माथिल्लो तामाकोशीको सेयर बाँडफाँट आज, कसको भागमा कति ?



 

राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युतले जारी गरेको साधारण सेयर (आईपीओ ) आज मंगलबार बाँडफाँट हुने भएको छ ।

 

कम्पनीको आईपीओ मंगलबार मध्याह्न ३ बजे राजधानीको बिजुलीबजारस्थित एक ब्यांक्वेटमा बाँडफाँट गरिने आयोजनाका प्रवक्ता गणेशप्रसाद न्यौपानेले जानकारी दिए ।आयोजनाले यसअघि नै पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि सेयर जारी गरेको थियो ।

 

आयोजनाले सर्वसाधारणका लागि जारी गरेको साधारण सेयरमा माग गरिएभन्दा ४ गुणा बढी आवेदन परेको छ । मंसिर पहिलो साताभित्रै बाँडफाँट गर्ने आयोजनाको तयारी भए पनि पहिलो चरणमा आवेदन दिएकाले त्यसलाई काँटछाँट गर्न समय लागेका कारण आज बाँडफाँट गर्न लागेको हो ।

 

४ सय ५६ मेगावाट क्षमताको यस आयोजनाको आईपीओका लागि पहिलो चरणमा आवेदन दिइसकेकाको दोस्रो चरणमा दिएको आवेदन रद्द गरिएको छ ।

 

आवेदन रद्द नभएका सबैको भागमा सेयर पर्ने सम्भावना रहेको बताइएको छ । आईपीओका लागि आवेदन सदर भएकाले कम्तीमा ४० कित्ता र अधिकतम् ५० कित्तासम्म पाउने सम्भावना रहेको आयोजनाले बताएको छ ।

विद्युत् चुहावट घट्यो

 

विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि सिरहामा २३ प्रतिशत चुहावटमा कमी आएको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र सिरहाले अभियान सञ्चालन गरेपछि चुहावटमा कमी आएको हो ।

विसं २०७४ असोजसम्म करीब ४९ प्रतिशत विद्युत् चुहावट हुँदै आएकामा २०७५ कात्तिकसम्ममा करीब २३ प्रतिशत विद्युत् चुहावट घटेको विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुबेले जानकारी दिनुभयो । विसं २०७५ साउनदेखि कात्तिकसम्ममा विद्युत्को महसुल नबुझाउने १७३ ग्राहकको विद्युत् लाइन काटिएको दुबेले बताउनुभयो ।

विद्युत्को बाँकी बक्यौता रकम समयमा नबुझाउने र पटकपटक समयमै विद्युत् महसुल बुझाउन आग्रह गर्दा समेत बेवास्ता गर्ने ग्राहकको विद्युत् लाइन काट्न थालिएको छ । विद्युत् लाइन काटिएका १७३ ग्राहकमध्ये १४६ ग्राहकबाट रु ३० लाख ६८ हजार बक्यौता रकम असुल गरिएको छ । केन्द्रले साउनदेखि कात्तिकसम्म हुकिङ गरी विद्युत् चुहावट गर्ने १५४ जनालाई पक्राउ गरी कारवाही गरेको छ । कारवाही गरिएकाबाट रु २६ लाख ८६ हजार राजश्व सङ्कलन भएको छ । सो क्रममा ७१ थान पानी तान्ने मोटर, चार थान टिभी, दुई थान फ्रिज र नौ थान एलसीडिसमेत बरामद गरिएको यादवले बताउनुभयो ।

विष्णुपुरको बजेट र १७ करोड 

सिरहाको विष्णुपुर गाउँपालिकाको दोस्रो गाउँसभाले चालु आर्थिक वर्ष २०७५÷७६ का लागि रु १६ करोड ९६ लाख बजेट पारित गरेको छ । गाउँसभाबाट पारित नीति तथा कार्यक्रम सार्वजनिक गर्न आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष जागेश्वर यादवले सो बजेट पारित भएको घोषणा गर्नु भएको हो ।

गाउँपालिकाको पाँचै वडाको वडास्तरीय योजनातर्फ रु ३० लाखको दरले रु एक करोड ५० लाख र गाउँपालिकास्तरीय योजनाको लागि रु १५ करोड ४६ लाख विनियोजन गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, गाउँपालिकाको पाचवटै वडाका वडाध्यक्ष, नगारिक समाज, बुद्धिजीवीलगायतको सहभागिता रहेको थियो ।

 

पदयात्रा मार्गमा आन्तरिक पर्यटक बढ्दै

“उहिलेउहिले त यस पदमार्गमा पदयात्रा प्रयोजनका लागि आउने विदेशी मात्र हुन्थे, अहिले भने विदेशीभन्दा आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ”, कास्कीको घान्द्रुक–टाडापानी पदमार्गमा भेटिएका ख्रैम्राङ तामाङले भन्नुभयो ।

“मैले पर्यटकको सहयोगीका रूपमा काम थालेको १४ वर्ष भयो, अहिले ४३ वर्ष पुगेँ” अनुभव सुनाउँदै उहाँले थप्नुभयोे, “झण्डै ३० वर्षको अन्तरालमा चार÷पाँच वर्षयता भने पदयात्राकै लागि धेरै आन्तरिक पर्यटक आउन थालेका छन् ।” पदयात्रा मार्गमा बाह्यभन्दा आन्तरिक पर्यटक बढी आउने गरेको उहाँको भनाइ छ ।

