अब हिन्दू चुप बस्दैनन् , अयोध्यामा दुई लाख राम भक्तको धर्म सभा
भारतको अयोध्यामा आइतबार रामभक्तको धर्म सभा भइरहेको छ । विश्व हिन्दू परिषद विहिपको धर्मसभामा दुई लाख रामभक्त भेला हुने जनाइएको छ । साढे ४ घण्टासम्म चल्ने सभाबाटै विहिपले सरकारसंग राम मन्दिरका लागि अध्यादेश ल्याउन माग गर्नेछ ।
हजारौंको संख्यामा सन्तहरु पनि भेला भएका छन् । अयोध्यामा कुनै दुर्घटना नहोस् भन्नका लागि ७० हजार सुरक्षाकर्मी तैनाथ गरिएको छ । उक्त सभामा भारतीय जनता पार्टी भाजपाका केही चिनिएका नेताहरु पनि सहभागी छन् ।
शिवसेना प्रमुखको हुंकार
यसैबीच शिवसेना प्रमुख उद्धव ठाकरेले पत्रकार सम्मेलन गर्दै आफ्नो अयोध्या यात्रा सफल भएको बताएका छन् । उनले हिन्दू तागतबर भएको र मार नखाने बताएका छन् । उनले चुनावका बेलामा सबैले राम राम भन्ने तर राम मन्दिर अझैसम्म नबनेकाले अब यसलाई लडाइँ लड्ने बताएका छन् ।
उनले कानुन बनाउ वा अध्यादेश ल्याउ तर राम मन्दिर छिट्टै बनाउ भन्दै सरकारसंग आग्रह पनि गरेका छन् । ठाकरेले प्रधानमन्त्री नरेन्द्र मोदीको सरकार मजबुद् भएकाले छिट्टै राममन्दिर बन्ने विश्वास पनि लिएका छन् ।
उनले ‘अब हिन्दू चुप बस्दैनन्’ भन्दै यसका लागि संघर्ष गर्न तयार रहेको पनि बताएका छन् । हिन्दूको भावनामाथि खेलवाड नगर्न समेत उनले चुनौती दिएका छन् । उनले आफू कि मन्दिर जाने कि जेल जाने भनेका छन् । उनले यो सरकार बनोस् वा नबनोस् मन्दिर जरुर बन्ने बताए ।
ज्ञानेन्द्रको डान्समा कोमल र पारस ताली, किन गइनन् हिमानी ?
पूर्व राजपरिवारका सदस्यहरुले दरबारमार्गको एक रेष्टुरेन्टमा पार्टी गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह सहितको टोली नारायणहिटी दरबारनजिकै रहेको त्रिसरा रेष्टुरेन्टमा पार्टी गरेर रमाएका हुन् ।
त्रिसरा रेष्टुरेन्टले पूर्व राजा ज्ञानेन्द्रको परिवार रमाइरहेको तस्बिर सार्वजनिक गरेको हो । आफ्नो फेसबुक पेजमा सार्वजनिक गरिएको तस्बिरमा ज्ञानेन्द्रको परिवार निकै दंग मुद्रामा देखिन्छ । ज्ञानेन्द्रले डान्समा श्रीमती कोमल र छोरा पारसले ताली बजाइरहेको दृश्य देख्न सकिन्छ ।
किन गइनन् हिमानी ?
तस्बिरमा बुहारी हिमानी भने देखिएका छैनन् । रेष्टुरेन्ट स्रोतका अनुसार पार्टीमा ज्ञानेन्द्रको परिवारको सबैभन्दा प्रिय सदस्य हिमान अनुपस्थीत थिइन् । ज्ञानेन्द्र आफ्ना छोरा पारससँग निकै दंग मुद्रामा गफ गरीरहेको दृश्य देखिन्छ ।
चित्रबहादुर केसीले भने नेपालमा राजतन्त्र पूर्नस्थापना हुन्छ
राष्ट्रिय जनमोर्चाले अझैपनि मुलुकमा राजतन्त्र पूर्नस्थापना हुने खतरा रहेको औंल्याएको छ । यसप्रति सबै सचेत हुनुपर्ने उसको अपिल छ ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा पार्टीले आफ्नो अवधारणापत्र सार्वजनिक गर्दै यस्तो खतरा औंल्याएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले भारतमा हिन्दुवादीहरुको सरकार भएकोले नेपालमा पनि पूर्वराजा र राजावादीहरु हिन्दू धर्मको नामबाट जनतामा भ्रम फैलाउन अभ्यस्त रहेको गम्भिर आरोप लगाए ।
उनले भने,‘अहिले पूर्वराजा र राजवादीहरु नेपालमा धर्मको नाममा राजनीति गरिरहेका छन् । र, भारतको अनुकुलतामा नेपालमा संघीयता आएकोले यो व्यवस्था कमजोर हुन्छ । त्यही कमजोरीमाथि टेकेर राजतन्त्र व्यँतिने खतरापनि उत्तिकै छ । संघीयता खारेजी नगरिकन नेपालमा गणतन्त्र सुदृढ हुने अवस्था देखिँदैन् ।’ कार्यक्रममा पार्टीको अवधारणापत्र अध्यक्ष केसीले वाचन गरेका थिए ।
कार्यक्रममा नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले सही वस्तुगत अवस्था नभई जनवादी गणतन्त्र आउने अवस्था नभएको हुँदा तत्काल् यही गणतान्त्रिक व्यवस्थालाई नै सुदृढ गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।