३ वर्ष विदेश बसेर फर्किएकी गीताले श्रीमानलाई भनिन् ‘म गर्भवती छु‘



हाम्रो इकोनोमि

 

धेरै कमाएर ल्याउने सपना देखेर देखेर ३२ वर्षीया गीता (नाम परिवर्तन) एक वर्षअघि जोर्डन गएकी थिइन्।

गीताका पतिले नै दुई छोराछोरीकी आमा बनिसकेकी उनलाई परिवारमा सुख आउँछ भनेर विदेश जान प्रेरित गरेका थिए।

तर उनीहरूको सपना भने एउटा घटनाले भताभुङ्ग पारिदियो।

गीताका अनुसार एक दिन कामबाट बस्ने ठाउँ फर्किँदा उनको बलात्कार भयो। उनले आफू बलात्कृत भएको घटना आफ्ना पतिलाई सुनाइन्।

सहानुभूति देखाउँदै उनले घर फिर्ता बोलाए पनि।

आफू काम गर्ने कम्पनीका मान्छेले टिकट काटेर उनलाई नेपाल फर्काइदिए, तर घर आएपछि उनले अर्को वज्रपात सहनुपर्‍यो।

अर्काको गर्भ बोकेको भन्दै उनलाई घरबाट निकालियो।

उनी भन्छिन्, मैले सबै कुरा मेरो पतिलाई भनेकी थिएँ, उहाँले बोलाउनु पनि भयो।

म आएँ, तर आज मेरो यो हाल भयो।

यस्तो दु:ख खेप्ने गीता एउटी प्रतिनिधिपात्र हुन्। रोजगारीको निम्ति विदेश गएका धेरै महिलाले गीताले जस्तै अकल्पनीय पीडा भोग्नु परेको छ।

उनीहरू आफ्नै घरबाट निकालिएका वा परिवारबाटै बहिष्कृत भएका छन्।

अर्काको गर्भ बोकेर विदेशबाट नेपाल फर्केका महिलाले आफू समाजमा पुनः स्थापित हुन निकै ठूलो सङ्घर्ष गर्नुपर्ने अवस्था छ।

पूर्वी नेपालको एउटा गाउँबाट वैदैशिक रोजगारीका लागि गएकी अर्की महिला झन्डै चार वर्षअघि बलात्कारपछि धारण गरेको गर्भ लिएर फर्किईन्र

परिवारले त्यागिदिएपछि उनलाई एउटा गैरसरकारी संस्था शक्ति समूहले उद्धार गरेर बस्नेखाने व्यवस्था मिलाइदियो।

पछि उनले अस्पतालमा बच्चा जन्माइन् र उनको बच्चा अर्कैलाई पाल्न दिइयो।

त्यतिबेला शक्ति समूहमा काम गर्ने महिला अभियानकर्मी मीरा भट्टराईका अनुसार अहिले उनको बच्चा पढिरहेको छ भने उनले अर्को विवाह गरेकी छन्।

हिंसाबाट पीडित महिला तथा मानव बेचविखनको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था माइती नेपालका अनुसार यस्ता घटना अन्य हिंसाका घटनाका भन्दा थोरै मात्र बाहिर आउने भए पनि यो अत्यन्तै हृदयविदारक अवस्थामा छ।

माइती नेपालका अनुसार सन् २०१७ र २०१८ मा एक र एक जना त्यस्ता गर्भवती महिला नेपाल फर्किएका थिए।

तर अन्य संस्थाको सम्प्रकमा अरू महिला पुगेको हुनसक्ने अनुमान माइती नेपालका कार्यवाहक अध्यक्ष विश्वराम खड्काको छ। बीबीसी

प्रतिक्रिया दिनुहोस
असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

     वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

प्रभु बैंककाे देशव्यापी रक्तदान कार्यक्रम

    देशमा आएकाे प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग...

पति रेशमविरुद्ध कानुनी बाटो रोज्ने रञ्जिताको घोषणा

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध कानुनी...