चन्दा उठाएको हिसाब नमिलेपछि विप्लव र प्रकाण्डको बोलचाल बन्द, पार्टी फुट्ने संकेत



हाम्रो इकोनोमि

 

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मङ्सिर ८ मा काठमाडौँमा गरेको जनसभालगत्तै पार्टीभित्र विवाद चर्किएको छ । उक्त कार्यक्रममा पार्टीको नेतृत्व गरेका विप्लव उपस्थित थिएनन् । त्यो कार्यक्रमको नेतृत्व पार्टीका दोस्रो वरियताका नेता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले गरेका थिए ।

 

काठमाडौँमा आफ्नो शक्ति प्रदर्शन गरेको विप्लव नेतृत्वको नेकपाभित्र गुट हावी भएको छ । एउटा गुटको नेतृत्व विप्लवले गरेका छन् भने अर्को गुटको नेतृत्व प्रकाण्डले गरेका छन्, जसको प्रभाव पार्टीका सबैजसो जनवर्गीय सङ्गठनमा विप्लव र प्रकाण्ड समूहका छुट्टा–छुट्टै कमिटी बनेका छन् ।

 

पत्रकारहरूको सङ्गठनबाट उत्पन्न भएको विवाद आएसँगै अरू सङ्गठनमा भएका विवाद पनि बाहिर आएका छन् । पछिल्लो समय सबैजसो जनवर्गीय सङ्गठनमा समानान्तर कमिटी बनेका छन् ।

 

पार्टीको नेतृत्व गरेका विप्लव भूमिगत शैलीमा सक्रिय छन् । उनी भूमिगत भएपछि पार्टीमा दोस्रो वरियताका नेता प्रकाण्ड सक्रिय देखिएका छन् ।

 

तर फेरि पछिल्लो समय जनवर्गीय सङ्गठनको नेतृत्वको विषयलाई लिएर नै नेकपाभित्र चर्को विवाद सिर्जना उत्पन्न भएको छ । पार्टी निकट स्वास्थ्यकर्मीहरूको सङ्गठनमा पनि समानान्तर कमिटी बनेको छ । त्यस्तै युवा, विद्यार्थी, पत्रकार लगायतका जनवर्गीय सङ्गठनमा पनि समानान्तर कमिटी बनेका छन् ।

 

अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घले सोमबार एक भेलाको आयोजना गरी प्रमोद योगी चिरञ्जीवीलाई अध्यक्षमा निर्वाचित गरेको घोषणा गरेको थियो । तर त्यसको लगत्तै प्रकाण्ड समूहले टीका कँडेलको अध्यक्षतामा अर्को समानान्तर कमिटी बनेको घोषणा गर्यो । यही कारण पार्टीभित्र फेरि विवाद बढ्दै गएको नेकपाका एक केन्द्रीय सदस्यले रातोपाटीलाई बताए ।

 

विप्लव निकटका केही नेताहरूले योगीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको घोषणा गरेको थियो । उनीहरूले योगी नेतृत्वकै सङ्गठन आधिकारिक भएको बताएका छन् । तर प्रकाण्ड समूहले कँडेल नेतृत्वको २८ सदस्यीय समिति आधिकारी भएको बताएको छ ।

 

बुद्धिजीवी सङ्गठनको जिम्मेवारी लिइरहेका कँडेललाई अध्यक्ष बनाउने प्रकाण्ड समूहको निर्णयलाई अस्वीकार गर्दै योगीलाई अध्यक्ष मान्नुपर्ने पक्षमा विप्लव समूहका नेताहरू छन् । प्रकाण्ड समूह भने कँडेललाई अध्यक्ष मान्नुपर्ने अडानमा छन् । योगी सोही सङ्गठनका निवर्तमान उपाध्यक्ष हुन् ।

 

यसअघि नेतृत्व गरेका डम्बर रावललाई बिदाइ गरी सोही कमिटीबाटै नयाँ नेतृत्व चयन गर्नुपर्ने मतमा पार्टीका सबै नेताहरू थिए । तर पछि प्रकाण्ड पक्षधरले उक्त निर्णयलाई अस्वीकार गर्दै समानान्तर कमिटी बनाएको एक नेताले रातोपाटीलाई बताए ।

