सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !



 

नेपाली कांग्रेस नेतृ सुजाता कोइरालाले आफ्नो निचासमा बोलाएर लञ्च मिटिङ गरेको भन्दै उनको विरोध र चर्चा दुबै भएपनि कोइराला परिवारको छत्रछायामा पुगेका नेताहरुले आनन्द महशुस गरेर फर्केको जनाइएको छ ।

 

कांग्रेसमा सभापति ददेउवा विरुद्ध ठूलै जमात लागेपछि यसैको फाइदा उठाउदै अघि सरेकी नेतृ कोइराला पछिल्लो समय घरमा बोलाएर मिटिङ गर्न सक्रिय रहेकी छन् ।

 

कांग्रेसको भावी महाधिवेशनमा युवा नेता तथा प्रखर वक्ता गगन थापालाई मुख्य कार्यकारी जिम्मेवारी पाउने गरि मोर्चाबन्दी कस्न भन्दै बढाएको सक्रियतामा पर्दा पछाडिका खेलाडीहरु भने शशांक शेखर नै रहेको स्रोतको दावी छ ।

 

सुजाताले आफ्नो स्वास्थ्य स्थितिको कारण देखाउदै महामन्त्री शशांकलाई सभापतिका रुपमा अघि सार्ने रणनीति लिएको समेत स्रोतको दावी छ । शेखरलाई समेत न्याय हुने गरि कोइराला परिवारको विरासत फर्काउने तयारी जुटेको यो परिवारको सक्रियता अर्थपूर्ण रहेको स्रोत जनाउछ ।

 

सुजाताको ‘लञ्च मिटिङ’मा कृष्णप्रसाद सिटौला, डा.रामशरण महत, अर्जुन नरसिंह केसी, कमला पन्त, बलबहादुर केसी, गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेललगायतका नेताहरूको सहभागिता रहेको थियो ।

 

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला र केन्द्रीय सदस्य डा.शेखर कोइराला भने सुजाताको ‘लञ्च मिटिङ’मा अनुपस्थित थिए ।

विमलेन्द्र निधिको निशानामा हिन्दु धर्मावलम्बी, फोनमै धम्क्याए महन्तलाई !

विवाहपञ्चमीको अवसरमा भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउने पक्का भएपनि नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले भ्रमण रोकाउन विभिन्न चालबाजी चल्दै आएको खुल्न आएको छ ।

 

जानकी मन्दीरका महन्तलाई फोन गरेरै धम्क्याउन पुगेका निधिको चरित्र बाहिर आएपछि कांग्रेसमा हिन्दु धर्मको वकालत गर्ने नेताहरुबीच झनै विवाद बढेर जाने संकेत समेत देखा परेको छ ।

 

स्रोतका अनुसार उपसभापति निधिले बिहीबार राति फोनबाट महन्तलाई धम्क्याउँदै, ‘राजतन्त्र र हिन्दु राष्ट्रको वकालत गर्दै आएका योगीलाई मजस्तो धर्मनिरपेक्षतावादी नेताको मान्यतालाई वेवास्ता गरी कसरी बोलाउनु भयो ?’ भनी धम्क्याएका हुन् ।

 

हिन्दु धर्मावलम्बीको मर्ममाथि नै आँच आउने गरि निधिले पछिल्लो समय विभिन्न टिप्पणी गर्दै आएका छन् । यसबारे कांग्रेसमा समेत मत विभाजन हुँदै आएको छ ।

निधिललाई जनकपुरको ‘माटो’को पाप लाग्यो, हिन्दूलाई दुश्मन देख्दा यसरी भए बर्बाद

विवाहपञ्चमिको अवसरमा जन्ती बनेर जनकपुर आउन लागेका उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमणबारे कांग्रेस उपसभापति एवं पुर्वसपप्रधानमन्त्री विमलेन्द्र निधिले गरेको टिप्पणीबारे भारतीय सत्तारुढ दल भाजपा नै अचम्ममा परेको छ

