नदीमा हाम फालेर किशोरी बेपत्ता



 

कालीगण्डकी नदीमा हाम फालेर यहाँकी एक किशोरी बेपत्ता भएकी छन् । दक्षिण पर्वतको बिहादी गाउँपालिका–३ रानीपानीकी १७ वर्षीया मेनुका श्रेष्ठ आइतबार बिहान हाम फालेर बेपत्ता भएकी हुन् ।

 

पर्वतको इमिचौर र गुल्मीको पूर्तिघाट जोड्ने झोलुङ्गे पुलबाट हाम फालेर बिहादी गाउँपालिका–३ रानीपानीका राजु श्रेष्ठकी माइली छोरी मेनुका बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

 

नदीमा हाम फालेर बेपत्ता भएकी मेनुकाको खोजीकार्य जारी रहेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले बेपत्ता किशोरीको खोजीकार्य भइरहेको जानकारी दिए ।

 

बेपत्ता किशोरीको खोजी कार्यका लागि पर्वत र गुल्मीबाट प्रहरी परिचालन भइरहेको छ । उनी किन हाम फालेकी हुन् वा पुलबाट खसेकी हुन् भन्नेबारेमा अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

मोटरसाइकल र ट्याक्टर दुर्घटनामा परी दुईको मृत्यु

 महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा मोटरसाइकल र ट्र्याक्टर दुर्घटनामा परी एक महिला र एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।

 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको औरही नगरपालिका–१ बस्ने ओमकलादेवी चौधरी र ट्याक्टर दुर्घटनामा परी मृत्यु हुनेमा गौशाला नगरपालिका–२ का ३ वर्षीय बालक लालु मण्डल रहेका छन् ।

 

आइतबार साँझ जिल्लाको बर्दिवासबाट जलेश्वरतर्फ आइरहेका ना २३ प ९३६६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज ४ प ८५७१ नम्बरको मोटरसाइकल एकापसमा रामगोपालपुर–७ टिकुलियामा ठक्कर खाँदा महिला चौधरीको मृत्यु भएको थियो भने गौशाला नगरपालिका–२ को निगौल सडकमा ज १ त ३४९१ नम्बरको ट्याक्टरले सडकमा खेलिरहेका बालक मण्डललाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक खडकाले बताए ।

लागुऔषधसहित दुई पक्राउ

बाट प्रहरीले लागुऔषध बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले आज एक विज्ञप्ति जारी गर्दै २५ वर्षीय केशव घले र २४ वर्षीय विशाल घलेको साथबाट लागुऔषध र कारोवारबाट सङ्कलित रकम बरामद गरिएको जनाएको छ ।

विज्ञप्तिमा जनाइएअनुसार उनीहरूको साथबाट २७१ एम्पुलका दरले डाइजेपाम, ब्युप्रिनर्फिन र फेनारगन बरामद गरिएको हो । त्यसैगरी रु पाँच लाख ८० हजार १८० नगदसमेत बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार उनीहरूलाई मङ्सिर ७ गते साँझ अबेर नियन्त्रणमा लिइएको थियो ।

 

निजहरूले भैरहवाको नाका हुँदै भारतको सुनौली गई लागुऔषध खरीद गरी ल्याई बिक्री गर्ने गरेको र बरामद भएको नगद, लागुऔषध बिक्री गरी आर्जन गरेको स्वीकार गरेको रेग्मीले बताउनुभयो ।

 

पक्राउ परेका दुवैलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कार्यालयले जनाएको छ ।

आगलागीमा जलेका घर नगरपालिकाले बनाइदिने

बागलुङको ढोरपाटन नगरपालिका–९ मा आइतबार बिहान भएको आगालागीका कारण जलेका घरको पुनःनिर्माणका लागि ढोरपाटन नगरपालिकाले सहयोग गर्ने भएको छ ।

आगलागीका कारण जलेका ३० घरका ४८ परिवारको लागि नगरपालिकाले नयाँ घर बनाउन रु ४८ लाख सहयोग गर्ने भएको हो । आगलागी भएको खबर पाएसँगै तत्काल पोखराबाट हेली मगाई बुर्तिवाङ हुँदै ढोरपाटन पुग्नुभएका नगर प्रमुख देवकुमार नेपालीसहितको टोलीले घटनास्थलको प्रत्यक्ष अवलोकन गरी पीडितलाई घर बनाइदिने प्रतिबद्धता जनाएको हो ।

घटनास्थलको अनुगमन निरीक्षण तथा पीडितको गुनासो सुनेपछि नगरप्रमुख नेपालीले नगरको विपत् व्यवस्थापन कोषबाट त्यहाँका आगलागी पीडितको घर निर्माण गर्न भन्दै प्रतिपरिवार रु एक लाखका दरले ४८ लाख नगरपालिकाबाट उपलब्ध गराउने बताउनुभएको हो ।

उहाँले घरको छाना छाउने जस्तापाताका लागि आफ्नो व्यक्तिगत सहयोग हुने प्रतिबद्धता जनाउनुभयो । नगर प्रमुखको प्रतिबद्धतापछि त्यहाँका आगलागी पीडित खुशी भएका छन् । नगरप्रमुख नेपालीले तत्काल त्यस स्थानमा नगरपालिकाका तर्फबाट इञ्जिनीयर पठाएर सबैको एकैखालको भूकम्प प्रतिरोधी एक÷एक तले, दुई कोठे शौचालयसहितको एकै प्रकारको घर निर्माण गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
नेप्सेमा सर्वाधिक वृद्धि, १११ बिन्दुले बढेपछि आजलाई बजार बन्द

    नेप्से परिसूचक आज उच्च अंकले बढेको छ । आज नेप्से एकै

बैंक मिटरब्याजीजस्तो हुनु हुँदैन : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्माले बैंकहरू मिटरब्याजीजस्तो हुन नुहने बताएका छन्

शेयर धितो र घरजग्गा कर्जामा नयाँ नीति

    नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत केही लचक नीतिहरू ल्याएको छ

अध्यक्ष ओलीद्वारा पुष्पलालको शालिकमा माल्यार्पण

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी संस्थापक नेता पुष्पलाल श्रेष्ठको