सेनामा एकै पटक ३८ सयका लागि भर्ना खुल्ला (विज्ञापनसहित)



हाम्रो इकोनोमि

 

नेपाली सेनाले एकै पटक झण्डै ३ हजार ८ सय संख्यामा भर्ना खुलाएको छ । लेखा जमदार, अमलदार, सैनिकदेखि केशकर्तकसम्मका पदहरुमा भर्ना खुलेको नेपाली सेनाले जनाएको छ ।

 

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सोमबार प्रकाशित गरेको सार्वजनिक सूचनाअनुसार लेखा जमदार, अमलदार कर्मचारी, सहायक पण्डित हुद्धा, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, सैन्य वाद्यवादन (ब्रास ब्याण्ड), बन्दोबस्ती कार्य सिपाही, कूचिकार, चर्मकर्मी, सूचिकार, लोहकार, सयस र केशकर्तक पदहरुमा भर्ना आह्वान गरेको हो ।

 

उपत्यका पृतना हेडक्वाटर नारायणहिटीमा सबैभन्दा बढी ३५० सैन्य पदमा भर्ना खुलेको छ ।
यसै गरी पूर्वी पृतना इटहरी, नम्बर २ बाहिनी धनकुटा, मध्यपूर्वी पृतना धनुषा, नम्बर २८ बाहिनी बारा, मध्यपृतना मकवानपुर, नम्बर ९ बाहिनी सिन्धुली, उपत्यका पृतना नारायणहिटी, पश्चिम पृतना पोखरा, नम्बर २३ बाहिनी बागलुङ, मध्यपश्चिम पृतना रुपन्देही छन् ।

 

यस्तै नम्बर ४ बाहिनी नेपालगञ्ज, नम्बर १९ बाहिनी दाङ, उत्तरपश्चिम पृतना सुर्खेत, नम्बर २४ बाहिनी जुम्ला, सुदूरपश्चिम पृतना दिपायल र नम्बर ५ बाहिनी कैलालीमा दरखास्त दिन सकिन्छ ।

 

दरखास्त दिने म्याद आज मंसिर १० गतेदेखि मंसिर २४ गतेसम्म छ । त्यसपछि दोब्बर दस्तुर तिरेर पुस २ गतेसम्म दरखास्त दिन पाइने छ ।

हेर्नुस् सूचना

प्रतिक्रिया दिनुहोस
कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...

खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...

इरानले भन्यो : अमेरिकी गठबन्धनलाई बमले स्वागत

    इरानले आफ्ना मित्र देशका लागि हर्मुज जलघाँटीको बाटो खुला गरिएको प्रष्ट...

अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...