काभ्रेमा ५ वर्षीय बालकको घाँटी थिचेर हत्या



हाम्रो इकोनोमि

 

काभ्रेको महाभारत गाउँपालिका २ गोकुलेमा पाँच वर्षीय बालकको हत्या भएको छ । जिल्लाको विकट क्षेत्रमा पर्ने सो गाउँका विजय घिसिङको शव हत्या गरी फालिएको अवस्थामा फेला परेको स्थानीयले बताएका छन् ।

 

काभ्रेका प्रहरी प्रमुख एपसी रविराज खड्काले घटनाको पुष्टि गरे । ‘गत कात्तिक २६ गतेदेखि बालक हराएको हामीलाई खबर आएको थियो’, उनले भने ‘बालकको लास तीन दिनपछि सातविसे खोल्साको ढुंगामाथि भेटिएको स्थानीयले हामीलाई जानकारी दिए ।’

 

बालकको शव पोष्टमार्टमका लागि काठमाडौं पठाइएको छ । स्थानीयले जंगली जनावरको आक्रमणबाट मारिएको दावी गरेका छन् । तर प्रहरीले भने घाँटी थिचेर हत्या भएको अनुमान गरेको छ ।

 

एसपी खड्काले बालकको घाँटी थिचेर हत्या भएको प्रारम्भिक रिपोर्ट आएको बताए । ‘हाम्रो थप टोली घटनाको अनुसन्धान गर्न डाडापारी गएको छ, हामी सुक्ष्म ढंगले अध्ययन गर्छौ, दोषीलाई कारबाहीको दायरामा ल्याउनेछौं’ उनले भने ।

बस दुर्घटनाका मृतक पाँचै जनाको सामूहिक दाहसंस्कार

तीर्थयात्री बोकेको एक बस दुर्घटनामा परी मृत्यु भएका पाँचै जनाको शनिबार साँझ सामूहिक रूपमा दाहसंस्कार गरिएको छ ।सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा शव परीक्षणपश्चात् आफन्तको जिम्मा लगाएर डाक्नेश्वरी नगरपालिका–४ स्थित खडक नदी किनारमा ल्याएर सामूहिक दाहसंस्कार गरिएको स्थानीयवासी वीरेन्द्र साहले बताउनुभयो ।

को१ख २७९९ नं को बस दुर्घटनामा उक्त नगरपालिका ७० वर्षीया वेचनीदेवी यादव, ६० वर्षीया सकिलदेवी साह, ५५ वर्षीय दिनेश रजक, ५० वर्षीया बौकीदेवी रजक र ६० वर्षीया भुखनीदेवी यादवको मृत्यु भएको थियो ।

 

सुनसरीको वराह क्षेत्रको दर्शन पछि यात्रु लिएर आएको सो बस भारदह–राजविराज सडकअन्तर्गत सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१० इनर्वास्थित पोखरीमा शुक्रबार राति अनियन्त्रित भई खसेको थियो ।

 

मृतक परिवारलाई राहत दिइने

 

प्रदेश नं २ को सरकारले सप्तरी बस दुर्घटनामा मृत्यु भएका परिवारलाई रु एक÷एक लाख राहत दिने भएको छ ।

दुर्घटनामा घाइते भएकाको अवस्था तथा मृतकलाई श्रद्धाञ्जलि दिन सप्तरी आउनुभएका प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले मृतक परिवारलाई रु एक÷एक लाख राहतस्वरुप दिने दिने घोषणा गर्नुभयो ।

यसका साथै घाइते भएकाको उपचारमा लाग्ने खर्चसमेत प्रदेश सरकारले व्यर्होने मन्त्री यादवले घोषणा गर्नुभयो । सुनसरीको वराह क्षेत्र र चतराधाम दर्शन गरेर फर्केका यात्रु बोकेको को१ख २७९९ नंको बस अनियन्त्रित भई सप्तरीको भारदह–राजविराज सडकखण्डअन्तर्गत इनरुवा नजिकै रहेको पोखरीमा खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी डाक्नेश्वरी नगरपालिका वडा नं ५ की ७० वर्षीया वेचनीदेवी यादव, २ की ६० वर्षीया शिकिलादेवी साह, वडा नं ४ का ५५ वर्षीय दिनेश रजक, सोही वडाकी ५० वर्षीया बौकीदेवी रजक र वडा नं ५ की ६० वर्षीया भुखनीदेवी यादवको घटनास्थलमै मृत्यु भएको थियो ।

सो दुर्घटनामा ४८ जना यात्रु घाइते समेत थिए । घाइतेमध्ये गम्भीर भएका १४ जनालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरस्थित नोवेल र न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

शोकमा स्थानीय तह बन्द 

बस दुर्घटनामा पाँच तीर्थयात्रीको मृत्यु भएको शोकमा आज सप्तरीको सवै स्थानीय तह बन्द गरिएका छन् । जिल्ला समन्वय समितिका संयोजक प्रभाकर यादवको अध्यक्षतामा बसेको बैठकले बस दुर्घटनामा परी मृत्यु भएकाको शोकमा आज एक दिन जिल्लाका सम्पूर्ण स्थानीय तह बन्द गर्ने निर्णय गरिएको छ ।

 

सप्तरीमा नौ नगरपालिका र नौ गाउँपालिका गरी १८ स्थानीय तह रहेका छन् । सबै स्थानीय तहका सरकारी कार्यालय, सार्वजनिक संस्था, शिक्षण संस्था, इमर्जेन्सीबाहेक स्वास्थ्य संस्था र अन्य कामकाजलगायत सबै बन्द गरिएको राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...

खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...

इरानले भन्यो : अमेरिकी गठबन्धनलाई बमले स्वागत

    इरानले आफ्ना मित्र देशका लागि हर्मुज जलघाँटीको बाटो खुला गरिएको प्रष्ट...

अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...