जोरविजोरले विजोग, ट्याक्सीको लुट– लैनचौरबाट माइतिघर भाडा ७००



हाम्रो इकोनोमि

 

सरकारले विदेशी पाहुनाको आवागमनलाई लक्षित गरी सवारी सञ्चालनमा जोर बिजोर प्रणाली लगाएको छ । बिहीबार बिजोर नम्बर प्लेटका सवारी राजधानीका सडकमा चलेका छन् ।

 

तर, यसबाट यात्रुले भने चरम सास्ती भोगेका छन् । सडकमा गाडी कुरिरहेका यात्रुको भीड बाक्लो छ । भनेजति सवारी नपाइने र पाइएपनि निक्कै भिड हुने गर्दा निश्चित समयमा पुग्नुपर्ने ठाउमा यात्रुहरु निक्कै ढिला गरी पुग्ने गरेका छन् ।

 

सवारी साधानमा कोचाकोच गरेर जादा गाह्रो हुने गरेको यात्रुहरुको गुनासो रहेको छ । यही मौका छोपी ट्याक्सी चालकले पनि फाइदा उठाउन थालेका छन् । उनिहरुले उपभोक्तालाई दोब्बर भन्दा पनि धेरै रकम असुल्ने गरेका छन् ।

 

सार्वजनिक सवारी साधन चढ्न नसक्ने यात्रुले ट्याक्सी चढ्न खोज्दा दोब्बर बढि भाडा भन्ने गरेका छन् । लैनचौरबाट माइतिघर आउदा मुस्किलले २ सय रुपैयाँ उठ्ने गरेको छ । तर, आज सोही रुटमा ट्याक्सीले ७ सय रुपैया लिएका छन् ।

 

युनिभर्सल पिस फेडेरेशन नामक संस्थाले आयोजना गर्न लागेको सम्मेलनमा सात देशका विशिष्ट पाहुना आउने भएको र त्यसको सुरक्षा तथा सवारी व्यवस्थापनका लागि जोर–बिजोर प्रणाली लागु गरिएको छ ।

 

जोर विजोर प्रणालीको अवज्ञा गर्न गगन थापाको आह्वान

नेपाली काँग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य गगन थापाले सरकारले बिहीबारदेखि चार दिनसम्म लागू गरेको जोर विजोर प्रणालीको अवज्ञा गर्न आह्वान गरेका छन् । बिहीबार नेता थापाले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डल मार्फत् सबै उपत्यकाबासीमा यस्तो आह्वान गरेका हुन् ।

 

उनले ट्वीटरमा भनेका छन् ‘सही कामको लागि सरकारले आव्हान गर्दा जोर-विजोर मात्रै होइन गाडी नै नचलाउन र भोकै बस्न हामी तयार हुनुपर्छ । तर धर्मान्तरको लागि स्थापना भएको विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिने सरकारको निर्णय खेदजनक छ। सरकारको गलत कामको अवज्ञागर्नु नागरिकको कर्तव्य  हो, अवज्ञा गरौं।’

 

एशिया फाण्डेसन नामक विवादित संस्थाले आयोजना गरेको कार्यक्रमका लागि सरकारले राजधानीबासीलाई सास्ती हुने गरी ४ दिन जोर विजोर प्रणालीको लागू गरेको छ । सो कार्यको चौतर्फी विरोध हुँदै आएको छ।

 

 

 सरकारले यो नियमा लागू गरेको भएपनि सडकमा सार्वजनिक यातायातहरु बाहेक जोर नम्बरका सवारी साधन पर्याप्त मात्रामा चलिहरका छन् । यस कार्यको सामाजिक सञ्जालमा पनि व्यापक विरोध भईरहेको छ।

 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मङ्सिर १३ र १५ गते बिजोर र मङ्सिर १४ तथा १६ गते जोर अङ्कका सवारीसाधन सञ्चालन गर्न पाइनेछ । अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनमा भने जोर बिजोर प्रणाली लागू नहुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज एक सूचना जारी गरी जानकारी दिएको छ ।

 

यही मङ्सिर १४ देखि १७ गतेसम्म काठमाडौँमा हुने एशिया प्याशिफिक समिटका लागि विभिन्न देशका सरकार प्रमुख तथा उपप्रमुख सहभागी हुने कार्यक्रम छ । युनिभर्सल पिस फेडेरेसनको नामबाट १६ मंसिरमा काठमाडौंमा आयोजना हुने भनिएको जिससकी छोरीको घोषणा गर्ने भनिएको कार्याक्रममा सरकार नै सहआयोजक बसेको छ । सरकारसँग सो कार्यक्रम आयोजकले ३१ करोड रुपैयाँ माग गरेको स्रोतले जनाएको छ ।

 

 

सो को लागि २ करोड रुपैयाँ त निकासा नै भईसकेको छ । यो कार्यक्रम क्रिश्चियन धर्मको प्रचारको लागि आयोजना गरिएको भन्दै तीब्र आलोचना समेत भईरहको छ । कार्यक्रमका आयोजक संस्थाका अध्यक्ष एकनाथ ढकालले सो कार्यक्रमका लागि २० करोड खर्च हुने बताईरहँदा आयोजक संस्थाले भने सरकारसँग ३१ करोड रुपैयाँ माग गरेको हो ।

 

गत शनिबार नेपाली काँग्रेसले पनि धर्म निरपेक्ष मुलुकमा सरकार एउटा आईएनजीओको मातहतमा रहेर अमूक धर्मको प्रचारमा लागेको भन्दै यसमा आपत्ति जनाएको थियो । काँग्रेसले निर्मला पन्तको बलात्कार पछि हत्या भएको १ सय २५ दिनपुग्नै लाग्दा पनि हत्यारा पत्ता लगाउन नसक्ने सरकार क्रिश्चियन धर्मको प्रचारमा लागेको गम्भीर आरोप लगाएको हो ।

 

शनिबार राजधानीमा संक्षिप्त पत्रकार सम्मेलन गर्दै नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्र्माले हत्या र बलात्कारको घटनाहरुमा उदासिन बनेको सरकारले राष्ट्रिय स्वाभिमान बेचेर क्रिश्चियन धर्मको प्रचारमा लागेको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस
८० औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह

    पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते...

युद्धपछि इरान झन् शक्तिशाली

    अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्...

खुकुरी देखाई युवतीलाई कुटपिट गर्ने रमेश ठाडा पक्राउ

    सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति...

सबै काण्डको फाइल खोल्न एमालेको चुनौती

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले अर्थमन्त्री स्वर्णिम वाग्लेको आलोचना गरेका...