एसइई १० चैतबाट : केन्द्रमा प्रश्नपत्र र प्रदेशमा उत्तरपुस्तिका तयार हुँदै



हाम्रो इकोनोमि

 

यस वर्षको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) १० चैतबाट सुरु हुने भएको छ । शिक्षा ऐनअनुसार एसइई प्रदेशस्तरमा सञ्चालन हुने व्यवस्था भए पनि संरचना तयार नहुँदा प्रश्नपत्र केन्द्रबाट र उत्तरपुस्तिका प्रदेशस्तरबाट तयार हुँदै छन् ।

 

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको परीक्षा १० चैतबाट सञ्चालन गर्ने गरी सबै विषयको परीक्षा तालिकासमेत सार्वजनिक गरेको छ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । प्राविधिक धारको समेत गरी २१ चैतमा परीक्षा सम्पन्न हुनेछ । अघिल्लो वर्ष ८ चैतबाट एसइई परीक्षा सञ्चालन भएको थियो ।

 

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले एसइई परीक्षाको तयारी भइरहेको बताए । देशभरबाट एसइईमा सहभागी हुने विद्यार्थीको डाटा इन्ट्रीको काम भइरहेको उनले बताए । गत वर्ष नियमित र एक्जाम्टेड गरी पौने ६ लाखको हाराहारीमा एसइईमा सहभागी भएका थिए । प्रश्नपत्र तयारी र नतिजा प्रकाशन केन्द्रबाट हुने पौडेलले बताए ।

 

 

सामाजिक मन्त्रालयले उत्तरपुस्तिका छपाउँदै
सातवटै प्रदेशले एसइईको उत्तरपुस्तिका छपाइका लागि सम्झौता गरेका छन् । उनीहरूले जनक शिक्षा सामाग्री केन्द्रसँग सम्झौता गरी छपाइको प्रक्रिया अघि बढाएका हुन् । प्रदेशका कतिपय सामाजिक विकास मन्त्रालय र केही प्रदेशको क्षेत्रीय शिक्षा निर्देशनालयले सम्झौता गरेको जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक महेश तिमिल्सिनाले बताए ।

 

उत्तरपुस्तिकाका लागि सातवटै प्रदेशले सम्झौता गरिसकेको उनले बताए । पुससम्म छपाइको काम हुने उनले बताए ।

 

सामाजिक अगुवाको स्मृतिमा छात्रवृत्ति प्रदान

महोत्तरी जिल्लाका वरिष्ठ समाजसेवी स्व कृष्णप्रसाद पौडेलको स्मृतिमा ४१ छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ । स्व पौडेलको प्रथम वार्षिकीकै दिन बर्दिवास–१३ बिजलपुरास्थित श्री जनता माध्यमिक विद्यालयका छात्रछात्रालाई ‘स्व कृष्णप्रसाद पौडेल स्मृति छात्रवृत्ति कोष’ले बुधबार छात्रवृत्ति प्रदान गरेको हो ।

 

विद्यालयका कक्षा १ देखि १२ सम्मका उत्कृष्ट तीन÷तीन र अन्य पाँच अत्यन्त गरीब परिवारका दलित छात्रछात्रा र अपाङ्गता भएका सहित जम्मा ४१ जनालाई स्व पौडेलका कान्छा छोरा सुवर्ण पौडेलले छात्रवृत्ति प्रदान गर्नुभएको प्रधानाध्यापक भरतप्रसाद यादवले जानकारी दिनुभयो । उत्कृष्ट छात्रछात्रालाई शैक्षिक सामग्री उपलब्ध गराउन सहयोग पुग्ने उद्देश्यसाथ जनही रु ४०० नगद प्रदान गरिएको विद्यालयले जनाएको छ ।

 

विसं २०७४ कात्तिक ११ गते ९१ वर्षको उमेरमा निधन हुनुभएका स्व पौडेलको १३ दिनको पुण्यतिथिका दिन छोरा सुवर्णले विद्यालयमा रु एक लाख ५१ हजार जम्मा गरेर उत्कृष्ट र गरीब छात्रछात्राले त्यसको ब्याजबाट छात्रवृत्ति उपलब्ध गराउन सो कोष खडा गर्नुभएको थियो ।

 

यसअघि उहाँले विद्यालय रहेकै डाँडाटोल बिजलपुरा बस्तीका बासिन्दा स्व पौडेलले विद्यालयलाई एक बिघा (२० कठ्ठा),स्वास्थ्यचौकी भवन निर्माणका लागि पाँच कठ्ठा र नेपाल रेडक्रस सोसाइटी बिजलपुरा उपशाखा भवन निर्माणका लागि पाँच कठ्ठा जमीन पनि उपलब्ध गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
रसुवाको बाढीमा हालसम्म १ हजार ११४ मृत्यु, ३ हजार ९१६ जना सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १...

देशका विभिन्न सडकको अवस्था यस्तो छ

    नेपाल प्रहरीले लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग...

भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...

मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए, ४ हजार ६०६ जना सम्पर्कविहीन

    हालसम्म रसुवा बाढीका कारण मृत्यु भएका एक हजार ५८ शव फेला...