बागलुङको ढोरपाटनमा भीषण आगलागी, ३० घर जलेर नष्ट



 

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका-९ (ढोर)नविमा आइतबार बिहान भीषण आगलागी भएको छ ।  आगलागीबाट ३० घर जलेका छन् । रातको करिब दुई बजेतिर एक घरबाट सल्किएको आगोका कारण ३० घर पूर्णरुपमा जलेका हुन् ।नजिकै रहेका २३ घर भने जोगाउन सफल भएको हनुमान ध्वज गण गुल्मका नेपाली सेनाको टोलीले जनाएको छ ।

 

ढोरपाटनका बासिन्दा चैत्रदेखि कार्तिक महिनासम्म उक्त स्थानमा बस्ने गर्दछन् । उनीहरू चिसो मौमसमा भने जाडो छल्न बोबाङ, अधिकारीचौर गाउँमा झर्ने गर्छन् । दुई चार जना चौकिदारको भरमा घर सम्पत्ति जिम्मा लगाएर झरेका स्थानीयको घरसहित घरभित्र राखिएको लत्ताकपडा, अन्नपात सबै जलेर नष्ट भएको छ ।

 

ढोरपाटन प्रहरी चौकीसमेत बोबाङ झरेका कारण बस्ती सुनसान रहेको अवस्थामा अचानक लागेको आगो फैलन पाएको हो । आगो कसरी लाग्यो भन्ने खुल्न सकेको छैन । उक्त स्थानमा फलेकले छाएका र ढुंगाले छाएका घरहरु छन् ।

 

ढोरपाटन सिकार आरक्षको सुरक्षार्थ उक्त क्षेत्रमा नेपाली सेनाको टोली बस्दै आएको छ । सेनाले आगलागीबाट थप क्षति हुनबाट जोगाएको छ । आगो बिहान ८ बजेमात्रै नियन्त्रणमा लिन सफल भएको हनुमान ध्वज गुल्मबाट ईन्द्र शाहीले बताए ।

उनका अनुसार अचानक एक घरबाट सल्किएको आगोले क्रमशः संगै जोडिएका अन्य घरहरु पनि जलेर नष्ट भएका हुन्। घटनास्थल देखि करिब ३ किलोमिटर टाढा रहेको नेपाली सेनाको टोलीले आगलागीको जानकारी पाए लगत्तै गुल्मका गुल्मपति मेजर रविजंग खड्काको कमाण्डमा खटिएको १ सय २३ जनाको टोलीले आगो निययन्त्रणमा लिएको हो ।

 

चुलियो आयल निगमको घाटा

मूल्य समायोजन नहुँदा नेपाल आयल निगमको घाटा चुलिएको छ। स्वचालित मूल्य प्रणाली (अटो प्राइस) अनुसार इन्धनको मूल्य समायोजन नगर्दा निगमको ‘वर्किङ क्यापिटल’ धरापमा परेको छ। निगमले असोज १ गतेदेखि मूल्य समायोजन गरेको छैन। चाडवाडको समयमा उपभोक्तालाई महँगीको मार नथप्न भन्दै उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिले मूल्य नबढाउन निर्देशन दिएको थियो।

 

 

अन्तर्राष्ट्रिय मूल्यका आधारमा समायोजन नहुँदा घाटा व्यहोरेको निगमलाई डलरको भाउ बढ्दा थप असर परेको छ। घाटाका कारण इन्धन आयातका लागि भुक्तान गर्नुपर्ने रकम अपुग भई निगमको ‘वर्किङ क्यापिटल’ धरापमा परेको हो। निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले घाटैघाटा भएर पछिल्लो समय वर्किङ क्यापिटल धरापमा पुगेका बताए। उनले भने, ‘यसले गर्दा आईओसीसँग इन्धन कारोबार गर्दा समयमा भुक्तानी दिन असमर्थ भएका छौं।’ आईओसीले प्रत्येक महिनाको ८ र २३ तारिख भुक्तान मिति तय गरेको छ।

 

तर, घाटाका कारण निर्धारित मितिमा भुक्तानी दिन निगम असमर्थ भएको छ। सन् २०१७ मा आईओसी र निगमबीच इन्धन कारोबार सम्झौता नवीकरण भएको थियो। त्यसअनुसार आईओसीलाई एकपटक ढिलो हुँदा अर्कोपटक निर्धारित समयभन्दा दुई दिन अगावै भुक्तानी गर्नुपर्ने हुन्छ।

 

समयमा रकम व्यवस्थापन हुन नसक्दा राष्ट्र बैंकबाट नेपाली रुपैयाँलाई भारतीय रुपैयाँमा सटही गर्न पनि कठिनाई भइरहेको भट्टराईले अन्नपूर्णलाई जानकारी दिए। निगमले प्रत्येक १५ दिनमा आईओसीलाई करिब आठ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्छ।

 

निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार साउनदेखि घाटादर चुलिँदै गएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धिको अनुपातमा निगमले कुल मूल्यको दुई प्रतिशत मात्रै मूल्य समायोजन गर्नुपर्ने नीतिका कारण पनि निरन्तर घाटा भइरहेको छ।

