नयाँ प्रविधिसँगै बाँकेका किसान मकैखेतीतर्फ आकर्षित



हाम्रो इकोनोमि

 

बीउ छर्ने र मल हाल्ने प्रविधि भित्रिएसँगै बाँकेका किसान मकैखेतीतर्फ आकर्षित भएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ मकै जोनले नयाँ उपकरण उपलब्ध गराएपछि यहाँका किसानले गत वर्षदेखि ती उपकरणको प्रयोग गरी मकै छर्न थालेका हुन् ।

यसरी बीउ छर्दा छिटो हुने भएकाले समयको बचत हुने मकै जोनका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत देवेशकुमार मिश्रले बताउनुभयो ।

डुडुवा गाउँपालिका– ६ हिरमिनियाका जयपाल मौर्यले मकै छर्ने र रासायनिक मल हाल्ने काम मेसिनले एकसाथ गरेकाले समय र लागतको बचत भएको बताउनुभयो ।

कामदार पाउन समस्या भएको बेला नयाँ प्रविधिकशा कारण खेती गर्न सहज भएको मौर्य बताउनुहुन्छ ।

उहाँले गत वर्ष १२ हेक्टर जमीनमा मेसिनद्वारा मकै छरेको र यसवर्ष ‘सिड ड्रिल मेसिन’मार्फत ४० हेक्टरमा मकै छर्ने योजना बनाउनुभएको छ ।

“मकै जोन लागू भएपछि मकैखेतीको क्षेत्रफल र मकैखेती गर्नेको सङ्ख्या बढेको छ,” मिश्रले बताउनुभयो ।

जिल्लामा ३५ कृृषक समूह र सहकारीमा आवद्ध एक हजार पाँच सयभन्दा बढी कृषकले मकैखेती गर्दै आएका छन् ।

जिल्लामा धान रोप्ने, गहुँ छर्ने र काट्ने मेसिनको प्रयोग गर्ने कृषकको सङ्ख्या बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...