गाउँपालिकाको अध्यक्षले डाक्टरलाई दिए ज्यान मार्ने धम्की



 

लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कालाई स्वास्थ्यकर्मीको ज्यान लिने धम्की दिएको आरोप लागेको छ । गाउँपालिका अध्यक्ष खड्काले टेलिफोन गरी ज्यान लिने धम्कि दिएको आरोप प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीले लगाएको हो ।

 

प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीका निमित्त प्रमुख डा. राकेशकुमार दासले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी अध्यक्षले फोन गरेर ज्यान लिने धम्की दिएको बताएका छन् । अध्यक्षमाथि कारबाहीको माग गर्दासमेत सम्बन्धित निकायले ध्यान नदिएकोले आफू असुरक्षित भएको उनको विज्ञप्तिमा उल्लेख छ ।

 

विज्ञप्तिमा अध्यक्ष खड्कामाथि कारबाहीको लागि ०७५ मंसिर ४ गते नै स्वास्थ्य केन्द्र व्यवस्थापन समितिको निर्णयसहित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, मन्थली नगरपालिका, स्वास्थ्य सेवा विभाग र नेपाल मेडिकल एशोसिएशनमा अनुरोध गरेकोमा हालसम्म पनि कारबाही नभएको उल्लेख छ ।

 

उनीमाथि कारबाही नभए स्वास्थ्य संस्थाबाट दिइरहेको २४ घण्टे प्रसुति सेवा तथा आकस्मिक सेवाबाहेकका सेवा बन्द गर्ने चेतावनी डा. दासले दिएका छन् ।

 

गत कात्तिक २० गते प्राथमिक स्वास्थ्य केन्द्रले लिखु तामाकोसी गाउँपालिका ३ कि ३९ वर्षीया झलमाया श्रेष्ठको शव पोष्टमार्टम गरेपछि अध्यक्ष खड्काले धम्की दिएको डा. दासले बताएका छन् । अध्यक्षले आफूले भनेअनुसार रिपोर्ट नदिएको भन्दै बारम्बार फोनबाट धम्की दिएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

 

गाउँपालिका अध्यक्ष खड्काले भने भने प्रहरी र प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सकले मिलेमतोमा गलत पोष्टमार्टम रिपोर्ट दिएको आरोप लगाउँदै आएका छन् ।

 

मन्थलीमा गरिएको पोष्टमार्टम रिपोर्टमा चित्त नबुझेकै कारण मृतकको पुन पोर्टमाार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लास पुर्‍याएको उनले बताए । उनले श्रेष्ठको हत्या भए पनि प्राथमिक स्वास्थ्य केन्द्रले आत्महत्या भनी गलत रिपोर्ट दिएको दावी गरेका छन् ।

झलमाया श्रेष्ठको लास गते कात्तिक १९ गते आफ्नै घरको बुइँगलमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।

हिमचितुवा संरक्षण अभियान

मुस्ताङमा लोपोन्मुख अवस्थामा रहेको हिमचितुवा संरक्षणका लागि मुस्ताङमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । मानवसँगको द्वन्द्व, आहारा र बासस्थानको अभाव, प्रतिकूल वातावरणका कारण लोपोन्मुख अवस्थामा पुगेको हिमालको ‘रानी’ भनेर चिनिने हिमचितुवाको बासस्थान वरपरका बस्तीमा संरक्षण अभियान चलाइएको हो ।

थर्ड पोल कञ्जरभेन्सी, रुफड फाउण्डेशन, स्नो लियोपार्ड कञ्जरफेन्सी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एकयाप) सँगको सहकार्यमा मोडिफिकेशन जोमसोमले समुदाय, विद्यालय र कृषिस्तरमा हिमचितुवा संरक्षणका लागि विभिन्न गतिविधि गर्दै आएको छ ।

हिमचितुवा गणना, बासस्थानको पहिचान र संरक्षणका लागि गत हप्ता समुन्द्री सतहदेखि तीन हजार ५०० देखि चार हजार मिटरको उचाइमा अवस्थित लुप्राको लेकमा विद्यार्थी र संरक्षण शिक्षकलाई हिमचितुवाको गणनाका लागि क्यामेरा ट्यापिङ गर्ने प्रविधिका बारेमा स्थलगत तालीम दिइएको छ ।

तीन दिनसम्म सञ्चालन भएको उक्त कार्यक्रममा १० जना विद्यार्थी र पाँच जना शिक्षकलाई हिमचितुवाको महत्वका बारेमा जानकारी गराउनुका साथै गणनाका लागि क्यामेरा ट्यापिङ गर्ने विषयमा प्राविधिक ज्ञान, सीप प्रदान गरिएको स्नो लियोपार्ड कञ्जरभेन्सीका प्रतिनिधि पेमा गुरुङले बताउनुभयो ।

गुरुङ, एक्यापकी रेञ्जर धनु गुरुङ र थर्ड पोल कञ्जरभेन्सीकी जमुना प्रजापतिले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । जनशान्ति मावि कागबेनी, लुप्रा आधारभूत विद्यालय, धवलागिरि आवासीय विद्यालय जोमसोम, जनहित मावि जोमसोम र जनकल्याण आधारभूत विद्यालय स्याङका शिक्षक विद्यार्थीले हिमचितुवाको चित्र प्रदर्शनीका साथै कविता वाचन गरेका थिए ।

मुस्ताङको ठिनी, छुसाङ, चराङ, घमी, सुर्खाङ, लोमान्थाङ, छोन्हुप र छोसेरको माथिल्लो क्षेत्रमा हिमचितुवाको बासस्थान रहेको छ । केही वर्षअघि गरिएको क्यामेरा ट्यापिङका क्रममा ठिनी क्षेत्रमा चार वटा हिमचितुवा भेटिएको थियो ।

भेडा, च्याङ्ग्रालगायत घरपालुवा बस्तुभाउमाथि आक्रमण गर्नेक्रमसँगै पछिल्लो समय मुस्ताङका कृषक र हिमचितुवाबीच बढेको द्वन्द्व हिमचितुवा संरक्षणका लागि चुनौती बनेको छ । द्वन्द्व न्यूनीकरणको उपाय पहिचान गरेर हिमचितुवा संरक्षणका लागि समुदायस्तरमा जनचेतनामूलक गतिविधि गरिएको मोडिफिकेशन जोमसोमका अध्यक्ष नीरज थकालीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्