प्रकाश र बीनाबारे चर्चित पत्रिकाले छापेको थियो यस्तो समाचार, मन्त्रीले कसरी भुलिन अतित ?
नेकपाका अध्यक्ष प्रचण्ड छोरा प्रकाशको निधनले विक्षिप्त बनेकै बेला खानेपानीमन्त्री रहेकी बुहारी बीना मगरका कारण तनावमा परेका छन् ।
बुहारी सिर्जना त्रिपाठी र बीना मगर उपस्थित प्रकाशको प्रथम पूण्य तिथिमा खानेपानी मन्त्री समेत रहेकी बीनाले सिर्जनालाई अपमान गरेपछि विवाद सतहमा आएको हो ।
उसो त बीना पनि आफनो पहिलो पतिलाई छाडेर प्रकाशसँग भागेकी थिइन् । तत्कालीन माआेवादीका पूर्णकालिन कार्यकर्ता शंकर अधिकारीसंग विवाह बन्धनमा बाँधिएकी बीना सरस्वति क्याम्पसको सभापति भएकै खण्डमा प्रकाशसँग भागेर विवाह गरेकी हुन् । जतिबेला प्रकाश पत्नी सिर्जना त्रिपाठीले यसबारे खासै मुख खोलन चाहेकी थिइनन् ।
तर, बीनाले आफू समेत कसैलाई धोका दिएर प्रकाशसंग विवाह गर्न पुगेकी हुँ भन्ने भुलेर सिर्जनाको अपमान गर्दा सिर्जनाको फेसबुकवालमा भने उनको पक्षमा विभिन्न टिकाटिप्पणीहरु भएका छन् ।
अधिकांश उनका समर्थकले अब बोल्न पर्ने बेला आएको भन्दै सिर्जनालाई थप उर्जा समेत दिएका छन् । तर, सिर्जना भने प्रचण्डको मुख हेरेर चुप लाग्ने गरेको उनी निकट स्रोत जनाउँछ ।
(जनआस्था साप्ताहिकले २०६९ जेठ ३१ मा प्रकाशन गरेको समाचार जस्ताको तस्तै)
बीनासँग हिमाल चढ्दा बबाल
काठमाडौं । अन्तिममा राज्यकोषबाट प्राप्त अनुदान त्यागेर शान्तियात्राका लागि सगरमाथा उक्लेका प्रचण्डपुत्र प्रकाशसहितको टोली काठमाडौं फर्किसकेको छ । तर, ‘राम्रो’ का लागि सर्वोच्च शिखर आरोहणमा निस्किएका प्रकाशले मन थाम्न नसक्दा टोलीभित्रै खैलाबैला मच्चिएको छ ।
सगरमाथा आरोहणपूर्व अभ्यासका क्रममा रसुवाको एलापिक हिमाल जाँदैमा प्रचण्डपुत्र प्रकाश र सरस्वती क्याम्पसकी स्ववियु सभापति बीना मगरबीच सम्बन्ध झांगिएको थियो । यही सम्बन्ध सर्वोच्च शिखर आरोहण दलका सदस्यका लागि निकै टाउको दुखाइको विषय बन्न पुग्यो ।
पुगेको एक सातामै नाम्चे बजारको लजमै प्रकाश र बीना यति व्यस्त भए कि यी दुईले आरोहण दलका अन्य सहकर्मीलाई उति समय दिनै भ्याएनन् । आरोहण दलका एक सदस्यले बताएअनुसार आधारशिविर नपुग्दै दिङबोचेमा यिनीहरूले देखाएको चर्तिकला हेर्न नसकेर नदेखेझैँ गर्नुपरेको थियो ।
जब उनीहरू अन्य सहकर्मीसँगै चौथो शिविर पुगे, झनै अचाक्ली भयो । युद्धकालदेखि केही समयअघिसम्म मात्रै प्रचण्डको बडिगार्डका रूपमा खटिएका शरदले जब प्रकाश र बीनालाई चौथो शिविरको टेन्टभित्र आफैँले अप्ठ्यारो अवस्थामा भेट्टाए, त्यहीबेला उनले चेतावनी पनि दिए ।
