झापामा घर जल्दा एकै परिवारका चार जनाको मृत्यु



 

झापामा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका ७ मा आगलागी हुँदा ३५ वर्षीय लक्ष्मण खनाल, उनकी श्रीमती ३२ वर्षीया राधिका खनाल, चार वर्षीया छोरी चन्द्रा खनाल र चार महिनाको छोरो टिकाराम खनालको मृत्यु भएको डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

 

उनीहरु घरभित्र सुतिरहेको बेला गएराति पौने ११ बजेतिर आगो लागेको थियो । आगलागीको जानकारी पाएलगत्तै दमकलसहित प्रहरीको टोली पुगेर आगो नियन्त्रणमा लिएको थियो ।

 

आगलागीबाट जस्ताले छाएको दुई तले घर पनि क्षतिग्रस्त भएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको र अन्य क्षतिको एकिन विवरण संकलनको काम पनि भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
रुसी सेनामा दुई सय नेपाली रहेका जानकारी आएको छ : प्रधानमन्त्री

    रूसी सेनामा करिब दुईसय जना नेपाली रहेको जानकारी प्राप्त भएको प्रधानमन्त्री

देशको रक्षा गर्न एमालेको एकल बहुमतको सरकार आवश्यक छ : अध्यक्ष ओली

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दिगो ढंगले देशको रक्षा

कांग्रेस महासमिति बैठक तेस्रो पटक सार्ने तयारी

    नेपाली कांग्रेसले पुस १६ देखि १९ ललितपुरको गोदावरीमा तय गरेको महासमिति

एकदिन पनि टिकेन शेयर बजारको उछाल- १५ अंकले गिरावट

    शेयरबजार खुलेसँगै ओरालो झरेको बजार लामो उतार चढावपछि १५ अंकले घटेर