कञ्चनरुपमा ट्रयाक्टरबाट लडेर बालिकाको मृत्यु



कञ्चनरुप नगरपालिका ६ की एक बालिकाको आज ट्«याक्टरबाट लडेर मृत्यु भएको छ ।

सञ्जीव चौधरीकी छोरी दुई वर्षीया कृतिकाको निधन भएको उनका हजुरबुवा कुशेश्वरले जानकारी दिनुभयो ।

घर नजीकै रहेको मामाघरमा बिग्रेर राखिएको ट्र्याक्टरमा खेलिरहेकी बालिका लडेर घाइते भएपछि उपचारका लागि स्थानीय धर्मेश्वर अस्पताल ठेलिया लगिएकामा थप उपचारका लागि राजविराज ल्याउँदै गर्दा बाटामा मृत्यु भएको काका हजुरबुवा देवनारायणले बताउनु भयो ।

राजविराजस्थित गजेनद्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा शव परीक्षण गरी घर परिवारलाई बुझाइएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक

    निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले माघ

गणतन्त्रविरोधी हर्कतलाई हामीले सामूहिकरूपमा जवाफ दिन जरुरी : कावा प्रधानमन्त्री खड्का

    कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली तुलनात्मक

कांग्रेस प्रचण्डपथको भरिया बनेको छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल

यो सरकार आफैँ ढल्न सक्छ : अध्यक्ष ओली

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कुनै पनि