मुस्ताङमा आगलागीबाट डेढ करोडभन्दा बढीको क्षति



 

मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोममा आज बिहान एक घरमा आगलागी हुँदा डेढ करोड रुपैयाँभन्दा बढीको धनमाल नोक्सानी भएको छ ।

स्थानीयवासी मिमप्रसाद थकालीको दुईतले घरमा आगलागी हुँदा रु एक करोड ६५ लाख मूल्य बराबरको धनमालको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार १४ कोठा भएको दुईतले घर, त्यहाँ भएका लत्ताकपडा, खाद्यान्न लगायतका धनमाल जलेर रु एक करोड ५० लाखको क्षति भएको छ ।

यसैगरी सोही घरमा सागर नेपालीले सञ्चालन गरेको दर्शन फर्निचर उद्योगमा पनि रु पन्ध्र लाखको क्षति पुगेको अनुमान गरिएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, जनप्रतिनिधि, स्थानीयवासीले तीन घण्टापछि बिहान ६ बजेतिर आगलागी नियन्त्रणमा लिएका थिए ।

विद्युत् सर्ट अथवा आगोको झिल्कोबाट आगलागी भएको हुनसक्ने अनुमान गरिएको प्रहरी निरीक्षक राजेन्द्रप्रसाद रेग्मीले बताउनुभयो ।

पीडितलाई जिल्ला विपद् व्यवस्थापन समिति र प्रदेश सरकारको कोषमार्फत राहतको व्यवस्था मिलाइने गण्डकी प्रदेशसभा सदस्य चन्द्रमोहन गौचनले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
नेप्सेमा सर्वाधिक वृद्धि, १११ बिन्दुले बढेपछि आजलाई बजार बन्द

    नेप्से परिसूचक आज उच्च अंकले बढेको छ । आज नेप्से एकै

बैंक मिटरब्याजीजस्तो हुनु हुँदैन : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्माले बैंकहरू मिटरब्याजीजस्तो हुन नुहने बताएका छन्

शेयर धितो र घरजग्गा कर्जामा नयाँ नीति

    नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत केही लचक नीतिहरू ल्याएको छ

अध्यक्ष ओलीद्वारा पुष्पलालको शालिकमा माल्यार्पण

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी संस्थापक नेता पुष्पलाल श्रेष्ठको