भारतले नेपालमा आउने सिटामोलमा ज्यानमारा भाईरस “Machupo” मिसाएको सनसनीपूर्ण खुलासा, यो सिटामोल प्रयोग नगर्न विज्ञको चेतावनी !



 

स्वस्था रहनु सबैको चाहना हो तर पनि रुघा खोकी ज्वरो आउनुलाई हामी सामान्य लिन्छौं । रुघा खोकी ज्वरो आउदा हामीलाई झट्ट सम्झिने औषधिको नाम हो “सिटामोल” । प्राय घरमा अटुट रुपमा राखिने औषधि पनि यहि नै हो ।

 

डाक्टरको परामर्श बिना नै हामी सिटामोल सेवन गर्ने गर्छौ र तत्काललाई आफ्नो स्वस्थ स्थितिमा सुधाकिन भाइरल भयो सिटामोल ? ज्यानमारा भाइरस “Machupo” को सिटामोल माथि आक्रमणर भएको महसुस गर्छौं ।

 

सन् २०१७ को सुरुवात देखि नै एउटा प्यारासिटामोलको बारेमा एउटा ठुलो हल्ला चली रहेको छ जसले गर्दा औषधि उद्पादक कम्पनिलाई पनि टाउको दुखाईको बिषय बनेको छ तर यो दुखाई सिटामोल खाएर ठिक हुने खालको भने हैन ।

 

त्यसैले उद्पदक लाई सन्चो हुन खाने औषधि नै दुखाईको कारण बनेको छ ।भारतीय औषधि उद्पदक कम्पनि Apex Laboratories Private Limited ले बजारमा ल्याएको “P-500

 

Paracetamol” मा “Machupo Virus” पाइएको र यसको सेवन गरेमा ज्यान सम्म जाना सक्ने भनि सामाजिक सन्जाल मा भाइरल भै रहेको छ ।

 

अहिले पनि कति फेसबुक र अरु सामाजिक संजाल मार्फत यस विषयमा म्यासेजहरु पठाउने काम भै रहेको छ । सो म्यासेजमा उल्लेख भए अनुसार “P/500” नामक उक्त प्यारासिटामोल बजारमा नया आएको र धेरै सेतो अनि टल्किने खालको रहेको र सेवन नगर्न भनिएको छ ।

 

जसमा विश्व कै खतरानाक र ज्यानमारा “Machupo” भाइरस पाइएको भनिएको छ । जसको सेवन ले मानिसको ज्यान सम्म जाने भनिएको छ । सामाजिक संजालमा प्रचार भै रहेको यो हल्ला तल देखाइए अनुसार छ ।

 

हल्ला जसरि फ़ैल्याइए पनि यो समाचार निराधार रहेको र हल्ला मात्र रहेको भनिएको छ।अहिले सम्म यस औषधिको सेवनबाट कुनै पनि त्यस्तो घटना सार्बजनिक नभएको जनाइएको छ । भारत, सिंगापुर, मलेसिया लगायत देशहरुले यो सबै हल्लामा कुनै सत्यता नरहेको भनि पुष्टि गरेको छ ।

 

यस्तो भाइरसहरु औषधिमा बच्न सक्ने भए पनि लामो समय सम्म सुख्खा ठाउँमा रहन नसक्ने बिषेशाग्यहरु बताउछन् । जस्ता सुकै हल्लाहरु आए पनि हल्लाको पछि नलाग्नु होला । सानो तिनो बिरामी भनेर कहिले पनि हेलचेक्र्याइँ नगर्नु होला /

 

डाक्टरको परामर्श बिना कुनै पनि औषधि सेवन नगर्नु होला । जथाभावी सेवन बाट हुन सक्ने खतराबाट बच्नु होला । यो समाचार माथि उल्लेखित औषधि सेवन गर्नको लागि सिफारिस गर्नको लागि नभई यस सम्भंधि बजारमा चलेको हल्लालाई केलाउने सानो प्रयास गरिएको हो । थप जानकारीको लागि तल दिएको लिंकहरु हेर्नु होला ।

 

लमहीमा सर्पदंश उपचार केन्द्र स्थापना हुने

दाङको लमहीमा सर्पदंश उपचार केन्द्र स्थापना हुने भएको छ । यस क्षेत्रमा सर्पदंशका घटना धेरै हुने भएपनि उपचारका लागि जिल्लामा सर्पदंश उपचार केन्द्र नहुँदा धेरैको मृत्यु हुने गरेको भन्दै लमही अस्पतालमा सर्पदंश उपचार केन्द्र स्थापना गर्न लागिएको हो ।

 

देउखुरी उद्योग वाणिज्य सङ्घको पहलमा बसेको बैठकले विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गरी पुसबाट केन्द्र निर्माण शुरु गरिने निर्णय भएको सङ्घका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

 

सर्पदंश उपचार केन्द्र स्थापनाका लागि चालु आर्थिक वर्षमा लमही नगरपालिकाले रु २५ लाख बजेट विनियोजन गरेको छ । त्यस्तै केन्द्र स्थापनाका लागि देउखुरी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सवबाट रु पाँच लाख ९५ हजार सङ्कलन भएको सङ्घका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

 

प्रदेशसभा सदस्य रेवतीरमण शर्माले सर्पले डसेपनि तत्काल उपचार पाएपछि बिरामीलाई सञ्चो हुने भन्दै लमहीमा सर्पदंश उपचार केन्द्र आवश्यक रहेको बताउनुभयो । केन्द्र स्थापनाका लागि प्रदेशबाट समेत पहल थाल्ने प्रतिबद्धता जनाउनुभयो ।

 

लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले केन्द्र स्थापनाका लागि लमहीमा केन्द्र स्थापनाका लागि लामो समयदेखि कसरत थालिएको छ । लमहीमा सर्पदंश उपचार केन्द्र नहुँदा बिरामीलाई गोरुसिङ्गे तथा बाँके लैजानुपर्ने अवस्था छ । अधिकांश बिरामीको त्यसतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्