 

साउनदेखि नै अमेरिकी डलरको विनियमदर विस्तारै उकालो लाग्दै भदौदेखि असोजसम्ममा उच्च विन्दुमा पुगेको थियो। एकैपटकमा इन्धनको अन्तर्राष्ट्रिय बजार मूल्य पनि वृद्धि हुनु, डलरको विनिमयदर पनि उच्च विन्दुमा पुग्नु र मूल्य समायोजन नहुनुलगायत कारण साउनदेखि मंसिरसम्ममा निगमले तीन अर्ब ८२ करोड रुपैयाँ घाटा व्यहोरेको छ।

 

सबैभन्दा बढी घाटा असोज ३० देखि कात्तिक १४ गतेको अवधिमा भएको छ। यो अवधिमा निगमलाई एक अर्ब चार करोड घाटा भएको थियो। साउन १६ देखि साउन ३० सम्म १५ करोड घाटा भएको थियो। हाल १५ दिनमा निगमले ४१ करोडको घाटा व्यहोरिरहेको छ।प्रतिव्यारेलमा एक डलर मूल्य वृद्धि हुँदा मासिक १७ करोड घाटा छ।

 

भदौदेखि असोजसम्ममा प्रतिब्यारेल बढेको तीन डलरका कारण मासिक ४५ करोडभन्दा बढी घाटा भएको थियो। विनियमदर एक रुपैयाँ प्रतिडलरले वृद्धि हुँदा निगमलाई महिनामा करिब १५ करोडभन्दा बढीको आर्थिक भार थपिन्छ।

 

घाटामा गएपछि अहिले विभागीय मन्त्रालयसँग मूल्य स्थिरीकरण कोषबाट साढे तीन अर्ब रुपैयाँ उपलब्ध गराइदिन छलफलसमेत गरेको छ। कोषको अध्यक्ष विभागीय मन्त्री हुन्छन्। ‘घाटा पूर्तिका लागि मन्त्रालयसँग साढे तीन अर्ब रुपैयाँ उपलब्ध गराइदिन प्रस्ताव गरिसकेका छौं’, प्रवक्ता गोइतले भने, ‘माग गरिएको रकम प्राप्त भयो भने घाटा कम हुन्छ।’ नोभेम्बर १६ मा आएको मूल्यसूचीअनुसार पेट्रोलमा केही नाफा भएको छ। डिजेल र खाना पकाउने ग्यासमा घाटा छ।’

 

नोभेम्बर १६ मा आईओसीबाट प्राप्त मूल्य सूची घटेर आएकाले अहिले भइरहेको घाटादर तुलनात्मकरूपमा केही समायोजन हुन्छ। त्यसपछि डिसेम्बर १ मा आउने नयाँ मूल्य सूचीअनुसार मूल्य समायोजन गर्न सहज हुनेछ। हालको मूल्य सूचीअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ ६९ पैसा नाफा छ। डिजेलमा प्रतिलिटर एक रुपैयाँ ९० पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डरमा पाँच सय सात रुपैयाँ घाटा छ।

 

ट्यांकरबाट इन्धन चोरी

आईओसीको सहकार्यमा नेपाल आयल निगमले लगाएको ताल्चा फोडेर ट्यांकरबाट इन्धन चोरी भएको छ। निगमका अनुसार बरौनी–विराटनगर रूटमा सञ्चालन भइरहेमने को १ ख ५९६५ नम्बरको ट्यांकरको लकिङ प्रणालीको ताल्चा फोडेर इन्धन चोरी भएको हो।

 

सुखदेव सिंहको नाममा रहेको उक्त ट्यांकरले बरौनी डिपोमा मंसिर १ मा २० हजार लिटर डिजेल लोड लिएको थियो। बिहीबार विराटनगर डिपोमा आइपुग्दा डिजेल अनलोड गर्ने समयमा दुई हजार पाँच सय लिटर कम परिमाणमा इन्धन भेटिएको छ। ट्यांकर धर्मेन्द्र साहले चलाउँदै आएका थिए। निगमले इन्धन चोरी घटना छानबिन गर्न समिति गठन गरेको छ।

 

प्रतिक्रिया दिनुहोस
नेप्सेमा सर्वाधिक वृद्धि, १११ बिन्दुले बढेपछि आजलाई बजार बन्द

    नेप्से परिसूचक आज उच्च अंकले बढेको छ । आज नेप्से एकै

बैंक मिटरब्याजीजस्तो हुनु हुँदैन : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्माले बैंकहरू मिटरब्याजीजस्तो हुन नुहने बताएका छन्

शेयर धितो र घरजग्गा कर्जामा नयाँ नीति

    नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत केही लचक नीतिहरू ल्याएको छ

अध्यक्ष ओलीद्वारा पुष्पलालको शालिकमा माल्यार्पण

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी संस्थापक नेता पुष्पलाल श्रेष्ठको