पदमार्ग क्षेत्रमा होटल नहुँदा उनीहरूको खानपिन एवं समान ढुवानी आदि प्रयोजनमा भने ठूलै सङ्ख्यामा नेपाली नागरिक प्रयोग हुन्थे, तर केवल घुमफिर प्रयोजनका लागि भने होइन । पछिल्ला वर्षमा बढ्दै गएको घुमफिर संस्कृतिका कारण नेपाली पनि देशका विभिन्न भागमा घुम्ने क्रम बढेको छ । घुम्नुपर्छ भन्ने भावना विकसित हुँदै गएको पदयात्रा मार्गमा होटल व्यवसाय गर्दै आएका व्यवसायीको अनुभव छ ।

 

घान्द्रुक–पुनहिल पदमार्गमा पर्ने भैँसीखर्कमा होटल सञ्चालन गर्दै आउनुभएका हिलसाइड होटलकी सञ्चालिका पवित्रा गुरुङ पछिल्ला वर्षमा विदेशीको तुलनामा धेरै नेपाली पर्यटक पदयात्राका लागि आउने गरेको बताउनुहुन्छ । व्यवसायीले केही वर्षअघिसम्म विदेशी पर्यटकलाई प्राथमिकतामा राख्ने गरे पनि पछिल्लो समय भने आन्तरिक पर्यटकलाई प्राथमिकतामा राखन्े गरेका छन् ।

 

काठमाडौँबाट पुनहिलको पदयात्राका लागि आउनुभएका एनसीएम कलेज धोवीघाटका विद्यार्थी विप्लब केसीले पदमार्ग क्षेत्रमा होटल व्यवसायीले राम्रै आतिथ्यता दिएको अनुभव सुनाउनुभयो ।

“होटलमा आन्तरिक पर्यटकलाई गरिने व्यवहार हामीले राम्रै पायौँ”, उहाँले भन्नुभयो । पदमार्ग क्षेत्रमा बिग्रेभत्केका बाटोलाई मर्मत गर्नु आवश्यक देखिएको उहाँको भनाइ छ । ठाउँठाउँमा आउने होटल एवं अन्य जानकारी दिने किसिमका सूचनापाटी राख्नुपर्ने उहाँको सुझाव छ । पदमार्ग क्षेत्रलाई सफा सुग्घर राख्न ठाउँठाउँमा फोहर विसर्जन गर्ने डस्विन व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ ।

अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकबाट शुरु हुने पदयात्रामार्गमध्ये भैँसीखर्कको उचाइ दुई हजार ४८० मिटर छ भने त्यहाँबाट माथि टाडापानीको उचाइ दुई हजार ६८० मिटर छ । यहाँ हुँदै तीन हजार २१० मिटरको पुनहिलमा पुगी पर्यटक फर्कने गर्दछन् । नेपालको पर्यटनमा पदयात्रा पर्यटनको आफ्नै विशिष्ट महत्व रहेको नेपाल पर्यटन बोर्ड पोखराका प्रशासन एवं कार्यक्रम अधिकृत प्रदीप गैरेले बताउनुभयो ।

पदयात्रामा बढ्दै गएको आन्तरिक पर्यटकको आकर्षणलाई कायम राख्न पदमार्गका होटलको स्तरोन्नति, बाटो सुधार आदिमा राज्यको चासो पुग्नु अपरिहार्य भएको उहाँले बताउनुभयो । पदयात्रामा आउने पर्यटकलाई मनोमानी शुल्क लिने प्रवृत्तिको अन्त्य गरिनु अपरिहार्य छ ।

 

विश्वको प्रख्यात पर्यटक गाइड लोन्ली प्लानेटले नेपालमा घुम्नैपर्ने १० पर्यटकीय गन्तव्यमा घान्द्रुक–पुनहिल पदमार्गलाई राखेका कारण पनि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण पदमार्ग क्षेत्रमा बढेको यहाँका व्यवासायी बताउँछन् । यस वर्षको दशैँपछि दैनिक ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक यस पदयात्रामार्गमा आउने गरेको व्यवसायीले बताए ।

आन्तरिक पर्यटकका साथै चीन, मलेसिया, बेल्जियम, इटाली, जर्मनी, इजरायललगायतका देशबाट यस मार्गमा पदयात्रा लागि पर्यटक आउने गरेको घान्द्रुकस्थित लामा हेरिटेज रिसोर्टका व्यवस्थापक मुक्ति रानाले बताउनुभयो । रानाका अनुसार दशैँपछि दैनिक ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक पदयात्राका लागि आएका छन् ।

प्रतिक्रिया दिनुहोस
मीनबहादुरलाई धन्यवाद भनौं, दानको जग्गा फिर्ता गरौं : एमाले नेता

    व्यापारी मीनबहादुर गुरूङबाट जग्गासहित केन्द्रीय कार्यालय भवन दानमा लिने निर्णयप्रति नेकपा

भूकम्पले ओखलढुंगा, सोलु र संखुवासभामा ६ घर भत्किए

  तिब्बत केन्द्रविन्दु बनाएर बिहान गएको भूकम्पबाट कोशी प्रदेशका हिमाली जिल्लामा प्रभाव परेको

तिब्बतमा भूकम्पमा परेर मृत्यु हुनेको संख्या ५३ पुग्यो

  आजको तिब्बत केन्द्र बनाएर नेपाल, भारत, भुटान तथा बंगलादेशमा कम्प महसुस भएको

भूकम्पमा परेर तिब्बतमा ३६ जनाको मृत्यु

    आज बिहान तिब्बत केन्द्र बनाएर नेपाल, भारत तथा भुटानमा कम्प महसुस