 

विप्लव समूहका योगी जनयुद्धकालमा सक्रिय थिए । उनका दाजु विश्वनाथ योगी जनयुद्धका सहिद हुन् । योगी माओवादी जनयुद्धमा स्वास्थ्यकर्मीको रूपमा युद्धका घाइतेको उपचारमा सक्रिय थिए । उनको परिवार जनयुद्धमा पूर्णकालीन भएर काम गरेको थियो । माओवादी विभाजनसँगै २०७१ फागुन ११ मा रावल अध्यक्ष भएका थिए ।

 

‘पछिल्लो समय प्रकाण्ड कमरेडले आफ्नो इन्ट्रेस्टमा काम गरिहनुभएको छ । यो प्रवृत्तिले विप्लव कमरेडलाई पनि सोच्न बाध्य बनाएको छ ।’

एक नेताले भने– ‘यसरी पार्टीभित्र विवाद उत्पन्न गराएर हामीले सोचेको क्रान्ति पूरा होला भन्नेमा शङ्का उत्पन्न भएको छ । हाम्रो पार्टी पनि गुटबन्दीमा रुमलिने सङ्केत देखियो ।’

त्यस्तै विप्लव समूहको युवा सङ्गठनमा सुदीप मल्लले छोडेपछि बाबुराम राईलाई संयोजक बनाएको थियो । तर त्यसलाई प्रकाण्ड समूहले स्वीकार गर्न सकेन । अहिले त्यो विवादमा छ ।

 

त्यस्तै मजदुरहरूको सङ्गठनमा पनि विवाद कायम छ । प्रकाण्ड नै मजदुरको फ्याक्सन इन्चार्ज भएर आएपछि त्यो सङ्गठनलाई विप्लव समूहले स्वीकार गरेको छैन । त्यो अहिले विघटित अवस्थामा रहेको ती नेताले बताए ।

 

त्यस्तै विद्यार्थी सङ्गठनमा प्रकाण्डले आफ्नो छोरालाई कोषध्यक्ष बनाएपछि त्यहाँको विवाद पनि कायमै छ । त्यहाँ धेरै विद्यार्थी नेताहरूले चर्को विरोध गर्दै आएका छन् । उनले चिरञ्जी ढकाललाई अध्यक्ष बनाए ।

 

त्यस्तै पत्रकारहरूको सङ्गठनमा पनि दुई समूह देखापर्यो । जसले गर्दा नेकपाको विवाद बाहिर आएको थियो । त्यस्तै प्रकाण्डले नै विप्लवका छोरा प्रकाश चन्दलाई स्वास्थ्यकर्मीहरूको सङ्गठनको महासचिव बनाए । तर त्यसमा विप्लवले आफूलाई बदनाम गर्न यसो गरिएको आफूनिकटका नेताहरूलाई बताउँदै आएको ती नेताले रातोपाटीलाई बताए ।

 

यसअघि प्रकाण्डको पक्राउलाई लिएर पनि पार्टीभित्रैबाट प्रश्न उठेको थियो । पार्टी मूल नेतृत्वको निर्देशन विपरीत प्रकाण्ड काठमाडौँ आएर प्रक्राउ परेको स्रोतले बताएको छ ।

 

‘पार्टी महासचिवले तपाईं अहिले राजधानी नजानुस् भन्नुभएको रहेछ । त्यो पनि एक पटक होइन, तीन–तीन पटक । नेतृत्वको सुझावलाई बेवास्ता गरेर प्रकाण्ड कमरेड काठमाडौँ आउनुभएको रहेछ । त्यहीबेला उहाँ प्रक्राउ पर्नुभयो । पाटीभित्र उहाँको पक्राउलगायतका विषयलाई लिएर पनि केही आशङ्का छन्,’ विप्लव नेतृत्वको नेकपाका एक केन्द्रीय सदस्यले बताए ।

 

प्रकाण्डलाई प्रहरीले चन्दा उठाएको आरोपमा साउन २२ मा पक्राउ गरेको थियो । अदालतको आदेशपछि असोज ९ गते प्रकाण्ड रिहा भएका थिए ।

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...