बसाइँसराइले गाउँ नै रित्तिन थालेपछि खानेपानी आयोजना निर्माण



हाम्रो इकोनोमि

 

तनहुँको ब्यास नगरपालिका–८ कोटथोकमा कुनै समय बसाइँसराइको क्रम तीव्र रुपमा चल्यो। खानेपानीको अभावमा त्यहाँका बासिन्दा पुर्खाको थातथलो छाड्न बाध्य भए।

विशेषगरी हिउँदको समयमा पिउनका लागि पानीको समेत अभाव हुन थालेपछि बसाइँसराइको क्रम शुरु भएको थियो। कुनै समय ६५ घरधुरीको बसोबास रहेको कोटथोकमा अहिले १४ घरधुरी मात्रै बसोबास गरिरहेका छन्।

खानेपानी अभावले अन्यत्र बसाइँ सर्ने क्रम बढ्दै जाँदा गाउँ नै खाली हुने खतरा बढेपछि अहिले कोटथोकमा खानेपानी आयोजना निर्माण गरिएको छ। बसाइँ सरेर बाँकी रहेका गाउँका १४ घरका सबैका आँगनमा खानेपानीको धारा जडान गरिएको छ।

कोटथोक खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष एवं स्थानीय बासिन्दा सुनबहादुर गुरुङले खानेपानीकै अभावका कारण गाउँ नै रित्तो भएको भन्दै गाउँबाट अन्यत्र गएका पुनः पुर्खाको गाउँ फर्कने विश्वास व्यक्त गरे।

व्यास नगरपालिकासहित विभिन्न निकायको आर्थिक सहयोगमा आठ हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण गरी घरघरमा पानीको धारा पुर्याइएको छ। रु १५ लाख २१ हजार ३३७ को लागतमा लिफ्टमार्फत पानी ट्याङ्कीमा जम्मा गरी वितरण गरिने उपभोक्ता समितिका अध्यक्ष गुरुङले जानकारी दिए।

व्यास नगरपालिकाको रु छ लाख, तनहुँ समाज हङकङको रु छ लाख, कोटथोक सम्पर्क समाज युकेको रु पाँच लाख ७० हजार ६ सय ९५, कोटथोक सम्पर्क समाज पोखराको रु दुई लाख २२ हजार चार सय ४६, साविक क्यामिन गाविसको रु एक लाख ३५ हजार ९ सय, कोटथोक सम्पर्क समाज दमौलीको रु ३४ हजार, सङ्गम युवा क्लब दमौलीको रु २५ हजार र अन्य विभिन्न व्यक्ति तथा सङ्घसंस्थाको सहयोगमा खानेपानी आयोजना सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...