पार्टीभित्रैबाटै मेरो हुर्मत लिने काम भयो भन्दै ओलीले पार्टी फुट्ने सुनाए यस्तो गोप्य कुरा,नेकपा भित्र यसरी दन्कियो भुसको आगो



 

प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केही नेताहरुबाट आफ्नो र सरकारको हुर्मत लिने काम सुरु भएको आरोप लगाएका छन्। र यहि ताल रहिरहे पार्टी फुट्ने संकेत समेत ओलीले दिएका छन्।

 

केन्द्रीय समिति बैठकको माग गर्दै पार्टीका १८ जना केन्द्रीय सदस्यहरुले बुझाएको ज्ञापनपत्रका सम्बन्धमा अप्रत्यक्ष टिप्पणी गर्दै ओलीले यस्तो आरोप लगाएका हुन्।

 

‘केही केन्द्रीय सदस्यहरुले ज्ञापन पत्र बुझाएका रहेछ, यो कुरा मैले सबैभन्दा पहिले मिडियाबाट थाहा पाएँ’ बालुवाटारस्थित आफ्नो सरकारी निवासमा बिहीबार पार्टी केन्द्रीय सचिवालय बैठकको अध्यक्षता गर्दै ओलीले भने, ‘जसरी हुन्छ, मेरो हुर्मत लिने काम सुरु भएको छ, यो काम पार्टीभित्रैबाट पनि हुन थालेको छ।’

 

स्रोतका अनुसार, १८ केन्द्रीय सदस्यहरुको ज्ञापन पत्रले आफू र सरकारको मात्र होइन, परिवर्तनबाट प्राप्त उपलब्धिको समेत हुर्मत लिने काम गरेको संकेत ओलीले गरेका थिए।

 

‘सरकारको मात्र होइन, परिवर्तनबाट प्राप्त उपलब्धिकै हुर्मत लिने कामपनि पार्टीभित्रैबाट हुन थाल्यो’ ओलीको भनाई थियो, ‘पार्टीभित्रैबाट यस्तो हुनु चिन्ताजनक कुरा हो।’

 

केन्द्रीय समिति बैठकको माग गर्दै केन्द्रीय सदस्यहरुले बुझाएको ज्ञापनपत्रमाथि ओली नकरात्मक रुपमा प्रस्तुत भएपछि वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायत नेताले ‘केन्द्रीय सदस्यहरुले उठाएका एजेण्डाहरुमाथि छलफल गरौँ’ भनेका थिए।

 

‘पार्टी एकता, सरकारको काम कार्वाहीबारे छलफलको एजेण्डा छँदैछ’ श्रेष्ठले भनेका थिए, ‘तपाईंले पार्टी अनुशासनको कुरा पनि उठाउँदै आउनु भएको छ। त्यसैले, सरकारको काम कारवाही, पार्टी एकता, केन्द्रीय सदस्यहरुको माग र तपाईंले उठाउनु भएको पार्टी अनुशासनको विषयलाई पनि बैठकको एजेण्डामा राखेर छलफल गरौँ।’

 

ओलीले केन्द्रीय सदस्यहरुको मागप्रति असन्तुष्टि र अन्य नेताहरुले उपरोक्त विषयलाई पनि बैठकको एजेण्डा बनाउनुपर्ने माग गरेपनि त्यस विषयमा हिजोको बैठकमा थप छलफल चाहिँ भएन।

 

हिजोको बैठकमा प्रदेश कमिटीलाई पूर्णता दिन गठन गरिएको कार्यदलको प्रतिवेदन पेश हुनुका साथै त्यस सम्बन्धमा छलफल भएको थियो। बैठक आजपनि बस्ने कार्यक्रम छ।

 

निर्मला हत्या प्रकरणः ‘धर्नास्थलमा नेताको ओइरो, प्रहरी भन्छ, ‘अनुसन्धानमै छौं’

कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कार्वाहीको दायरामा ल्याउन माग गर्दै लामो समयदेखि दौडधुपमा रहेका उनका बुबा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्त अन्ततः दबाबका निम्ति धर्नामा बसेका छन् ।

 

यसअघि काठमाडौँ पुगेर प्रधानमन्त्रीदेखि गृहमन्त्री हुँदै प्रतिपक्षी दलका नेतासम्मलाई छोरीको हत्यारालाई कार्वाहीको गुहार मागेका निर्मलाका बुवा÷आमाले हत्यारालाई सार्वजनिक गर्न माग गर्दै दुई सातादेखि जिल्ला प्रशासन कार्यालयको मुख्य प्रवेशद्वार अगाडि धर्नामा बसेयता सांसद, नेतादेखि आम सर्वसाधारणको ध्यान त्यहाँ केन्द्रित भएको छ ।

विहीबार बेलुकासम्म धर्नास्थलको नोटकपीमा करीब एक हजार बढीले न्यायको आन्दोलन भन्दै ऐक्यबद्धता जनाएका छन् ।

 

गृह नगरको प्रशासन अगाडि धर्ना बसेका बुबा आमालाई भेट्न पछिल्लो केही दिनयता राष्ट्रियस्तरका नेताको दौडधुप बढी देखिएको छ । धर्नास्थल पुग्ने सांसद तथा नेतामध्ये प्रतिपक्षी दल नेपाली कांग्रेसका बढी छन् ।

 

धर्ना बसेको तेस्रो दिन नै प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्र्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले धर्नास्थलमै पुगेर हत्यारा सार्वजनिक गर्न माग गर्दै उक्त दबाबमूलक धर्नामा ऐक्बद्धता जनाए ।

 

