आइजी खनाल, सुमार्गीदेखि ज्ञानेन्द्रसम्मको धाँक लाउँदै करोडौँ ठग्नेलाई चिनौ सबैले



 

 

मंगलबार मोरङ प्रहरीमा एक नक्कली कम्पनीको मालिकबाट ठगिएको भन्दै ५० जना व्याक्तिले उजुरी हाले । साविक संखुवासभाको नागरिकता भएका र पछि लेटाङ–३को ठेगाना भएका गुणराज ओझालाइ प्रहरीले मंगलबार साँझ विरानगरबाट पक्राउ गर्यो । ओझा विराठनगर–५ जामुनगाछिमा रहेको दोस्रो ससुराली घरबाट पक्राउ परेका हुन् ।

 

पक्राउ परेका ओझाले तमोर मेवाखोला जलविद्युत आयोजना पब्लिक लिमिटेड र छोटकरीमा बिएजी भन्ने बिजनेस म्यानेजमेन्ट ग्रुप नामका दुई नक्कली कम्पनी खोलेर ठगी गरेको पीडितहरूको भनार्इ छ। ओझाको नक्कली कम्पनीमा पाँच महिनासम्म तलब नपाएका कम्प्युटर प्राविधिक नितेश खतिवडाका अनुसार ओझाले कर्मचारीसँगै लगानीकर्ताहरूलार्इ पनि ठगेको खुलेको छ।

 

यसरी खुल्यो ठगीको रहस्य

२०७४ साल चैत्रबाट  विराटनगरमा ओझाले खोले तमोर मेवाखोला जलविद्युत पब्लिक लिमिटेड। यसका लागी उनले कर्मचारीहरू भटाभट लिन थाले ।  विराटनगर– ४ कन्चनवारी पश्चिममा रहेको साझा मार्गका तीन घर लिएर ओझाले अफिस खोले। आफूले तमोर मेवाखोला जलविद्युत पब्लिक लिमिटेड कम्पनी खोलेको भन्दै ओझाले स्वकीय सचिवदेखि सुरक्षा गार्ड हुँदै अधिकृतक स्तर सम्मका कर्मचारीहरू लिए ।

 

स्वकीय सचिवमा सुमनकुमारी मन्डल नियुक्ति भइन् । शाखा अधिकृतमा तीन जना रमेश ओझा, परमेश्वर ओझा  र गोबिन्द भगत थिए । सुरक्षा गार्ड दर्जन बढि थिए । आफ्नो नक्कली अफिसमा पनि २४ घन्टा सुरक्षा आवश्यक भन्दै दर्जन बढि सुरक्षा गार्डलार्इ पालैपालो खटाउँथे ओझा ।

 

चैत्रबाट खुलेको कम्पनीका ५० कर्मचारीलार्इ न तलब दिए । न घरबेटीलाई भाडा नै दिए । आश्वासन मात्रै दिएका ओझालाई केहि चलाख कर्मचारीले शंका गर्न थाले ।
पछि केहि कर्मचारीहरूले कम्पनी रजिस्टार्ड कार्यालयमा पुगेर बुझे ।

 

बुझ्दा ओझाले भनेको कम्पनी नम्बर त्यहाँ थिएन्। अर्थात कम्पनी फेक भएको प्रमाणित भयो । तमोर मेवाखोल जलबिद्युत मात्रै हैन बिएमजि भनिएको बिजनेस म्यानेजमेन्ट ग्रुप पनि भेटिएन । अर्थात दुवै कम्पनी फेक भएको भेटियो ।

 

आफ्नै कर्मचारीमाथि ठगी र श्रमशोषण

५० जना कर्मचारी नियुक्ति हुँदा कोहि पनि पत्रिका वा सार्वजनिक मिडियामा विज्ञापन गरेर आएका थिएनन् । सबै कर्मचारी व्यक्तिगत चिनजान र लिंकमा आएका थिए । कर्मचारीहरुले किन पत्रिकामा भ्याकेन्सी नखोली यत्रो जनशक्ति नियुक्ति गर्नु भएको भन्दा ओझाले सबैलाई मिल्ने र मान्ने उत्तर दिन्थे ।

 

‘पत्रिकामा विज्ञापन खोलेर कर्मचारी नियुक्ति गर्दा नेताहरुको दबाब आँउछ र नेताको दबाबमा आउने कर्मचारीहरु गुणस्तरीय हुन्नन’, ओझालाइ उदृत गर्दै एक कर्मचारीले भने, ‘तपाईहरु जस्तो गुणस्तरीय कर्मचारीका लागी मैले भ्याकेन्सी सार्वजनिक नगरि नियुक्ति गरेको हुँ।’

 

कर्मचारीलाई फुर्क्याएका ओझाले ठगे पनि । ५ हजारदेखि ३ लाखसम्म आफ्ना कर्मचारीबाट लिए ओझाले । आफूलाइ केहि घण्टा पैसा चाहिएको भन्दै लिने र यो वा त्यो बाहानामा नतिर्ने गर्थे ओझा ।  कर्मचारीहरुले औठिसमेत राखेर ओझालाइ पैसा दिएको कर्मचारीहरू बताउँछन् ।

 

एकातिर तलब नदिने । अर्कोतिर उल्टै पैसा माग्ने गर्थे ओझा। कर्मचारीहरुलाई अन्य ऋणिहरुको पनि तनाव हुन्थ्यो । पैसा माग्न आएकाहरुले कार्यालय भीड हुने  र कम्प्लेन गर्ने कुराले कर्मचारीहरू हैरान हुने गरेका थिए ।

 

आइजी खनाल, व्यवसायी सुमार्गीदेखि पुर्वराजा ज्ञानेन्द्रसम्मको  धाँक

आफ्ना कर्मचारीहरू र लगानीकर्ताहरूलार्इ ओझा १ खर्बको कम्पनी भएको बताउँने गरेको कर्मचारी बताउँछन् । उनी आफ्नो कम्पनीमा पूर्वराजा ज्ञानेन्द्रको लगानी भएको र आफू प्रबन्ध निर्देशक भएको बताउँथे ।

 

तमोर मेवाखोला जलविद्युत आयोजना बनाउने, धरानबाट बराहक्षेत्र अनि विष्णुपादुकाबाट भेडेटार केवलकार आफ्नो कम्पनीले बनाउने भन्दै उनी पैसा उठाउथे। कर्मचारीदेखि लगानीकर्ता सबैबाट पैसा उठाउने गरेको पुर्व कर्मचारी नितेश खतिवडा बताउँछन्।

 

खतिवडाका अनुसार ओझाले हिमानी शाह आउने र तलब दिने पनि बताउँथे । कतिसम्म भने उनी आफ्नो बिएमजी कम्पनीलाइ बाहिर बिजनेश म्यानेजमेन्ट ग्रुप भनिएपनि भित्र भने पूर्वराजा वीरेन्द्र, महेन्द्र र ज्ञानेन्द्र भएको बताउने कर्मचारीहरू बताउँछन्।

 

गत असारमा हिमानी आउने भन्दै कर्मचारीहरूलार्इ विराटनगरको ह्यारिसन होटलबाट खाजा ल्याएको र धुमधाम तयारी गरेको नाटक पनि गरेको कर्मचारी बताउँछन । पछि हिमानी आइनन्। हिमानीको अर्कै काममा जानुपरेकोले आउन नमिलेको भन्दै ओझा पन्छिए ।

 

आफ्नो एक खर्बको कम्पनीमा केहि हिस्सा व्यवसायी अजय सुमार्गीको पनि भएको ओझा बताउँथे । पैसा दिन कर गर्दा नेपाल प्रहरीका आइजी सर्बेन्द्र खनाल भान्जे ज्वाइ भएको भन्दै तर्साउथे ओझा ।

 

काममा मात्रै हैन नाममा पनि ठग्थे ओझा । कसैलाइ गुणराज त कसैलाइ आरभ ओझा भन्थे । यि दुवै नामबाट उनका फेसबुक आइडीहरु पनि बनेका छन्।

 

उजुरी गरेको दुइ महिनापछि मात्रै पक्राउ

कम्पनी फेक भएपछि २०७५ भदौ २० गते जिल्ला प्रशासन मोरङमा पीडितहरुले उजुरी दिए। तर, मुलुकी संहिताको कारण देखाउदै जिल्ला प्रशासनले ओझालाइ अनुसन्धानको दायरामा ल्याएन ।

 

कर्मचारीहरूले तलब माग्दा पैसा पाउँदैन थिए । भाका मात्रै पाउँथे ।  पीडितहरुले कानुनका जानकारसँग बुझे । बुझ्दा चेक बाउन्स भएको पाइएमा भने पक्राउ हुन सक्ने बताए । त्यसपछि उनीहरुले चेक माग्न थाले । मागेको चेकमा तोकिएका मितिमा पैसा लिन जाँदा पैशा पाइएन । त्यहि प्रमाणहरु संकलन गरेर पीडितहरुले मंगलबार दायर गरेको मुद्धाका आधारमा प्रहरीले सोहि साँझ ओझालाइ पक्राउ गर्यो ।

 

अदालतबाट म्याद थपपछि थप प्रमाण आउछःप्रहरी

मंगलबार साँझ पक्राउ परेका ओझाबाट ५ हजारदेखि ३ लाखसम्म ठगिएको भन्दै थुप्रै उजुरी आएको मोरङ प्रहरीले बताएको छ । मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले अदालतबाट ७ दिन म्याद थपिने र थप अनुसन्धान गर्ने बताए । ७ दिनको म्याद थपमा कोको ठगिएको भन्ने थप प्रमाणहरु आउने अनि कारबाही प्रकृया अगाडि बढ्ने पनि केसिले बताएका नेपालसमयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक

    निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले माघ

गणतन्त्रविरोधी हर्कतलाई हामीले सामूहिकरूपमा जवाफ दिन जरुरी : कावा प्रधानमन्त्री खड्का

    कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली तुलनात्मक

कांग्रेस प्रचण्डपथको भरिया बनेको छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल

यो सरकार आफैँ ढल्न सक्छ : अध्यक्ष ओली

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कुनै पनि