उपभोक्ता ठग्ने १२ पेट्रोल पम्प कारवाहीमा



हाम्रो इकोनोमि

 

नेपाल गुणस्तर तथा नापतौल विभागले पेट्रोलियम पदार्थमा ठगी गर्ने १२ वटा पेट्रोलपम्पलाई कारवाही गरेको छ । विभागले पछिल्लो एक महीनाको अवधिमा सफ्टवयर प्रविधिको प्रयोग गरी दुईदेखि पाँच प्रतिशतसम्म पेट्रोलियम पदार्थमा ठगी गर्ने १२ पेट्रोलपम्पलाई कारवाही गरेको हो ।

 

कारवाही पर्नेमा विजय आयल स्टोर कलैया बारा, ममता आयल स्टोर कलैया बारा, स्वस्थानी आयल स्टोर बरीयापुर बारा, अमित आयल स्टोर बारा, शङ्कर आयल स्टोर बारा, न्यू बगलामुखी आयल स्टोर स्वयम्भू काठमाडौँ, शङ्कर पेट्रोलियम रुपन्देही, रिया आयल सप्लायर्स कपिलवस्तु, खुश्बु फ्यूल सप्लायर्स ओखलढुङ्गा, हरिओम आयल स्टोर बारा, जयविकास आयल स्टोर बारा, लुम्बिनी लोटर्स आयल स्टोर रुपन्देही रहेका छन् ।

 

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले सफ्टवयर प्रविधिको माध्यमबाट व्यापक मात्रामा उपभोक्ता ठगी गर्ने पेट्रोलपम्पलाई कारवाही गरिएको बताए । ‘कारवाही गरिएका पेट्रोलपम्पलाई नगद रु ३० हजार, तीन वर्ष कैद र पेट्रोल पम्प शिलबन्दी गरेका छौँ’, उनले भने ।

कम्युनिष्ट सरकार पछि आकासियो मूल्यवृद्धि, भारतमा घट्दा नेपालमा किन बढ्यो ?

नेपालमा कम्युनिष्ट सरकार आएपछि मूल्यबृद्धि आकासिएको भेटिएको छ । अघिल्लो वर्षको माघ महिनादेखि नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकार बनेपछि नेपालमा मूल्यबृद्धि बढेको सरकारी तथ्यांकले देखाएको हो । नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७५।७६ को पहिलो त्रैमासिक समीक्षामा नेपालको मूल्यबृद्धि आकासिएको देखिएको हो ।

 

अघिल्लो वर्ष यही समयको मूल्य बृद्धिको दरसँग तुलना गर्ने हो भने यो वर्ष भारतको भन्दा नेपालको मूल्यबृद्धि बढी देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति आधार मूल्यमा ३.१ प्रतिशत र भारतको ३.६ प्रतिशत रहेको थियो । यो वर्ष २०७५ असोज महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.७ प्रतिशत र भारतको ३.३ प्रतिशत रहेको छ ।

 

त्यस्तै, यो आर्थिक वर्षको पहिलो ३ महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ९.२ प्रतिशत रहेको छ । पेट्रोलियम पदार्थ, आधारभूत धातु, निर्माण सामग्री, तथा खाद्य एवम्पेय पदार्थको मूल्यमा भएको वृद्धिका कारण समग्र थोक मुद्रास्फीति बढ्न गएको हो । क्षेत्रगत रुपमा हेर्दा नेपालको पहाडि भेगमा मूल्यबृद्धि छ । त्यसको तुलनामा हिमाली र तराई भेगमा मूल्यबृद्धि क्रमशः कम देखिएको छ ।

 

पहिलो ३ महिनामा उपभोक्ता मुद्रास्फीति पहाडमा ६.१ प्रतिशत, तराईमा ४.३ प्रतिशत, हिमालमा ४.२ प्रतिशत र काठमाडौं उपत्यकामा ४.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ३.० प्रतिशत, ३.६ प्रतिशत, ५.१ प्रतिशत र २.३ प्रतिशत रहेको थियो ।

 

भारतीय बजारमा मूल्य घटेको भएपनि नेपालमा बजारमा व्यवसायीहरुले गरेको मूल्य बृद्धि रोक्न नसक्दा नेपालको मुद्रास्फीति दर अघिल्लो वर्षको भन्दा बढी भएको जानकारहरु बताउँछन् ।

 

