अवैध लागूऔषध सहित तीन जना पक्राउ



हाम्रो इकोनोमि

 

कञ्चनपुर पुनर्वास नगरपालिका १० विकासबस्तीस्थित दोदा पुलबाट कैलाली धनगढी उपमहानगरपालिका- ५ का २५ वर्षीय आकास चौधरी सहित २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन ६ ग्राम सहित प्रहरीले पक्राउ गरेको छ ।

भे ९ प ८० नम्बरको मोटरसाइकललाई प्रहरीले चेक जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार दिनेशले शरीरमा लुकाई छिपाई ल्याएको अवस्थामा उक्त लागूऔषध फेला पारी दिनेश सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै अर्का मकवानपुर हेटौंडा उपमहानगरपालिका -१५ रातोमाटे चेकपोष्टबाट पर्सा बीरगंज महानगरपालिका २ छपकैया का २१ वर्षीय बिश्वास क्षेत्रीलाई करिब २० किलो अवैध लागूऔषध गाँजा सहित आज बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंबाट बीरगंजतर्फ जाँदै गरेको ना १ ज ६१११ नम्बरको सुमो जाँच गर्ने क्रममा सिटमुनी बोरामा लुकाईछिपाई लैजाँदै गरेको अवस्थामा उक्त गाँजा फेला पारी सुमो सहित चालक क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताए।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...