तर, त्यो घनिष्टता कुनै चेतावनीका सामु झुक्ने कुरै थिएन । अति भएपछि शरद, कृष्ण केसी र जनमुक्ति सेनाका ब्रिगेड कमान्डर सरल सहयात्रीले प्रकाशलाई सम्झाए । तर, त्यो सम्झाइको पनि कुनै काम लागेन । दोस्रो शिविर उक्लिनुअघिको रात बीना बिरामीको निहँुमा बाटो देखाउन गएका सहयोगी (शेर्पा)सागै पालमा पसिन् ।
त्यो बसाइ भने कुनै अनुचित प्रकारको नभएर महिला र पुरुष हार्दिकतासाथ पुरुष–पुरुष वा महिला–महिला कम्युनमा बसेजस्तो बस्न सक्छन् भन्ने सन्देश दिनेखालको थियो । तर, चौथो शिविर उक्लिएपछि ती शेर्पा बीनाको साथबाट हटाइए । बीनासँगै गएकी ईशु भट्ट स्वास्थ्यले साथ नदिएका कारण तीन–चार रात बीनासँगै बिताएर फर्किइन् ।
अनि, खाली भएको बीनाको टेन्टमा प्रकाशलाई निम्त्याउन सुरु भयो । कहिले बीनाकहाँ, कहिले प्रकाशकहाँ यी दुईको आवत–जावत बढी नै हुन थालेपछि शरद, सरल र कृष्णले दुवैलाई राखेर ठाउँको ठाउँमै ‘वार्निङ’ दिए । तर, दुवैले ‘हैन–हैन, कहाँ त्यस्तो हुनु ?’ भन्दै कुरा टारे ।
यसबारे वास्तविकता बुझ्न आरोहण दलका सदस्य शिव डाँगीलाई जनआस्थाले फोन गर्दा उनले सुरुमा ‘एकछिनपछि भन्छु’ भने । तर, त्यसपछिका फोन उठाएनन् । बरु, प्रकाशलाई रिपोर्टिङ गरिभ्याएछन् र प्रकाशले फोन गरेर भने, ‘दाइ, शिव डाँगीलाई केही सोध्नुभएको थियो रे ? त्यस्तो केही पनि होइन दाइ ! नछापिदिनुस् है ।
प्रचण्ड निवासमा कान्छी बुहारी विनाले गरिन् जेठी बुहारी सृजनाको अपमान !
नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एक मात्र पुत्र प्रकाश दाहालको सोमबार निधन भएको एक वर्ष पूरा भएको छ । ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा सोमबार स्मृति सभाको आयोजना गरिएको थियो । सो स्मृतिसभामा प्रकाशको निधन ताजा भएर आउँदा सबैको आँखा रसाएको थियो भने दाहाल परिवार अझै शोकमा डुबेको थियो ।
स्वर्गीय प्रकाशका बुवा प्रचण्ड आमा सीता, दिदी रेण, श्रीमतीद्वय सृजना र विनाको आँखाबाट आँशु बगिरहेको देखिन्थ्यो । तर, सबैमा शोकको पीडा त छँदै थियो, त्यसमाथि सृजनाले झनै बेसी पीडा सहनु परेको खुल्न आएको छ ।
प्रकाशको प्रथम पुण्य तिथीमा आयोजित सार्वजनिक कार्यक्रममा प्रचण्डकी बुहारी प्रकाश पत्नी खानेपानी मन्त्रीसमेत रहेकी प्रचण्डकी बुहारी बिना मगरले अर्की प्रचण्डकी बुहारी तथा प्रकाश पत्नी सिर्जनामाथि अपमानजनक व्यवहार भएको खुलेको छ । बिनाले सिर्जनालाई अपमान गरेको आरोप लागेको हो ।
प्रकाशको प्रथम स्मृतिमा प्रकाशन गरिएको स्मारिकामा पनि प्रकाश दाहालकी पत्नी भनेर बिना मगरको मात्रै नाम राखिएको, तर सृजनाको नाम उल्लेख नगरिएको बताइएको छ । संक्षिप्त परिचयमा सिर्जनाका छोरा प्रसिद्धको नाम राखिएको छ । तर पत्नीमा आफ्नो नाम नराखेर अस्तित्व स्वीकार नगरिएको तथा पूण्यतिथिमा अपमानजनक व्यवहार भएको भन्दै सिर्जनाले ‘सम्बन्धित ठाउँमा’ आपत्ति जनाएकी छन् ।
