डडेल्धुरा बस दुर्घटना अपडेट : १८ जनाको मृत्यु, २८ को उपचार हुँदै



हाम्रो इकोनोमि

 

 डडेल्धुराको उग्रतारा मन्दिरको जात्रा हेरेर फर्किरहेका यात्रु चढेको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । बिहीबार बेलुकी डडेल्धुराको अमरगढी नगरपालिका–११ मा पर्ने केआई सिंह राजमार्गको रडुवा भन्ने स्थानमा डोटीको पीसजोन विद्या निकेतनको से १ क २९३ नम्बरको बस दुर्घटना भएको थियो ।

 

शुक्रबार बिहान ३ बजेसम्म घटनास्थलमा रहेका डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनदेव जोशीले मृतक १८ जनामध्ये ५ जना महिला र १३ पुरुष रहेको बताए । उनीहरु मध्ये ६ जनाको मात्रै सनाखत भएको सुदूरपश्चिम प्रहरी प्रमुख सुरज केसीले जानकारी  दिएका छन् ।

 

डडेल्धुराको उग्रतारा मन्दिरमा प्रत्येक वर्ष कार्तिक पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ । यस दिन सुदूरपश्चिमसहित नेपालका अन्य स्थान र भारतबाटसमेत दर्शनार्थी आउने गर्दछन। सार्वजनिक यातायातका साधनहरुमा बढी भीड हुने भएकाले डोटीबाट त्यहाँका स्थानीयहरुले एक नीजि स्कुलको गाडी लिएर जात्रा जहेर्न आएको प्रहरीले जानकारी दिएको छ । बस सडकबाट झण्डै पाँच सय मिटर तल खोलामा खसेको थियो ।

 

दुर्घटनामा घाइते भएका १३ जनाको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । गभ्भीर घाइते १५ जनालाई उपचारका लागि धनगढी ल्याइएको छ । पिस जोन विद्या निकेतनका प्रिन्सीपल शिखर नगरपालिका–१० का शिव बलायर, उनकी श्रीमती सरिता बलायर र १४ महिनाकी छोरी शिवानी बलायर सहित ७ जनाको सेतीअञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

 

यस्तै अन्य ८ जनाको मायामेट्रोसहितका धनगढीका अन्य अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते भएका दुई जना  सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् ।  बसमा ४८ जना यात्रु सवार रहेको प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।

 

घाइतेको नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले शुक्रबार बिहान ३ बजेसम्म उद्धार गरेर अस्पताल पुर्‍याएका थिए ।

 

सनाखत भएका मृतकहरु
१) डोटीको नवदुर्गा गाउँपालिका-३ का २२ वर्षका चक्र धामी
२) दिपायल सिलगढी नगरपालिका-३५ वर्षका शशि विक
३) शिखर गाउँपालिका-११ का २५ वर्षका गोदा भाट
४) शिखर गाउँपालिका-११ का ४० वर्षका कैलाश रावल
५) शिखर गाउँपालिका-११ का ४० वर्षकै योगेन्द्र रावल
६) शिखर नगरपालिका-१० का १६ वर्षका रोहित बलायर

दुर्घटनामा दुई जनाको मृत्यु

इलाम नगरपालिका–१ साँखुजुङमा आज ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

इलाम बजारबाट शान्तिडाँडा वाफरुङतर्फ जाँदै गरेको मे१ज ८१८ नं को ट्याक्सी दुर्घटनामा परी इलाम नगरपालिका– १ का ५६ वर्षीय कैलाश गुरुङ र सोही ठाउँका ४३ वर्षीय सुमन खनालको मृत्यु भएको प्रहरी उपरीक्षक टङ्क भट्टराईले जानकारी दिनुभयो ।

 

सो घटनामा ट्याक्सी चालक देउमाई नगरपालिका–६ का ३० वर्षीय रमेश गुरूङ, सोही ठाउँका २० वर्षीय सह–चालक सुनिल गुरूङ र २६ वर्षीय तुलसीकुमार बस्नेत घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...

मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए, ४ हजार ६०६ जना सम्पर्कविहीन

    हालसम्म रसुवा बाढीका कारण मृत्यु भएका एक हजार ५८ शव फेला...

मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९८७ जनाको शव...

भोटेकोशी बाढीपीडितका लागि कुन बैंकले कति गरे सहयोग ?

    रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत...