोगमा खानेपानी आयोजना सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्