साथै सोमबार प्रचण्ड निवासमा भएको स्मृतिसभाको मञ्चमा बसेकी सृजनामाथि विनाले अपमान गरेको आरोप लागेको छ । आफू भन्दा पछाडी बसेकी सृजनालाई विनाले ‘तपाई किन आउनु भएको यहाँ ?’ भनेर प्रश्न गरेको चर्चा भएको छ । ‘मञ्चको दोस्रो लहरमा मोहन वैद्यसँगै प्रचण्डका छोरी रेणु, गंगा र बुहारी बिना बसेका थिए ।
त्यसबीचमा नेकपाका केही नेताहरुले कार्यक्रमस्थलको कुनामा बसेर हेरिरहेकी अर्की बुहारी सिर्जनालाई पनि मञ्चमा लगेका थिए । सिर्जना गएर मञ्चको तेस्रो लहरमा बस्नासाथ अघिल्लो लहरमा बसेकी बिना पछाडि फर्केर केही भनेको दृष्य भिडियोमा कैद छ ।
बिनाले पछाडि फर्केर सिर्जनालाई केही भनेलगत्तै रेणु गंगा र बिना मञ्चबाट केहीबेर बाहिरिए । उनीहरु उठेपछि सिर्जना पनि उठेर पत्रकार दीर्घाको कुर्सीमा गएर बसेकी थिइन्’ अनलाइनखबरले समाचार प्रकाशित गरेको छ । सृजना पट्टीको छोरा प्रचण्ड निवासमै बस्छन् भने सृजना छुट्टै बस्दै आएकी छन् । सोमबारको स्मृतिसभामा पनि उनलाई आमन्त्रण नगरिएको पनि बताइएको छ ।
यद्यपी यसबारे हालसम्म दाहाल परिवारबाट कुनै प्रतिक्रिया आएको छैन । सृजनाले यसबारे बोल्न नचाहेको बताइएको छ भने विनाले पनि कुनै प्रतिक्रिया दिएकी छैनन् ।
मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी
यहि मंसिर ३ गते सम्पन्न साकार दाहाल ‘प्रकाश’को प्रथम पूण्यतिथिमा तत्कालीन खानेपानीमन्त्री बीना मगर र प्रकाशकी दोश्रो पत्नी सिर्जना त्रिपाठीबीच भएको केहि असामान्य व्यबहारबारे चर्चा चुलिएको छ ।
प्रकाशकी पहिलो पत्नी तथा तत्कालीन माआेवादीका शालिन नेता स्व. पोष्टबहादुर बोगटीकी छोरी प्रभा बोगटीले कडा टिप्पणी गरेकी छन् ।
प्रकाशको पहिलो स्मृति सभामा मन्त्री बीनाले अर्की पत्नी सिर्जनालाई अपमान गरेको समचार बाहिरीएपछि पहिलो पत्नी प्रभा बोगटीले आफ्नो फेसबुकमा स्टाटस लेखेर ‘गल्तीमाथि गल्ती नगर’ भन्दै सचेत गराएकी छन् ।
कमजोरी आफ्नामा पनि हन्छ भन्ने कुरा बुझे मात्र सहि निष्कर्ष निकाल्न सकिन्छ भन्दै घुमाउरो अर्थमा प्रभाले बीना मगरलाई बाण हानेकी छन् । स्मृति सभामा प्रकाश पत्नी बीना र उनका दिदिहरु गंगा र भरतपुर महानगपालिकाकी मेयर रेणु सँगै बसेका थिए । तर, सिर्जना भने पछिल्लो साइडको कुनामा बसेकी थिइन् । यसै क्रममा मन्त्री बीनाले यहाँ किन आउनु भएको भनेर भनेपछि घटनाक्रम सतहमा आएको हो ।
प्रभा र प्रकाशबीच शारिरिक सम्बन्ध नभएको र भाैतिक रुपमा मात्र नाता जोडिएकाले हामी खुशी राजीका साथ छुट्टिन चाहन्छाैं भनेर पार्टीमा निवेदन हालेपछि पार्टीकै निर्णयमा उनीहरु छुटेका थिए । मिडियाकर्मी समेत रहेकी प्रभा शालिन तथा बाैद्धिक रहेको उनी निकटका मानिसहरु बताउँछन् ।