प्रधानसेनापति थापाविरुद्ध उपरथी बस्न्यातले दिए उजुरी



हाम्रो इकोनोमि

 

बढुवा रोक्न खोजेको आरोप लगाउँदै नेपाली सेनाका उपरथी अनुज बस्न्यातले प्रधानसेनापति पूर्णचन्द्र थापा विरुद्ध उजुरी दिएका छन् । नेपाली सेनाको निरीक्षणाधिकृत विभाग प्रमुख रहेका उपरथी बस्न्यातले बिहीबार प्रधानसेनापति थापाविरुद्ध रक्षा मन्त्रालय र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसमक्ष उजुरी दिएका हुन् ।

 

बस्न्यात करिब ९७ हजार फौज कार्यरत सेनाको बरीयतामा तेस्रो नम्बरमा छन् । रथीमा बढुवा नभए बस्न्यातले मंसिर २५ गतेबाट अनिवार्य अवकाश पाउने छन् ।

 

बस्न्यातले उजुरीको बोधार्थ प्रधानसेनापति थापालाई पनि दिएका छन् । भदौ २४ गतेबाट रिक्त रहेको रथी (बलाध्यक्ष रथी) पद पूर्ति नगरेर आफूलाई अवकाशमा पठाउन लागेको आरोप लगाउँदै बस्न्यातले प्रधानसेनापति थापाविरुद्ध उजुरी दिएको रक्षा मन्त्रालय स्रोतले जानकारी दियो ।

 

प्रधानसेनापति थापाविरुद्ध केही महिना अघिमात्रै उपरथी बढुवामा असन्तुष्टि जनाउँदै सहायक रथी नैनराज दाहालले सर्वोच्च अदालतमा दायर गरेको उजुरी अझै विचाराधीन छ ।

 

“उहाँ (उपरथी अनुज बस्न्यात)ले उपप्रधान तथा रक्षामन्त्रीज्यूलाई भेटेरै प्रधानसेनापतिले आफ्नो बढुवा रोकेको विषयमा मौखिक र लिखित रुपमा जानकारी दिनु भएको छ,” रक्षा मन्त्रालय स्रोतले भन्यो, “उजुरी बुझेपछि उपप्रधानमन्त्रीले रथीजस्तो महत्वपूर्ण पद खाली राखिनु हुँदैन,

 

रोकिएको बढुवा छिट्टै खुल्छ भन्ने प्रतिवद्धता जनाउनु भएको छ ।”
रक्षामन्त्रीलाई भेट्नुअघि उपरथी बस्न्यातले आफ्नो बढुवा किन रोकियो भन्दै प्रधानसेनापतिलाई समेत भेटेर असन्तुष्टि जनाएको सैनिक स्रोतले बतायो ।

 

बस्न्यातले रक्षामन्त्री पोखरेल र मन्त्रालय समक्ष प्रवेशिका, प्रमाणपत्र र स्नातक तहका शैक्षिक प्रमाणपत्र, सैनिक परिचयपत्र, सञ्चयकोष परिचयपत्र, जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी भएको आफ्नो नागरिकता र नागरिकता कुन सालमा जारी भएको भन्नेबारे काठमाडौं प्रशासन कार्यालयबाट प्रमाणित कागजात पनि पेश गरेका छन् ।

 

प्रधानसेनापति थापाले देशभर कार्यरत ७ हजारभन्दा बढी सैनिक अधिकृतहरूको शैक्षिक प्रमाणपत्र छानविन भइरहेको र उपरथी बस्न्यातको पनि शैक्षिक प्रमाणपत्र तथा नागरिकता छानबिनका क्रममा रहेकोले बढुवा अघि नबढेको उनी निकट स्रोतले जानकारी दियो ।
तर, उपरथी बस्न्यातले आफ्नो सम्पूर्ण शैक्षिक प्रमाणपत्र लगायतका प्रमाणित कागजात समेत पेश गर्दै बढुवा प्रक्रिया अघि बढाउन आग्रह गरेको स्रोत बताउँछ ।

 

बस्न्यातको बढुवा भएन भने नेपाली सेनाभित्र भावी प्रधानसेनापतिको रोलक्रममै असर पुग्ने सैनिक उच्च स्रोतको दाबी छ । केही महिना अघिमात्रै प्रधानसेनापति थापाविरुद्ध उपरथी बढुवा विवादमै सहायक रथी नैनराज दाहालले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

 

उनको बढुवा भइदिएको भए ६ वर्षपछि प्रधानसेनापति बन्न सक्थे । उपरथी बढुवाका लागि पहिलो नम्बरमा रहेका दाहालको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न उठाउँदै प्रधानसेनापति थापाले अन्य २ कनिष्ठ सहायक रथीलाई बढुवा गरेपछि दाहाल आफ्नो शैक्षिक प्रमाणको वैधानिकता जाँच र बढुवा वदरको माग गर्दै सर्वोच्च अदालत गएका थिए ।

 

तर मुद्दाको किनारा नलाग्दै दाहालले कात्तिक ३० गतेबाट पदावधिका कारण अवकाश पाइसकेका छन् । दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत सेक्टर कमान्डर रहेका दाहाल अवकाश पाएपछि बीचमै राजीनामा दिएर फिर्ता भएका थिए ।

 

सैनिक ऐन र नियमावली अनुसार प्रधानसेनापति थापाले दाहालको पदावधि १ वर्ष थप्न मन्त्रीपरिषद्समक्ष सिफारिस गर्न सक्थे । तर आफू विरुद्ध अदालतमा मुद्दा दायर गरेपछि थापा दाहालसँग असन्तुष्ट थिए ।कारोबारबाट

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...