तीन बाबु–छोराबाट १५ वर्षीया बालिका पालैपालो बलात्कृत



हाम्रो इकोनोमि

 

एक अपाङ्गता भएकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा झापाको गौरादह नगरपालिकाबाट तीन बाबु–छोरासहित चार जना पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा गौरादहका ५८ वर्षीय खड्गबहादुर बराइली, उनका दुई छोराहरू २८ वर्षीय प्रवीन र २४ वर्षीय छत्रमान तथा सोही स्थानका ४४ वर्षीय पुरुषोत्तम बराइली छन् ।

 

उनीहरूलाई पीडित बालिकाकी आमाले दिएको जाहेरीका आधारमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक अमरबहादुर थापाले जानकारी दिएका छन् । राम्रोसँग बोल्न नसक्ने बालिकालाई उनीहरूले विभिन्न मितिमा बलात्कार गरेको प्रहरी निरीक्षक थापाले बताए ।

 

पुरुषोत्तमले कात्तिक १० गते बालिकालाई जबरजस्ती करणी गरेका थिए । प्रवीन बराइलीले कात्तिक २३, उनका भाइ छत्रमानले २४ र उनीहरूका बुबा खड्गबहादुरले कात्तिक २८ गते बालिकालाई जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।

 

उनीहरूले बालिकालाई आफ्नो घरमा, नजिकैको बाँस झ्याङमा र एक पटक बालिकाकै घरमा जबरजस्ती करणी गरेका थिए । घरमा पीडित बालिका र उनकी आमा बस्दै आएका छन् । बालिकाको बुबा घरमा नभएको प्रहरीले जनाएको छ ।

 

उनीहरूले बालिकालाई पैसासहित विभिन्न प्रलोभन देखाएर पटक पटक बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । भिन्ना भिन्नै व्यक्तिबाट पटक पटक बलात्कृत हुँदा बालिकाले घटनाबारे आमालाई सुनाएकी थिइन् । बालिकाकी आमा पनि सुस्त श्रवणकी छन् ।

 

अति विपन्न र केही नजान्ने परिवारका पीडित ढिला गरी मात्र प्रहरी कार्यालयमा आइपुगेका थिए । स्वास्थ्य परीक्षणपछि पीडित बालिकालाई दमकस्थित आफन्तको शरणमा राखिएको छ । पक्राउ परेका चारै जनाविरुद्ध जबरजस्ती करणी अभियोगमा मुद्दा चलाएको प्रहरी निरीक्षक थापाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...