पाल्पाले किसानलाई बिउ वितरण



 

 

रम्भा गाउँपालिका पाल्पाले किसानलाई अनुदानमा बीउवितरण गरेको छ ।

गाउँपालिकाभित्रका पाँचवटै वडाका किसानलाई मागका आधारमा उन्नत जातको आलु तथा गहुँको बीउ वितरण गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

गाउँपालिकाभरिका किसानलाई तरकारी खेतीमा आत्मनिर्भर गराउन ५० प्रतिशत अनुदानमा भृकुटी र गौतम जातको गहुँ तथा कार्डिनल जातको आलुको बीउ वितरण गरिएको हो । गाउँपालिकाभित्र २२० क्विन्टल आलु तथा दुई हजार ५६० किलोग्राम गहुँको बीउ वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

रम्भा गाउँपालिकाको वडा नं १ हुँगी, वडा नं ३ को पिपलडाँडा गहुँ उत्पादनका लागि राम्रो क्षेत्र मानिन्छ । वडा नं ५ ताहुँ, वडा नं १ हुँगी–३ को पिपलडाँडा, वडा नं ४ हुमिन आलु खेतीका लागि प्रशस्त सम्भावना रहेको क्षेत्र मानिन्छ ।

गाउँपालिकाको ५० प्रतिशत र किसानले ५० प्रतिशत लगानी गरी आलुमा रु पाँच लाख २९ हजार २०० तथा गहुँमा रु एक लाख ६६ हजार ४०० गरी रु छ लाख ९५ हजार ६०० को बीउ खरिद गरिएको किसान एवत सारुले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
सामान्य सुधारले अर्थतन्त्रका समस्या समाधान हुने देखिएन : प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका समस्या समाधान सामान्य सुधारका उपायबाट हुने

गण्डकी पुग्यो एमालेको समृद्धिका लागि संकल्प यात्रा

    झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म मृद्धिका लागि संकल्प यात्रा अघि बढाएको नेकपा एमाले अध्यक्ष

नेपाललाई असफल देश बनाउन खोजिएको छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्थामाथि औंला ठड्याउनेविरुद्ध सबै

न्यूरोडबाट तस्करीको ८ किलो सुन बरामद

    काठमाडौंको न्यूरोडमा तस्करीको सुन गाल्ने एक कारखानामा प्रहरीले छापा मारेको छ