 

भारतीय दुतावात निकट उच्च स्रोतका अनुसार निधिले नेपाल-भारतको सम्बन्धमा दरार पैदा गर्ने मनशायले अनर्गल प्रचार गरेर आदित्यनाथको अपमान गर्न खोजेको जनाएको छ । तर, भारतीय पक्षले भने नेपाल-भारत सम्बन्ध बिग्रिन नदिन सतर्क रहेको दावी गरेको छ ।

 

दुतावास निकट एक उच्च कर्मचारी भन्छन्, ‘रेल वे उद्घाटन मुख्यमन्त्रीबाट हुने कुरै होइन्, दुवै मुलुकको सहमति र सहकार्यका आधारमा हुने कुरा हो । नेपाल सरकार र भारत सरकारबीच आैपचारिक रुपमा संवाद होला अनि उद्घाटनको बारेमा टुङ्गो लाग्ला । निधिले भनेजस्तो भइ हाल्छ भन्ने होइन । भारतले नेपालको सार्वभाैमिकतालाई उच्च सम्मान गर्छ ।’

 

जयनगर–जनकपुर–कुर्खा रेल्वेलाई दुई देशका सरकारका प्रतिनिधिले उद्घाटन गर्नेछन्’, ती कर्मचारी भन्छन्, ‘नेपाल र नेपालीको अपमान हुने गरेर भारतले कुनै पनि कार्य गर्दैन । मुख्यमन्त्री योगी आदित्यनाथ धार्मिक कार्यक्रममा सहभागी हुन आउनुहुन्छ । रेल्वे उद्घाटन गर्न केन्द्रीय मन्त्री आउनुहुन्छ ।’

 

कांग्रेसका नेता निधिले योगी आदित्यनाथको नाम बीचमा ल्याएर रेल्वे परियोजनामा जोडेर राजनीति गरेको भारतीय राजदूतावासको बुझाइ छ । ‘निधिजी कि यसो गरिरहनुभएको छ हामीले बुझेका छैनौँ’, ती उच्च अधिकारीले भने, ‘रेल्वे दुई सरकारबीच बराबरी लेबलमा उद्घाटन हुन्छ । उत्तर प्रदेशका मुख्यमन्त्री आउनु हुन्छ । उहाँ धार्मिक कार्यक्रममा सहभागी हुनुहुन्छ ।

 

रेल्वे उद्घाटन योगी आदित्यनाथबाट हुँदैन ।’ भारतीय राजदूतावास र जनकपुरका स्थानीयहरू निधिको क्रियाकलापबाट समस्यामा परेका छन् । निधिलाई विकास र धर्मविरोध नेताका रुपमा उनीहरूले चित्रण गर्न थालेका छन् ।

 

काँग्रेसको प्रश्न : ‘देशमा सरकार छ भने कहाँ छ ?’

प्रमुख प्रतिपक्ष दल काँग्रेसले सरकारको नौ महिने अवधि पूर्णत असफल रहेको निष्कर्ष निकालेको छ ।

बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको नौ महिनामा मुख्य  नौ प्रश्नमा सही जवाफ पस्कन नसकेको भन्दै संघीयता कार्यान्वयन, शान्ति सुरक्षा, सुशासन, मुल्यवृद्धि नियन्त्रण लगायतका कुनैपनि विषयमा सरकार सफलतातर्फको बाटोमा जान नसकेको बताए ।

 

पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले वर्तमान सरकार गठन भएको ९ महिना पुगेपनि ‘नेपाल देशमा सरकार छ ? छ भने कहाँ छ ?’  भनेर छोटो तर कारुणीक प्रश्न सार्वजनिक गर्नुपर्ने
अवस्था बनेको बताए ।

 

