नयाँ प्रविधिसँगै बाँकेका किसान मकैखेतीतर्फ आकर्षित



 

बीउ छर्ने र मल हाल्ने प्रविधि भित्रिएसँगै बाँकेका किसान मकैखेतीतर्फ आकर्षित भएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ मकै जोनले नयाँ उपकरण उपलब्ध गराएपछि यहाँका किसानले गत वर्षदेखि ती उपकरणको प्रयोग गरी मकै छर्न थालेका हुन् ।

यसरी बीउ छर्दा छिटो हुने भएकाले समयको बचत हुने मकै जोनका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत देवेशकुमार मिश्रले बताउनुभयो ।

डुडुवा गाउँपालिका– ६ हिरमिनियाका जयपाल मौर्यले मकै छर्ने र रासायनिक मल हाल्ने काम मेसिनले एकसाथ गरेकाले समय र लागतको बचत भएको बताउनुभयो ।

कामदार पाउन समस्या भएको बेला नयाँ प्रविधिकशा कारण खेती गर्न सहज भएको मौर्य बताउनुहुन्छ ।

उहाँले गत वर्ष १२ हेक्टर जमीनमा मेसिनद्वारा मकै छरेको र यसवर्ष ‘सिड ड्रिल मेसिन’मार्फत ४० हेक्टरमा मकै छर्ने योजना बनाउनुभएको छ ।

“मकै जोन लागू भएपछि मकैखेतीको क्षेत्रफल र मकैखेती गर्नेको सङ्ख्या बढेको छ,” मिश्रले बताउनुभयो ।

जिल्लामा ३५ कृृषक समूह र सहकारीमा आवद्ध एक हजार पाँच सयभन्दा बढी कृषकले मकैखेती गर्दै आएका छन् ।

जिल्लामा धान रोप्ने, गहुँ छर्ने र काट्ने मेसिनको प्रयोग गर्ने कृषकको सङ्ख्या बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस
रुसी सेनामा दुई सय नेपाली रहेका जानकारी आएको छ : प्रधानमन्त्री

    रूसी सेनामा करिब दुईसय जना नेपाली रहेको जानकारी प्राप्त भएको प्रधानमन्त्री

देशको रक्षा गर्न एमालेको एकल बहुमतको सरकार आवश्यक छ : अध्यक्ष ओली

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दिगो ढंगले देशको रक्षा

कांग्रेस महासमिति बैठक तेस्रो पटक सार्ने तयारी

    नेपाली कांग्रेसले पुस १६ देखि १९ ललितपुरको गोदावरीमा तय गरेको महासमिति

एकदिन पनि टिकेन शेयर बजारको उछाल- १५ अंकले गिरावट

    शेयरबजार खुलेसँगै ओरालो झरेको बजार लामो उतार चढावपछि १५ अंकले घटेर