प्रदेश सभा निर्वाचनका स्वतन्त्त उम्मेदवार चौधरीको गोली हानी हत्या



हाम्रो इकोनोमि

 

प्रदेशसभाको निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट प्रदेश सभा सदस्यको स्वतन्त्र उम्मेदबार रहनु भएको दिपेन्द्र कुमार चौधरी को गोली हानी हत्या भएको छ । युवाहरुको दुई समूहबीच भइरहेको झडप मिलाउन जाँदा चौधरीमाथी गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

 

चौधरीको शरिरका विभिन्न भागमा पाँच गोली लागेको प्रहरीले जनाएको छ। घटना गएराति ९ बजेतिर भएको र घटना लगत्तै उनलाई उपचारका लागि युनिभर्सल मेडिकल कलेज भैरहवा लगिएको भएपनि दश बजेतिर निधन भएको प्रहरी नायव उपरिक्षक प्रवि रावलले जानकारी गराउनभुयो । प्रहार गरी हत्या गरिएको छ। जिल्लाको शुद्धोधन गाँउपालिका(४ मोतीभारीस्थित घर नजिकै चौधरीमाथी गोली प्रहार भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...