बस दुर्घटना अपडेट : ज्यान गुमाएका १८ जनाको सनाखत



हाम्रो इकोनोमि

 

डडेल्धुरा–डोटी जोड्ने डा केआई सिंह राजमार्गको रडुवा खोलामा विहीबार साँझ भएको डोटीको शिखर नगरपालिकास्थित पिसजोन एकेडेमी स्कूलको बस दुर्घटनामा परी ज्यान गुमाएका १८ जनाको सनाखत सनाखत भएको छ ।

ट्राफिक प्रहरी पोष्ट डडेल्धुराका प्रमुख प्रहरी नायब निरीक्षक गणेश नागारीले दिनुभएको जानकारीअनुसार दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा कैलाली गोदावरी नगरपालिका–२ का २१ वर्षीय केशव कडायत, सोही नगरपालिका–१० की २० वर्षीया शारदा कडायत, डोटी शिखर नगरपालिका–७ का २२ वर्षीय योगेन्द्र बोहरा, सोही नगरपालिका–७ का २४ वर्षीय शङ्कर जोरा, सोही नगरपालिका–८ की २२ वर्षीया शारदा रावत, कैलाली धनगढी उप–महानगरपालिका–२८ का नारायण चौधरी, डोटीको दिपायल सिलगढी नगरपालिका–४ की ३५ वर्षीया शशी विक, सोही नगरपालिका–११ की २५ वर्षीया गोदा भाट, सोही नगरपालिका–८ का ४० वर्षीय कैलाश रावल, सोही ठाउँका ४० वर्षीय योगेन्द्र रावलको सनाखत भएको छ ।

 

त्यसैगरी डडेल्धुराको नवदुर्गा गाउँपालिका–३ का २२ वर्षीय चक्र धामी, डोटी शिखर नगरपालिका–१० का रोहित बलायर, डडेल्धुरा जिल्ला गन्यापधुरा–३ का ३० वर्षीया माया रावल, कैलाली गोदावरी–१० का पुरन कठायत, डडेल्धुरा नवदुर्गा गाउपालिका ३ का १७ वर्षीय तीलक खाती, सोही ठाउँका ३० वर्षीय तेज धामी, डोटी शिखर नगरपालिका–१० का १५ वर्षीय सागर बलायर, सोही नगरपालिका–११ का २४ वर्षीय पदम विकको मृत्यु भएको हो ।

ज्यान गुमाएकाहरुको पोष्टमार्टम डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा गरिने तयारी भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिनुभयो ।

उक्त बस दुर्घटनामा परी १८ जनाको ज्यान गएको छ भने २६ जना घाइते भएका छन् । डोटीको शिखर नगरपालिका बानीडुग्री सैनस्थित पिसजोन एकेडेमी स्कुलको बस अमरगढी नगरपालिकास्थित उग्रतारा मेलाबाट फर्किँदा दुर्घटनामा परेको हो । घाइतेमध्ये गम्भीर अवस्थामा रहेका ११ जनालाई थप उपचारका लागि कैलालीतर्फ पठाइएको छ ।

 

दुईलाई डिस्चार्ज गरिएको छ भने अन्य १३ जनाको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । स्कूलका सञ्चालक भीम बलायरले परिवारसहित स्कूलका अन्य संस्थापक लिएर मेला हेर्न गएको र फर्किने क्रममा स्याउलेभन्दा तलपट्टिबाट यात्रु समेत बोकेर गएको भन्ने बुझिएको ट्राफिक प्रहरी पोष्ट डडेल्धुराका प्रहरी नायब निरीक्षक गणेश नागारीले जानकारी दिनुभयो ।

रोजगारी नभएपछि युवा भारततिर, गाउँ सुनसान

यतिबेला बाजुराका अधिकांश युवा रोजगारीका लागि भारततिर लागेका छन् । गाउँमा कुनै किसिमको रोजगारीको सिर्जना नभएपछि उनीहरु लागि भारततिर लागेका हुन् ।

“गाउँमा खाउँ भने मानो छैन, भएका खेतमा खडेरी लागेको छ, खेतमा बर्सेनि बाली लाउनलाई सिँचाइ सुविधा छैन । सिंहदरबारको अधिकार गाउँमा आयो भन्छन्, हामीलाई थाहा छैन”, परिवार पाल्न छिमेकी मुलुक भारततिर रोजगारीका लागि जानुको विकल्प नरहेको स्वीकार्दै स्वामीकार्तिक खापर गाउँपालिका–१ का धनबहादुर विकले गुनासो गर्नुभयो ।

पारिवारिक भेटघाट तथा दशँै तिहार मनाउन भारतबाट रोजगारी गरेर गाउँ फर्केका जिल्लाका अधिकांश युवा यतिबेला हरेक दिन करिब ५० को सङ्ख्यामा जिल्लाबाट बाहिरिन थालेका छन । युवा रोजगारीको सिलसिलामा घरपरिवार छाडेर अन्य मुलुक गएपछि अहिले गाउँपालिका–१ को पुरै गाउँ सुनसान बनेको छ ।

गाउँमा पढेलेखेका युवा धेरै छन् । पढाइ सकेर प्रमाणपत्र बाकसमा राखेर काम खोज्न छिमेकी देश भारत जानुपर्ने अवस्था आएको मुक्तिकोट गाउँका लालबहादुर विकले बताउनुभयो । त्यस्तै मुक्तिकोटका पुरै दलित परिवारका युवा रोजगारी खोज्न भारततिर लागेका छन् । उक्त गाउँमा करीब ३०० बढी दलित परिवार बसोबास गरिरहेका छन् । युवा रोजगारीका लागि भारत लागेपछि अहिले गाउँमा महिला, बालबालिका, अशक्त र वृद्धवृद्धा मात्र छन् ।

सिंहदरबारको अधिकार स्थानीय सरकारअन्तर्गत् गाउँमा आएको नारा नारामै मात्र सीमित भएको आभास भएपछि घरपरिवार त्यागेर भारततिर जानुपर्ने बाध्यता भएको सुर्ज विकले गुनासो गर्नुभयो । गाउँमा स्थानीय सरकार आएको छ, तर स्थानीय तहले गाउँमा रहेका युवालाई कुनै किसिमको रोजगारीको अवसर सिर्जना गर्न नसकेको उहाँले बताउनुभयो ।

गाउँपालिकाले जनतालाई सडक निर्माणमा अवसर नदिएर सडक खन्न करोडौँ रकम डोजर प्रयोगमा खर्च गरेपछि आफूहरु खाली बस्नुभन्दा रोजगारीका लागि बाहिर जानुपर्ने बाध्यता भएको सुर्ज विकको भनाई छ । मङसिर महीनाको पहिलो सातामात्रै गाउँपालिका–१ मुक्तिकोट गाउँबाट झण्डै २०० बढी युवा जिल्ला बाहिर गएका छन् ।

सांसदलाई ज्ञापनपत्र 

यसैबीच नागरिक सेवा सरोकार मञ्चले रोजगारीका लागि काम गर्न भारत जान लागेका मुक्तिकोटका २०० बढी युवालाई रोजगारी अवसर सिर्जना गर्न पहल गरिदिन भन्दै प्रतिनिधिसभा सदस्य लालबहादुर थापालाई तीन बँुदे ज्ञापनपत्र बुझाएको छ । मञ्चको अगुवाइमा मुक्तिकोटका स्थानीयले सांसद थापाको निजी निवास मार्तडीमै पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।

गाउँमा कुनै किसिमको रोजगारी सिर्जना नभएपछि हिउँदयाममा कामका लागि भारत जानुपर्ने बाध्यतालाई अन्त्य गर्न आवश्यक पहल गरिदिन सांसद थापालाई ज्ञापनपत्र बुझाएको मञ्चका संयोजक जनेश भण्डारीले बताउनुभयो ।

त्यस अवसरमा सांसद थापाले गाउँको विकासका लागि निर्वाचन पूर्वाधार विकास कार्यक्रमबाट गाउँसम्म जोडिने सडक निर्माण गर्न रु ३० लाख रकम विनियोजन गरिएको जानकारी दिनुभयो । गाउँसम्म निर्माण गरिने सडकलाई गाउँका स्थानीयवासीबाटै निर्माण गराउने आश्वासन थापाले दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...