आजदेखि सवारी लाइसेन्स आवेदन खुला, घरमै बसेर फारम भर्न सकिने



हाम्रो इकोनोमि

 

एक महिनादेखि बन्द सवारी अनुुमति पत्र लाइसेन्सको आवेदन आज शुक्रबारदेखि खुलेको छ । दसैं, तिहार तथा छठ जस्ता चाडपर्वका कारण लाइसेन्सको अनलाइन आवेदन बन्द भएको थियो । तर, नयाँ ट्रायल र फारम नखुले पनि रिट्रायल भने दसैंलगत्तै सुचारु गरिएको थियो ।
यातायात व्यवस्था विभागका सूचना अधिकारी गोकर्ण उपाध्यायका अनुसार लाइसेन्स आवदेन खुलाउन सबै तयारी पूरा भइसकेको बताए ।

 

‘लामो समयको अन्तरालपछि खुल्ने अनलाइन लाइसेन्स आवेदनले विभागको साइट तथा अन्य प्राविधिक समस्या आउन सक्ने भन्दै सजकतासमेत अपनाएका छौं ।’ उनले भने, ‘आवदेकले आज १० बजेपछि विभागको वेबसाइटमा गएर अनलाइन सवारी चालक अनुमतिपत्र क्लिक गरी अनलाइन फारम भर्न सक्नेछन् ।’

 

अनलाइन फारम भर्दा तथा आवेदन दिँदा सेवाग्राहीलाई कुनै पनि बाधा तथा अवरोध नपरोस् भन्ने हिसाबले यातायात विभागले विभिन्न यातायात कार्यलायका दुई दर्जन कर्मचारीलाई तालिम दिएको छ । कुनै पनि प्राविधिक समस्याले आवेदनमा समस्या नआउने विभागका कर्मचारीको भनाइ छ ।

 

विभागका महानिर्देशक लावण्यकुमार ढकाल पेन्डिङमा रहेका करिब ६ लाख चालकलाई लाइसेन्स अब चाढै उपलब्ध हुने बताउँछन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मालिका नामक कम्पनीलाई स्मार्ट लाइसेन्स छाप्ने जिम्मा दिएको थियो ।

 

गत केही हप्ता अगाडि पेन्डिङमा रहेका ६ लाख सेवाग्राहीलाई लाइसेन्स उपलब्ध गराउन मालिका कम्पनीलाई दिए पनि लाइसेन्स छपाइको अवस्था उस्तै छ । तर विभागबाट लाइसेन्स लिनुपर्ने पेन्डिङमा रहेका ६ लाखले अझै लाइसेन्स पाएका छैनन् । पुराना पाइपलाइनमा रहेको मागलाई पूरा गर्न सकिरहेको छैन । मन्त्रालयले छपाइको काम उक्त कम्पनीलाई अहिलेसम्म हस्तान्तरण गर्ने सकेको छैन । यस विषायमा यातायात विभाग अन्योलमा छ ।

 

मध्य मेवाखोला जलविद्युत् आयोजना बन्ने

मिक्वाखोला गाउँपालिकास्थित साविकको साँवा र लिवाङ गाविस भएर बग्ने मेवाखोलाबाट ४९ मेगावाटको मध्य मेवाखोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।

मेवा डेभलपर्स प्राइभेट लिमिटेडले आगामी पाँच वर्षभित्रै आयोजना निर्माण गरिसक्ने गरी प्रारम्भिक चरणका कार्य थालनी गरेको छ । करीब नौ अर्बको लागत अनुमान गरिएको आयोजना निर्माणका लागि उक्त कम्पनीले दुई वर्षअघि नै सर्वेक्षण अध्ययन अनुमति लिई विस्तृत अध्ययन गर्दै आएको छ ।

हाल आयोजनाका लागि सडक विस्तार भइरहेको छ भने जग्गा खरिद र पिपीएको कार्य सकिएको कम्पनिका इञ्जिनीयर भानु पोख्रेलले बताउनुभयो । उहाँका अनुसार अबको एक वर्षभित्रै आयोजनाको निर्माण कार्य शुरु गरिनेछ । कम्पनीले मङ्सिर ५ गते आयोजना प्रभावित क्षेत्रका स्थानीयसँग अन्तक्र्रिया गरेको जनाएको छ ।

यस्तै फुङ्फुङगे झरना छेउमा इनटेक र लिवाङको नावामा पावर हाउस राख्ने कम्पनीको लक्ष्य रहेको आयोजनाका अध्यक्ष तथा सांसद वसन्तकुमार नेम्वाङले बताउनुभयो । तीन महीनाभित्र परियोजनाको आइइ प्रतिवेदन आउने इञ्जिनीयर पोख्रेलले जानकारी दिनुभयो । फुङ्फुङगे झरना छेउमा ८७ मिटर लम्बाइ र २० मिटर चौडाइको बाँध बाँध्ने, छ किलोमिटर सुरुङ निर्माण गरिने कम्पनीको भनाइ छ ।

आयोजनाका विभिन्न संरचनामा पुग्न हेडबक्सबाट पावर हाउससम्म करीब आठ किलोमिटर सडक र ढुङ्गेसाँघु सवस्टेशनसम्मको १३२ केभीको करीब १३ किलोमिटर प्रसारण लाइनसमेत निर्माण गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...