बिदेश गएका पति छाडेर अर्कैसँग बिबाह गरेकी महिलामाथि निर्घात कुटपिट



 

बैदेशिक राेजगारमा गएका पतिलार्इ छाेडर गाउँकै अर्का पुरूषसँग प्रेम सम्बन्ध रही बिवाह गरेकी एक महिलामाथि स्थानीयवासीले निर्घात कुटपिट गरी गाउँ निकाला गरेका छन् । दोस्रो विवाह गरेकी महिलालाई आमा विरामी भएको भन्दै गाँउमा बोलाएर गत पुस चौध गते निर्घात कुटपिट गरिएको हो ।

 

कुटपिट गरी उनलाई चप्पलको माला लगाएर मुखमा कालो मोसो दलिएको थियो । त्यसपछि घरदेखि एक किलोमिटर टाढासम्म लखेटेर गाँउ निकाला गरिएको पीडित महिलाले बताइन् ।

 

रंगेली नगरपालिका–५ आँपगाछीस्थित ठाकुर टोलका गुलावचन्द सरदारकी पत्नी र ठाकुरबीच प्रेम सम्वन्ध थियो । सरदार वैदेशिक रोजगारमा रहेको समयमा नै चार महिना अघि उनीहरुले विवाह गरेका थिए । स्थानीयको कुटपिटबाट घाइते ठाकुरको भारतमा उपचार भैरहेको छ । पीडित महिला भने अहिले आफन्तको शरणमा छिन् ।

 

उक्त घटनामा सग्लन स्थानीय रंजित ठाकुर, कुलान्द ठाकुर,गोवर्धन ठाकुर, महानन्द ठाकुर, सरिता ठाकुर र प्रकाश ठाकुर लगायतलाई प्रहरीले नियन्त्रणमा लिर्इ सार्वजनिक अपराध अन्तर्गत कारवाही अघि बढाएको छ ।

 

उक्त घटनामा अरुको पनि संग्लनता रहेको हुनाले उनीहरुको पनि खोजीकार्य भईरहेको प्रहरीले जानकारी दिएको छ । कुटपिटको नेतृत्व गर्ने एमाले रंगेली नगर कमिटीका अध्यक्ष दिनेश ठाकुर भने फरार रहेका छन् ।

 

पीडित महिलाले गत असोजमा स्थानीय एक राजकुमार ठाकुरसँग दोस्रो विवाह गरेकै कारण उनीमाथि दुर्व्यवहार गरिएको हो । ठाकुरले पनि दोस्रो बिहे गरेर गाउँ–समाजको थिति बिगारेको भन्दै गाँउ निकाला गरिएको प्रहरी अनुसन्धानमा देखिएको छ ।

 

न्याय माग्दा पागल हुनु पर्ने यो कस्तो दिन आयो यो देशमा ?

न्याय माग्दा पागल हुनु पर्ने यो कस्तो दिन आयो यो देशमा ? सुरक्षाकर्मी बाट महिलाले लछारपछार हुनु पर्ने यो कस्तो दिन आयो देशमा ? गृहमन्त्री चिनेको छु भन्दै बिदेश बसेर नेपालीलाई ठग्ने नम्बरी फटाह लाखौ लुट्दै छ, कस्तो दिन आयो देशमा ?

 

काठमाडौं । बलात्कारपछि निर्मम हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका बुवाको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । छोरीको न्यायका लागि १३ औं दिनदेखि धर्नामा बसेका निर्मलाका बुवा यज्ञराज पन्तको स्वास्थ्य अवस्थासँगै मानसिक अवस्था बिग्रिएको हो ।

 

केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकको टोलीले धर्नास्थलमै पुगेर पीडित परिवारको स्वास्थ्य परीक्षण गरेको थियो ।चिकित्सकको टोलीले धर्ना दिइरहेकै ठाउमा गई स्वास्थ परीक्षण र उपचार गरेपनि पन्तको बोली ब्यवहार भने असामान्य बन्दै गएको छ ।

 

अहिले उनलाई काठमाडौं ल्याउने तयारी भइरहको छ । वरिष्ठ मनो रोग चिकित्सक डाक्टर पुष्पप्रसाद शर्माका अनुसार पन्तलाई मानसिक समस्या भएको जस्तो देखिएकाले यस्ता व्यक्तिले अफुलाई वा कसै अरुलाई क्षती पु¥याउनु पुर्व उपचार गराउनु पर्ने बताउँछन् । पन्त रातभर नसुत्ने, बर्बराउने, रुने र अरुलाई गालीगलौज गर्दै हिड्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल