एघार महिनामा दुई र तीन वर्षीया ३३ नाबालिका बलात्कृत



 

सप्तरीमा ११ महिनाको अवधिमा बलात्कार र बलात्कार प्रयासका ६० घटना भएको पाइएको छ। तथ्यांक अनुसार बलात्कारका ३२ घटनामा दुई र तीन वर्षीया ३३ नाबालिका पनि यौनहिंसाको शिकार भएका छन्।

 

राजविराजमा नेपाल मानवअधिकार वर्षपुस्तक २०१९ का लागि सप्तरीमा संकलित मानवअधिकार उल्लघंन र ज्यादतीका घटनाको प्रकाशन पूर्व आयोजित वार्षिक समीक्षामा इन्सेक सप्तरीले यस्तो तथ्यांक सार्वजनिक गरेको हो।

 

उक्त प्रतिवेदनमा बालिका बलात्कारका ३२ र यौन दुव्र्यवहारका १३ घटना भएको उल्लेख छ।त्यस्तै, महिला बलात्कारका ११ र यौन दुर्व्यवहारका चार घटना भएको प्रतिवेदनमा उल्लेख छ।

 

बलात्कारका यी घटनामा १२ वर्षीय बालकदेखि ६५ वर्षीय वृद्धसमेत संलग्न भएको पाइएको छ। जसमा ४३ जना आरोपितमध्ये १७ जना थुनामा छन् भने ११जनाविरुद्ध वारेण्ट जारी गरिएको छ। यी घटनाका ६ अभियुक्त फरार छन्।

 

त्यस्तै यौनहिंसामा संलग्न आरोपिमध्ये २ जना बालकलाई संरक्षकको जिम्मा लगाइएको छ। त्यस्तै २ बालकको कैदसजाय स्थगन भएको छ।ती घटनामा संलग्न ३ जनाले सफाइ पाए भने एकजना धरौटीमा रिहाइ भएका छन्।अर्का एकजना पक्राउ परेका छन्।

 

बालिका यौन दुर्व्यवहारका १३ घटनामा ३ र ६ वर्षका बालिकासमेत पीडित बनेका छन्। आरोपित १३ वर्षीयदेखि ६५ वर्षीयसम्म १६ जना छन्। जसमध्ये तीनजना बालक बालसुधार गृहमा, एक संरक्षकको जिम्मामा र एक बालक थुनामा छन्। एकजनालाई कैद सजाय, ५ थुनामा, १ जनामाथि वारेण्ट जारी, १ जना फरार छन् भने ३ जना धरौटीमा रिहा भएका छन्।

 

महिला बलात्कारका ११ घटनामा १९ वर्षीयादेखि ७० वर्षीयासम्म पीडित बनेको घटना अभिलेख गरिएको छ। आरोपित २४ जनामा १७ वर्षीयदेखि ६५ वर्षीयसम्मका रहेका छन्।

 

जसमध्ये १० जना थुनामा, ७ जना फरार, ६ जनामाथि वारेण्ट जारी भएको छ भने १ जनाले सफाइ पाएका छन् । महिला यौन दुर्व्यवहारका ४ घटनामा ४ महिला पीडित र ५ आरोपित देखिएको छ।

आरोपितमध्ये २ जनामाथि वारेण्ट जारी, २ जना धरौटीमा रिहा भए भने १ जनाले सफाइ पाएका छन्।

 

बहुविवाहका घटनामा समेत निकै वृद्धि भएको छ। एक वर्षको अवधिमा बहुविवाहका २० घटनामध्ये २ जना थुनामा, १० जना धरौटीमा रिहा, ८ जनाविरुद्ध म्यादी पूर्जी जारी र १९ जना फरार छन्। हालै १ जना भने पक्राउ परेका छन्।

 

कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार गरेको पाँच घटनामा १ थुनामा, ३ जना धरौटीमा रिहा भए भने १३ जना विरुद्ध म्यादी पूर्जी जारी भएको छ। गर्भपतनको १ आरोपित धरौटीमा रिहा भए भने अर्को १ घटनामा १ जना धरौटीमा रिहा र ५जना विरुद्ध म्यादी पूर्जी जारी भएको छ।

 

यसैगरी बालविवाहका ३, बालिका अपहरणको २, अस्पताल तोडफोडको २, शिक्षकमाथि दुव्र्यवहारको २ तथा बालक कुटपिट, विद्यालय तोडफोड, धम्की र यातनाका १÷१ घटना समेत सार्वजनिक गरिएको छ।

 

प्रेम गरेको आरोपमा घरबाट निकालिएकी १४ वर्षीया एक बालिकालाई अधिकारकर्मी र प्रहरीको प्रयासमा ५७ दिनपछि बुवाआमाको जिम्मा लगाइएको छ। घरेलु हिंसाका संकलित २७ वटा नमूना घटनामध्ये ९ घटनामा सहमति, एउटा अदालतमा चालू र अदालत पुगेको एउटामा मिलापत्र भएको छ।

 

त्यस्तै ३ घटनामा अदालतबाट अन्तरिम संरक्षणात्मक आदेश जारी भएको छ। ३ घटनामा चारजना धरौटीमा, एकजना साधारण तारेखमा रिहा भए भने चारजना विरुद्ध म्यादी पूर्जी जारी भएको छ। एक घाइतेका पतिले उजुरी गर्न रोके भने नौ घटनामा सहमतिको प्रयास भइरहेको छ।

 

वर्षको चर्चित घटना

 

यस अवधिमा बढी चर्चामा रहेका घटनामा एक बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा उनका दाजु पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा परेका छन्। बालिका बलात्कारका आरोपित सहोदर काका फरार छन्। दसैंका दिन एकल महिलाको बलात्कार पछि हत्या भएको आरोपमा ४ जना पक्राउ परेका छन्।

 

एक महिला हत्या आरोपमा श्रीमान र ससूरा गिरफ्तार छन्। एक गर्भवती महिलाको हत्या आरोपमा परिवारकै ५ जना थुनामा छन्, सोही घटनामा हत्या भएको भनिएकी उनकी छोरी र श्रीमानको शव फेला परेको छैन।

 

आफ्नै परिवारका सदस्यद्वारा २ पुरुषको हत्या भएको घटनामा तीनजना थुनामा छन्। वाइसिएल वडा सहसंयोजकको हत्या घटनामा १ जना थुनामा र १ जनालाई संरक्षकको जिम्मा लगाइएको छ, अन्य १३ जना फरार छन्।

 

वडा अध्यक्षले १ जनालाई धम्की दिएको र प्रहरीले यातना दिएको एउटा घटना पनि सार्वजनिक भएको छ।कार्यक्रममा जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाले सबैले आ-आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्ने बताए।

 

जिल्ला बार इकाई सप्तरीका अध्यक्ष रामप्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका प्रदेश निर्देशक बिरबहादुर मगर, इन्सेक प्रदेश संयोजक राजु पासवान, नेकपाका नेता अब्दुल मजिद साकिर, संघीय समाजवादी फोरमका जिल्ला सचिव केदार यादव, स्रेस्तेदार दिलकुमार वर्देवा, एसपी राजेन्द्र विष्ट, नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले जिल्लाको अवस्थाबारे चिन्ता व्यक्त गर्दै हिंसा नियन्त्रणका लागि समन्वय र सहकार्यका साथ सबैको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस
राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक

    निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले माघ

गणतन्त्रविरोधी हर्कतलाई हामीले सामूहिकरूपमा जवाफ दिन जरुरी : कावा प्रधानमन्त्री खड्का

    कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली तुलनात्मक

कांग्रेस प्रचण्डपथको भरिया बनेको छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल

यो सरकार आफैँ ढल्न सक्छ : अध्यक्ष ओली

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कुनै पनि