यहाँ आउने नेताहरूले निर्मला प्रकरणमा सरकार गम्भीर नबनेको आरोप लगाउँदै आएका छन् ।
केही दिनअघि सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह धर्नास्थल पुगे । संघीय र प्रदेश सरकार घटनाप्रति गम्भीर रहेको बताउँदै नयाँ दिशाबाट अनुसन्धान भइरहेको जानकारी दिए ।

 

उनले धर्नामा बसेका निर्मलाका अभिभावकलाई आफ्नो स्वास्थ्यप्रति ख्याल राख्न आग्रह गर्दै फर्किए । हत्यारा सार्वजनिक गर्न माग गर्दै शुरुवातदेखि नै आन्दोलन गर्दै आएको दबाब समूह र महिला अधिकारकर्मीको साथ रहेको धर्नामा स्थानीयवासीदेखि नागरिक अगुवा पनि पुगेर सर्मथन जनाउँदै आएका छन् ।

 

धर्नामा सर्मथन जनाउन बुधबार भीमदत्तनगर पुगेका सांसद एवं नेपाली कांग्रेसका युवा नेता गगन थापाले निर्मलाको हत्यारालाई कार्वाहीका निम्ति स्थानीयस्तरमा बढेको दुःखेसो प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा समक्ष पुर्‍याउने बताए ।

धर्नास्थल पुगेर नेता थापाले निर्मलाका बुबा आमाप्रति सहानुभूति व्यक्त गर्दै न्याय नपाउँदासम्म दबाब जारी रहने र आफूहरुको साथ रहने बताए ।

 

त्यसैगरी धर्नालाई बिहीबारदेखि नेकपा (क्रान्तिकारी माओवादी) ले समेत समर्थन जनाउँदै महिला तथा बालबालिकामाथि घटिरहेका घटनाप्रति सरकार गम्भीर बन्न आग्रह गरेको छ भने नयाँ शक्ति पार्टीले पनि धर्नामा ऐक्बद्धता जनाएको छ । धर्नामा रहेका नयाँ शक्ति पार्टीकी नेतृ माया नेगीले न्याय नपाउँदासम्म दबाबका लागि धर्ना जारी रहने बताइन् ।

 

स्थानीय प्रशासनले धर्नामा बसेका निर्मलाका बुबा आमालाई स्वास्थ्यप्रति ख्याल गर्न आग्रह गरिरहेको भए पनि घटना अनुसन्धानबारे कुनै जानकारी नदिने गरेको नेगीको भनाइ छ ।

 

पछिल्लो समय निर्मलाका बुबा आमाको स्वास्थ्य अवस्था बिग्रँदै गइरहेको छ । ‘हामीलाई न्याय मिल्छ कि मिल्दैन, तपाईंहरुले संसदमा आवाज सशक्त बनाई दिनुपर्‍यो’, निर्मलाकी आमा दुर्गादेवीले कांग्रेस नेता गगन थापासँग भनिन्, ‘हामीलाई गरिएको उपेक्षाले न्याय पाउनेमा शंका बढ्दै गएको छ ।’

 

गत कात्तिक २५ गतेदेखि धर्नामा बसेका पीडित परिवारलाई भेट्न बिहीबार सांसद एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्र्रौलासहितको टोली यहाँ आइपुगेको छ । धर्नामा ऐक्यबद्धता जनाउँदै कांग्रेस नेतृ संग्रौलाले पत्रकार सम्मेलन नै आयोजना गरेर निर्मला हत्या प्रकरण गम्भीर र रहस्यमय बन्दै गएको बताइन् ।

 

अनुसन्धानमै छौं : प्रहरी 
निर्मला हत्या प्रकरणमा गत भदौको पहिलो साता हत्या आरोपमा भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई प्रहरीले अभियुक्त भन्दै सार्वजनिक गरेपछि तरङ्गित बनेको प्रकरणमा अहिले प्रहरीले धेरै कोणबाट अनुसन्धान गरिरहेको छ ।

 

मानसिक सन्तुलन ठीक नभएका विष्टलाई अभियुक्त बनाएको भन्दै जनआक्रोश बढ्दै गएपछि तत्काल गृह मन्त्रालयको उच्चस्तरीय छानबिन टोलीदेखि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीसम्मले उच्चस्तरबाट घटनाको छानबिन थाल्यो ।

 

अभियुक्त भनिएका विष्टको डिएनए रिपोर्ट ‘नेगेटिभ’ आएपछि प्रहरीले विभिन्न अनुसन्धान टोली बनाएर सुक्ष्मरूपमा अनुसन्धान गरिरहेको भए पनि कुनै प्रगति केही हासिल भइनसकेको बताएको छ ।

 

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (हाल बर्खास्त) डिल्लीराज विष्टदेखि करीब एक दर्जन बढी युवाको डिएनए परीक्षण गरिसकेको प्रहरीले रिपोर्ट ‘नेगेटिभ’ आएपछि अनुसन्धान थप जटिल बन्दै गएको छ ।

 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले घटनाको अनुसन्धान भइरहेको बताए । ‘घटनाको सुक्ष्मरूपमा धेरै विधि र प्रक्रिया अपनाएर अनुसन्धान चलिरहेको छ’, उनले भने । गत साउन १० गते साथीको घरबाट गृहकार्य गरेर घर फर्किन लागेकी निर्मलाको साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री ओली अस्वस्थ

  प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका छन्। प्रधानमन्त्री ओलीलाई सोमबार बेलुकीदेखि ज्वरो

राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी

  राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी भइरहेको छ ।  गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा

पोखरामा रास्वपाको प्रदर्शन

  सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा समर्थकहरूले भने प्रतिशोधपूर्ण

फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

    प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल