सप्तरीको जगतपुरमा आत्मदाहबाट एक युवतीको मृत्यु



 

सप्तरीको कञ्चनरूप नगरपालिका–४ स्थित जगतपुरमा आफ्नै शरीरमा मट्टितेल छर्किएर आगो लगाइएकी एक युवतीको आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीयवासी महेश चौधरीकी १३ वर्षीय छोरी अञ्जनी चौधरी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक प्रतीक बिष्टले बताउनुभयो । आफ्नै आमासँग विवाद हुँदा बुधबार साँझ अञ्जनीले शरीरमा मट्टितेल छर्किएर आगो लगाई आत्महत्याको प्रयास गरेकी थिइन् ।

आगोबाट अञ्जनीको शरीर जलेर घाइते भएकी उनको विराटनगरस्थित म्याक्स अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बिष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
सामान्य सुधारले अर्थतन्त्रका समस्या समाधान हुने देखिएन : प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका समस्या समाधान सामान्य सुधारका उपायबाट हुने

गण्डकी पुग्यो एमालेको समृद्धिका लागि संकल्प यात्रा

    झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म मृद्धिका लागि संकल्प यात्रा अघि बढाएको नेकपा एमाले अध्यक्ष

नेपाललाई असफल देश बनाउन खोजिएको छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्थामाथि औंला ठड्याउनेविरुद्ध सबै

न्यूरोडबाट तस्करीको ८ किलो सुन बरामद

    काठमाडौंको न्यूरोडमा तस्करीको सुन गाल्ने एक कारखानामा प्रहरीले छापा मारेको छ