डडेल्धुरा बस दुर्घटना अपडेट : १८ जनाको मृत्यु, २८ को उपचार हुँदै



 

 डडेल्धुराको उग्रतारा मन्दिरको जात्रा हेरेर फर्किरहेका यात्रु चढेको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । बिहीबार बेलुकी डडेल्धुराको अमरगढी नगरपालिका–११ मा पर्ने केआई सिंह राजमार्गको रडुवा भन्ने स्थानमा डोटीको पीसजोन विद्या निकेतनको से १ क २९३ नम्बरको बस दुर्घटना भएको थियो ।

 

शुक्रबार बिहान ३ बजेसम्म घटनास्थलमा रहेका डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनदेव जोशीले मृतक १८ जनामध्ये ५ जना महिला र १३ पुरुष रहेको बताए । उनीहरु मध्ये ६ जनाको मात्रै सनाखत भएको सुदूरपश्चिम प्रहरी प्रमुख सुरज केसीले जानकारी  दिएका छन् ।

 

डडेल्धुराको उग्रतारा मन्दिरमा प्रत्येक वर्ष कार्तिक पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ । यस दिन सुदूरपश्चिमसहित नेपालका अन्य स्थान र भारतबाटसमेत दर्शनार्थी आउने गर्दछन। सार्वजनिक यातायातका साधनहरुमा बढी भीड हुने भएकाले डोटीबाट त्यहाँका स्थानीयहरुले एक नीजि स्कुलको गाडी लिएर जात्रा जहेर्न आएको प्रहरीले जानकारी दिएको छ । बस सडकबाट झण्डै पाँच सय मिटर तल खोलामा खसेको थियो ।

 

दुर्घटनामा घाइते भएका १३ जनाको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । गभ्भीर घाइते १५ जनालाई उपचारका लागि धनगढी ल्याइएको छ । पिस जोन विद्या निकेतनका प्रिन्सीपल शिखर नगरपालिका–१० का शिव बलायर, उनकी श्रीमती सरिता बलायर र १४ महिनाकी छोरी शिवानी बलायर सहित ७ जनाको सेतीअञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

 

यस्तै अन्य ८ जनाको मायामेट्रोसहितका धनगढीका अन्य अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते भएका दुई जना  सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् ।  बसमा ४८ जना यात्रु सवार रहेको प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।

 

घाइतेको नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले शुक्रबार बिहान ३ बजेसम्म उद्धार गरेर अस्पताल पुर्‍याएका थिए ।

 

सनाखत भएका मृतकहरु
१) डोटीको नवदुर्गा गाउँपालिका-३ का २२ वर्षका चक्र धामी
२) दिपायल सिलगढी नगरपालिका-३५ वर्षका शशि विक
३) शिखर गाउँपालिका-११ का २५ वर्षका गोदा भाट
४) शिखर गाउँपालिका-११ का ४० वर्षका कैलाश रावल
५) शिखर गाउँपालिका-११ का ४० वर्षकै योगेन्द्र रावल
६) शिखर नगरपालिका-१० का १६ वर्षका रोहित बलायर

दुर्घटनामा दुई जनाको मृत्यु

इलाम नगरपालिका–१ साँखुजुङमा आज ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

इलाम बजारबाट शान्तिडाँडा वाफरुङतर्फ जाँदै गरेको मे१ज ८१८ नं को ट्याक्सी दुर्घटनामा परी इलाम नगरपालिका– १ का ५६ वर्षीय कैलाश गुरुङ र सोही ठाउँका ४३ वर्षीय सुमन खनालको मृत्यु भएको प्रहरी उपरीक्षक टङ्क भट्टराईले जानकारी दिनुभयो ।

 

सो घटनामा ट्याक्सी चालक देउमाई नगरपालिका–६ का ३० वर्षीय रमेश गुरूङ, सोही ठाउँका २० वर्षीय सह–चालक सुनिल गुरूङ र २६ वर्षीय तुलसीकुमार बस्नेत घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सामान्य सुधारले अर्थतन्त्रका समस्या समाधान हुने देखिएन : प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका समस्या समाधान सामान्य सुधारका उपायबाट हुने

गण्डकी पुग्यो एमालेको समृद्धिका लागि संकल्प यात्रा

    झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म मृद्धिका लागि संकल्प यात्रा अघि बढाएको नेकपा एमाले अध्यक्ष

नेपाललाई असफल देश बनाउन खोजिएको छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्थामाथि औंला ठड्याउनेविरुद्ध सबै

न्यूरोडबाट तस्करीको ८ किलो सुन बरामद

    काठमाडौंको न्यूरोडमा तस्करीको सुन गाल्ने एक कारखानामा प्रहरीले छापा मारेको छ