वर्तमान सरकारको ९ महिना
५.     मंसीर ३ गते वर्तमान सरकार गठन भएको ९ महिना पुगेको छ । ९ महिना पुगेको यो घडीमा “नेपाल देशमा सरकार छ ? छ भने कहाँ छ” भनेर छोटो तर कारुणीक प्रश्न सार्वजनिक गर्नुपर्ने अवस्था बनेको छ । यो ९ महिनामा मुख्य ९ प्रश्नमा सहि जवाफ पस्कन सरकार असफल  भएको वस्तुगत तथ्य जगजाहेर छ ।

 

(क) लोकतान्त्रिक संस्कृतिः लोकतान्त्रिक प्रकृयाको चर्चा मात्रै त्यसको मानक किमार्थ होइन ∕

(ख) राष्ट्रवादः पुरानो दावी र पछिल्लो स्थितिको तुलना ∕

(ग) संघियताः कम्यूनिष्ट दर्शनले नहिडेको बाटो, असफल तुल्याउने सुनिश्चित षडयन्त्र ?

(घ) सुसासनः नमच्चीने पिङको सय झड्का ∕

(ङ) बजारमूल्यः कम्युनिष्ट सरकार बन्न अघि ०७४ माघ महिनाको बजार मूल्यसँग तुलना गर्दा सहज ∕

(च) शान्ति सुरक्षाः प्रधानमन्त्रीकै निर्वाचन क्षेत्रमा २ को हत्या ∕

(छ) न्यायालयः साझा आस्थाको थलोमा राजनैतिक आस्थाको अतिक्रमण ∕

(झ) संविधानप्रति अपनत्व विस्तारः सत्तालाई बलियो बनाउन वार्गेनिङ्ग चिप्स, प्रगति शुन्य ∕

(ञ) समृद्धि यात्राः विना प्रतिस्पर्धा गेजुवालाई वुढी गण्डकी । निजगढ विमानस्थल कागजमै अलमल, केरुङ–काठमाण्डौं–रक्सौल, रेल चर्चा फायलमा बन्द ∕

 

महासमितिको बैठक तीव्र गतिमा : प्रवक्ता शर्मा
काँग्रेसले आगामी मंसिर २८ देखि पुष ३ सम्म काठमाडौमा हुने नेपाली काँग्रेसको महासमिति वैठकको तयारी तिव्र गतिमा भई रहेको जनाएको छ । काँग्रेस प्रवक्ता  शर्माले महासमितिमा प्रस्तुत गर्ने राजनैतिक दस्तावेज एवं पार्टीको आर्थिक  नितिका सम्वन्धमा प्रदेशस्तरीय अलगअलग छलफल सम्पन्न भएको बताएका छन् ।

 

त्यस्तै  उनले पार्टीको विधानमा समसामयीक संशोधनका लागि देशमा १२ स्थानमा केन्द्रीकृत ढंगले  सुझाव संकलन गरीएको पनि जानकारी दिए ।

 

केन्द्रीय समितिको सहभागितासँगै महासमिति  सदस्य, महाधिवेशन प्रतिनिधी, जिल्ला नेतृत्व, भातृ एवं शुभेच्छुक संस्थाको नेतृत्व तथा शुभचिन्तक वुद्धिजिविहरु समेतको विचार समाविष्ट गरी छलफलवाट सवै दस्तावेज निर्माण  अन्तिम क्रममा पुगेको जनाएको छ ।

 

पत्रकार सम्मेलनमा महामन्त्रीद्वारा प्रस्तुत गरिने सांगठनिक प्रतिवेदन एवं कोषाध्यक्षको प्रतिवेदन आन्तरीक तयारीको अन्तिम क्रममा रहेको र महासमिति वैठक तयारीकै मुल  विषयमा केन्द्रीत रहेर मंसीर ९ गते केन्द्रीय समितिको वैठक वोलाइएको दोहोर्याए ।

 

विधान  संशोधन मस्यौदा समितिले तयार गरेको प्रस्तावित मस्यौदा वैठकमा पेश हुनेछ । काँग्रेसले  महासमितिको वैठक काँग्रेस केन्द्रीय कार्यालयको प्राङगणमै गर्ने निश्चित गरेको पनि  जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्