पहिलो ३ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष उक्त समूहको मुद्रास्फीति ०.५ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा मूलतः खाद्यान्न तथा खाद्यजन्य पदार्थ, मासु तथा माछा, घिउ तथा तेल एवम् सुर्तीजन्य पदार्थलगायतका उप–समूहका वस्तुहरुको मूल्यमा भएको वृद्धिका कारण समग्र खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति बढ्न गएको हो ।

 

अवधिमा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष उक्त मुद्रास्फीति ५.२ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको यातायात, फर्निसिङ तथा घरायसी उपकरण, मनोरञ्जन तथा संस्कृति एवम् घरायसी उपयोगिता तथा सेवालगायतका उप–समूहका वस्तु तथा सेवाहरुको मूल्यमा वृद्धि भएकोले समग्र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति बढ्न गएको हो ।

विद्यालय पुनःनिर्माण र बाढीपीडितका लागि रु १८ लाख सहयोग

म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा बाढीले बगाएको रितुङ माविको पुनःनिर्माण र घरबारविहीन बाढीपीडितको लागि करीब रु १८ लाख राहत जुटेको छ ।

 

प्रवासमा रहेका कुइनेमङ्गलेवासीबाट गत भदौ २७ गते रघुगङ्गा नदीमा आएको बाढीको कटानको चपेटामा परेको विद्यालय र घरबारविहीन बनेका स्थानीय दुई घरपरिवारको लागि सहयोग जुट्न थालेको हो ।

 

विद्यालयको पुनःनिर्माण र घरबारविहीनको घर निर्माणको लागि बेलायतमा रहेका कुइनेमङ्गलेवासीको पहलमा रु १३ लाख ९० हजार ५३० सहयोग जुटेको छ । बेलायतमा बस्ते कुइनेमङ्गलेका मीमप्रसाद छन्त्यालको नेतृत्वमा, त्यहाँ रहेका म्याग्दीवासी र नेपालीबाट सङ्कलन भएको सहयोग रकममध्ये विद्यालयको पुनःनिर्माणको लागि रु सात लाख ९० हजार ५०० र नदी कटानबाट घरबारविहीन भएका दुई घरपरिवारलाई रु छ लाख राहत उपलब्ध गराइएको छ ।

 

विद्यालयमा आइतबार आयोजित कार्यक्रममा समन्वयकर्ता एवं छन्त्याल सङ्घ म्याग्दीका अध्यक्ष चित्रमान छन्त्यालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडाध्यक्ष गमान छन्त्याललाई विद्यालयलाई प्राप्त सहयोग हस्तान्तरण गर्नुभयो ।

 

त्यस्तै बाढीपीडितको लागि आएको सहयोग रिखार आमा समूह खरिबोटका उपाध्यक्ष गीता फगामी छन्त्याल, कोषाध्यक्ष सोमकुमारी छन्त्याल र बाढीपीडित यामबहादुर चन्दलाई हस्तान्तरण गरिएको थियो । यामबहादुर र चन्द्रबहादुर चन्दको घर रघुगङ्गा नदी कटानबाट पूर्णरुपमा क्षति भएकाले घरको पुनःनिर्माणमा सहयोग गरिएको हो ।

 

त्यस्तै सोही अवसरमा बेनीस्थित रिहगाद बहुउद्देश्यीय सहकारी संस्थाले समेत विद्यालयको पुनःनिर्माणको लागि रु ८० हजार सहयोग प्रदान गरेको छ । कार्यक्रममा सहकारीका उपाध्यक्ष शान्ति पुन, सहसचिव सुनिता मल्ल र सदस्य दमकुमारी छन्त्यालले प्रधानाध्यापक खिमबहादुर छन्त्याललाई हस्तान्तरण गर्नुभयो ।

 

सोही कार्यक्रममा अमेरिकामा रहनुभएका खरिबोटका कमल छन्त्यालले सङ्कलन गर्नुभएको रु दुई लाख ७७ हजार ८३३ अभियन्ता छन्त्यालका बुबा एवं नेपाली काङ्ग्रेस कुइनेमङ्गले गाउँ एकाइ समितिका सभापति भीमबहादुर छन्त्यालमार्फत् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गमान छन्त्याललाई हस्तान्तरण गरिएको थियो ।

 

रघुगङ्गा नदीमा आएको भीषण बाढीले रु पाँच करोड बढीको भौतिक पूर्वाधार बगाएर क्षतिग्रस्त बनेको रितङ माविको पुनःनिर्माणको लागि सो अवसरमा छन्त्याल सङ्घ म्याग्दीका अध्यक्ष चित्रमान छन्त्याल र गमान छन्त्यालको परिवारबाट रु दुई लाख सहयोगको घोषणा भएको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...